बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोना खोप नलगाएकाले खाडी मुलुक जान चर्को रकम तिर्नुपर्ने!

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १४, २०७८ १२;२७ मध्यान्ह प्रकाशित
कोरोना खोप नलगाएकाले खाडी मुलुक जान चर्को रकम तिर्नुपर्ने!
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

आइतबार वैदेशिक रोजगार काठमाडौं कार्यालय, ताहाचल पुग्दा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिन हातमा कागजात बोकेर थुप्रै युवा उभिइरहेका थिए। त्यही भिडमा साउदी जाने तरखरमा रहेका गोरखाका हुमबहादुर भुजेल भेटिए।

बिदामा फर्किएका हुमबहादुर पुनः श्रम स्वीकृति लिएर साउदी जान लागेका हुन्। तर कोरोना खोप लाउन नपाएका कारण चर्को रकम बुझाएर जानुपर्ने बाध्यता भएको उनले बताए।

‘टिकटका लागि ७५ हजार र होटल क्वारेन्टाइनका लागि ८३ हजार चार सय ८५ रूपैयाँ बुझाउनुपर्ने भयो,’ उनले भने, ‘दुई पटक खोप लगाउन पाएको भए यत्रो रकम तिर्नुपर्दैन थियो रे। खोप नलगाएकाले होटल क्वारेन्टाइनको समेत जोडेर एयरलाइन्सले एक लाख ५८ हजारभन्दा बढी रकम लियो।’

खोप नलाएकाले साउदीमा १४ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने भन्दै एयरलाइन्सहरूले प्रतिव्यक्ति ८३ हजार चार सय ८५ रूपैयाँ लिने गरेको उनले बताए।

ड्राइभिङ कामका लागि साउदी जान लागेका हुमबहादुरको कमाइ मासिक २२ सय रियाल छ। तर खाने बस्ने लगायत खर्च कटाउँदा बचत गर्न मुश्किल हुने उनी बताउँछन्।

‘पैसा कमाउन कति गाह्रो छ। सरकारले खोप व्यवस्था नगर्दा हामीले चर्को रकम तिर्नुपर्‍यो,’ उनी भन्छन्, ‘खोप पाएको भए सिधै कम्पनीमै जान पाइन्थ्यो।’

कोभिडका कारण लामो समय यतै अड्किएका उनलाई जोखिम कम हुँदै गएपछि कम्पनीले बोलाएको रहेछ।

‘देशमा बसौं काम छैन, साउदी नगए त्यही काम पनि गुम्छ। ऋणपान गरेर तिर्ने पैसा त बटुलेँ। अब त्यति पैसा कमाउन महिनौं खट्नुपर्छ। त्यसमा ब्याज पनि थपिन्छ,’ उनले गुनासो गरे।

मजदुर कामका लागि साउदी जान लागेका कास्कीका सुकदेव सार्कीको समस्या पनि हुमबहादुरको जस्तै छ। साउदीबाट तेस्रो पटक बिदामा फर्किएका सुकदेवले यो पटक जस्तो चर्को शुल्क कहिल्यै तिर्नुपरेको थिएन।

‘यसपालि महँगो शुल्क तिर्नुपर्‍यो। टिकट र होटल क्वारेन्टाइन खर्च जोडेर एक लाख ५८ हजार चार सय ७५ रूपैयाँ लाग्यो,’ ताहाचलमा भेटिएका उनले सेतोपाटीसँग भने, ‘त्यो पैसा कमाउन पूरै एक वर्ष खट्नुपर्छ।’

सुकदेवको मासिक कमाइ एक हजार रियाल छ। खाने-बस्ने खर्च गर्दा मुश्किलले घर पठाउन पुग्ने उनको भनाइ छ।

साउदी मात्रै होइन कतार जानेहरूको समस्या पनि उस्तै छ। खोप व्यवस्था नभएकै कारण चर्को रकम तिर्नुपरेको युवाहरूले गुनासो गरेका छन्। कतारबाट बिदामा फर्किएर पुनः जाने तयारीमा रहेका सोलुखुम्बुका चक्रवीर नेवारले फर्किन धेरै रकम बुझाउनुपर्ने बाध्यता रहेको बताए।

‘खोप नलगाएकाले दुई लाख १० हजार तिर्नुपरेको छ,’ उनी भन्छन्, ‘पहिले कोरोना नहुँदा २५ हजार भए जान पुग्थ्यो।’

