बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फ्रान्सलाई पराजित गर्दै स्विट्जरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
असार १५, २०७८ ०१;२८ बिहान प्रकाशित
फ्रान्सलाई पराजित गर्दै स्विट्जरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। युईएफए युरो २०२० फुटबल अन्र्तगत विश्व विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ।

रोमानियाको नेसनल एरिनामा सोमबार राति सम्पन्न रोमान्चक खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५ – ४ गोल अन्तरले पराजित गर्दै
स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयको खेल ३ – ३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकलिएको थियो। उक्त ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

Image

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे।

तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए।

Image

स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन,  अकान्जी  म्यानुएल,  रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे।

निर्धारित पेनाल्टीको अन्तिम पेनाल्टी प्रहार गरेका केलिएन एम्बाप्पे पेनाल्टीमा चुकेपछि स्विट्जरल्यान्डले जित हात पारेको हो।

खेल पेनाल्टी सुटआउटमा जानुअघि पनि धेरै रोमान्चक बनेको थियो। सुरुवाती अग्रता लिएको स्विट्जरल्यान्डले पहिलो हाफमा १ – ० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा पनि उत्कृष्ट फुटबल प्रस्तुत गरेको स्विट्जरल्यान्डले अग्रता दोब्बर बनाउने अवसरको रुपमा पेनाल्टी पाएको थियो। तर, पेनाल्टीमा चुक्ने बित्तिकै फ्रान्सले पुनरागमन गरेको थियो। र फ्रान्सले २ मिनेटको अन्तरमा २ गोल फर्कायो।

Image

त्यसपछि पोग्बाले गोल गरेर फ्रान्स ३ – १ को स्थितिमा पुगको खेलमा पुन ः स्विट्जरल्यान्डले उत्कृष्ट पुनरागमन गर्यो। निर्धारित समयको मात्रै १० सेकेन्ड बाँकी रहेको अवस्थामा गोल गर्दै स्विट्जरल्यान्डले खेल निर्धारित समयमा धकेलेको थियो।

निर्धारित समयको खेल सकिनु अघि फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे भने पउल पोग्बाले एक गोल गरे।

स्विट्जरल्यान्डका लागि हारिस सेफ्रोविचले दुई र मारियो गेभरानोभिकल एक गोल फर्काए।

खेलको पहिलो हाफमा विश्व विजेता फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले सुरुवाति अग्रता लिएको थियो।

हारिस सेफ्रोविचले गोल गर्दै स्विट्जरल्यान्डलाई १ – ० को अग्रता दिलाएका थिए।

Image

पहिलो हाफको १५ औं मिनेटमा स्टीभन जुबेरले उपलब्ध गराएको उत्कृष्ट पासमा हेडरमार्फत आर्कषक गोल गर्दै सेफ्रोविचले स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको ५७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १ – १ को बराबरीमा ल्याए। एम्बाप्पेको पासमा हेडरमार्फत गोल गर्दै बेन्जिमाले बराबरी गोल फर्काएका हुन।

Image

त्यसको दुई मिनेटपश्चात बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २ – १ को अग्रता दिलाए। ग्रिजम्यानले उपलब्ध गराएको पासमा उनले हेडरमार्फत गोल गरेका हुन।

पेनाल्टी बक्सको करिब ८ यार्ड बाहिरबाट उत्कृष्ट गोल गर्दै पउल बोग्बाले फ्रान्सलाई ३ – १ को अग्रता दिलाए। उनले दोस्रो हाफको ७५ औं मिनेटमा गोल गरेका थिए।

Image

खेलको ८१ औं मिनेटमा एमबाबुले दिएको पासमा सेफ्रोविचले व्यक्तिगत दोस्रो गोल गर्दै स्ट्जिरल्यान्डलाई ३ – २ को स्थितिमा पुर्र्याए।

Image

निर्धारित समयको अन्तिम मिनेटमा मारियो गेभरानोभिकले गोल गर्दै खेल ३ – ३ को बराबरीमा ल्याए।

Image

उक्त गोलले नै स्विजट्रल्यान्डलाई अतिरिक्त समयको लाइफ लाइन दिएको थियो।

अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डले स्पेनसँग प्रतिस्प्रधा गर्ने छ। स्पेन यसअघि नै क्रोएसियालाई ५ – ३ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

यो जितसँगै स्विट्जरल्यान्डले इतिहास रचेको छ। युरोकपको इतिहासमा क्वाटरफाइनलको यात्रा तय गर्न नसकेको स्विट्जरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो।-डिसी नेपाल

Image

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!