काठमाण्डाै – आईसीसी टी–२० विश्व कप यूएईमा हुने पक्का भएको छ । भारतमा तय भएको विश्व कप कोरोना महामारीका कारण यूएईमा हुने पक्का भएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बताउनुभएको क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजले लेखेको छ । यसबारेमा आईसीसीलाई आज बेलुकीसम्म जानकारी दिइने बीसीसीआईले जनाएको छ ।
यसअघि सन् २०२० मा अस्ट्रेलियामा हुने भनिएको टी–२० विश्व कप कोरोना महामारीका कारण रद्द भएको थियो ।
‘हामीले प्रतियोगिता यूएईमा सार्दैछौँ र आज बेलुकीसम्म आईसीसीलाई जानकारी दिनेछौँ’, बीसीसीआईका सचिव शाहले भन्नुभयो । शाहका अनुसार बीसीसीआईले विश्व कपको पहिलो चरणका खेल ओमानमा गर्न प्रस्ताव गरेको छ ।
‘खेल तालिका पछि प्रकाशित गरिनेछ । हामी चाँडै नै जानकारी दिनेछौँ’, बीसीसीआईका सचिवले भन्नुभयो ।












प्रतिक्रिया लेख्नुहोस्:-