चक्रवीरले कोरोनाको पहिलो डोज खोप मात्रै लाउन पाएका थिए। दोस्रो डोज नलगाएकाले पिसिआर परीक्षण गरेर जानुपर्ने र कतार पुगेर १४ दिन क्वारेन्टाइन बस्नुपर्नेछ।

खोप नलगाए खाडीको रोजगारी गुम्न सक्नेः

श्रमिकहरूलाई अब खोप व्यवस्था नभए वैदेशिक रोजगारी अवसर गुम्न सक्ने वैदेशिक रोजगार व्यवसायी संघका कार्यबाहक अध्यक्ष कमल तामाङले बताए। पछिल्लो समय खाडी मुलुकले कोभिड खोप लगाएका आप्रवासी श्रमिकलाई मात्रै लैजाने निर्णय गरेकाले सरकारले सबै श्रमिकका लागि खोप व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

युएईको स्वास्थ्य मन्त्रालयले फाइजर, स्पुतनिक, सिनोफार्म, अक्सफोर्ड, बायोटेकका खोपलाई मान्यता दिएको छ। पछिल्लो व्यवस्थाअनुसार यी  खोप लगाएका मात्रै युएई प्रवेश पाउँछन्।

त्यस्तै कुवेतले पनि मोर्डना, जोनसन, फाइजर, अक्सफोर्ड, अस्ट्राजेनेका र फाइजर खोपलाई मान्यता दिँदै सेप्टेम्बरपछि प्रवेश गर्नेलाई खोप अनिवार्य गरेको छ।

संघका महासचिव सुजितकुमार श्रेष्ठ पनि सरकारले खोप व्यवस्था नगरे वैदेशिक रोजगारीका अवसर गुम्ने बताउँछन्।

‘कुवेत, युएई, कतार, र साउदीले खोप लाएका श्रमिक मात्रै लैजाने घोषणा गरिसकेका छन्। कतारले खोप नलगाएकालाई क्वारेन्टाइन व्यवस्था गरेको छ, तर शुल्क चर्को छ। १४ दिन क्वारेन्टाइन बस्न एउटा श्रमिकले २५ सयदेखि तीन हजार कतारी रियाल (९७ हजारभन्दा बढी नेपाली रूपैयाँ) बुझाउनुपर्छ,’ श्रेष्ठले सेतोपाटीसँग भने।

सरकारले रोजगारदाता मुलुकसँग छलफल गरी वैदेशिक रोजगारी सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको श्रेष्ठले औंल्याए। सरकारले एक्ले नसके निजी क्षेत्रलाई संलग्न गराई सबैलाई खोप व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

‘अहिलेसम्म त श्रमिकहरू क्वारेन्टाइनमा बस्नेगरी चर्को रकम तिरेर गइरहेका छन्। अब खोप नभएसम्म रोजगारदाता मुलुकले श्रमिकहरू लिँदैनन्। त्यसले धेरै रोजगारी अवसर गुम्ने खतरा छ,’ उनले भने।

समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्छौं– श्रम मन्त्रालय 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने जनाएको छ। त्यस विषयमा मन्त्रालयमा छलफल भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक काफ्लेले सेतोपाटीलाई बताए।

‘हामीलाई सम्बन्धित गन्तव्य मुलुक र दूतावासबाट औपचारिक रूपमा जानकारी आइसकेको छैन। यदि अनौपचारिक रूपमा सुनेजस्तो हो भने त समस्या पर्छ। गन्तव्य मुलुकले तोकेजस्तो खोप नेपालमा उपलब्ध पनि नहुन सक्छ। कसरी सहजीकरण गर्ने भनेर हामी स्वास्थ्य मन्त्रालय र विभागसँग समन्वय गर्छौं,’ उनले भने।

अहिले सम्बन्धित गन्तव्य मुलुकमा पहिलो डोज खोप मात्रै लगाएर फर्किएका नेपालीलाई दोस्रो डोज लगाउने क्रममा समेत समस्या निम्तिएको उनले बताए।

‘गन्तव्य मुलुकमा लगाएका प्रकृतिका कति खोप नेपालमा उपलब्ध छैनन्। त्यसमा पनि सहजीकरण गर्नुपर्ने देखिएको छ। हामी छलफल गरिरहेका छौं,’ उनले भने। –सेतोपाटि 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!