काठमाडौं। युईएफए युरो २०२० फुटबल अन्र्तगत विश्व विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ।
रोमानियाको नेसनल एरिनामा सोमबार राति सम्पन्न रोमान्चक खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५ – ४ गोल अन्तरले पराजित गर्दै
स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयको खेल ३ – ३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकलिएको थियो। उक्त ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे।
तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे।
निर्धारित पेनाल्टीको अन्तिम पेनाल्टी प्रहार गरेका केलिएन एम्बाप्पे पेनाल्टीमा चुकेपछि स्विट्जरल्यान्डले जित हात पारेको हो।
खेल पेनाल्टी सुटआउटमा जानुअघि पनि धेरै रोमान्चक बनेको थियो। सुरुवाती अग्रता लिएको स्विट्जरल्यान्डले पहिलो हाफमा १ – ० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा पनि उत्कृष्ट फुटबल प्रस्तुत गरेको स्विट्जरल्यान्डले अग्रता दोब्बर बनाउने अवसरको रुपमा पेनाल्टी पाएको थियो। तर, पेनाल्टीमा चुक्ने बित्तिकै फ्रान्सले पुनरागमन गरेको थियो। र फ्रान्सले २ मिनेटको अन्तरमा २ गोल फर्कायो।
त्यसपछि पोग्बाले गोल गरेर फ्रान्स ३ – १ को स्थितिमा पुगको खेलमा पुन ः स्विट्जरल्यान्डले उत्कृष्ट पुनरागमन गर्यो। निर्धारित समयको मात्रै १० सेकेन्ड बाँकी रहेको अवस्थामा गोल गर्दै स्विट्जरल्यान्डले खेल निर्धारित समयमा धकेलेको थियो।
निर्धारित समयको खेल सकिनु अघि फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे भने पउल पोग्बाले एक गोल गरे।
स्विट्जरल्यान्डका लागि हारिस सेफ्रोविचले दुई र मारियो गेभरानोभिकल एक गोल फर्काए।
खेलको पहिलो हाफमा विश्व विजेता फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले सुरुवाति अग्रता लिएको थियो।
हारिस सेफ्रोविचले गोल गर्दै स्विट्जरल्यान्डलाई १ – ० को अग्रता दिलाएका थिए।
पहिलो हाफको १५ औं मिनेटमा स्टीभन जुबेरले उपलब्ध गराएको उत्कृष्ट पासमा हेडरमार्फत आर्कषक गोल गर्दै सेफ्रोविचले स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, खेलको ५७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १ – १ को बराबरीमा ल्याए। एम्बाप्पेको पासमा हेडरमार्फत गोल गर्दै बेन्जिमाले बराबरी गोल फर्काएका हुन।
त्यसको दुई मिनेटपश्चात बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २ – १ को अग्रता दिलाए। ग्रिजम्यानले उपलब्ध गराएको पासमा उनले हेडरमार्फत गोल गरेका हुन।
पेनाल्टी बक्सको करिब ८ यार्ड बाहिरबाट उत्कृष्ट गोल गर्दै पउल बोग्बाले फ्रान्सलाई ३ – १ को अग्रता दिलाए। उनले दोस्रो हाफको ७५ औं मिनेटमा गोल गरेका थिए।
खेलको ८१ औं मिनेटमा एमबाबुले दिएको पासमा सेफ्रोविचले व्यक्तिगत दोस्रो गोल गर्दै स्ट्जिरल्यान्डलाई ३ – २ को स्थितिमा पुर्र्याए।
निर्धारित समयको अन्तिम मिनेटमा मारियो गेभरानोभिकले गोल गर्दै खेल ३ – ३ को बराबरीमा ल्याए।
उक्त गोलले नै स्विजट्रल्यान्डलाई अतिरिक्त समयको लाइफ लाइन दिएको थियो।
अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डले स्पेनसँग प्रतिस्प्रधा गर्ने छ। स्पेन यसअघि नै क्रोएसियालाई ५ – ३ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।
यो जितसँगै स्विट्जरल्यान्डले इतिहास रचेको छ। युरोकपको इतिहासमा क्वाटरफाइनलको यात्रा तय गर्न नसकेको स्विट्जरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो।-डिसी नेपाल
प्रतिक्रिया लेख्नुहोस्:-