१५ असार, काठमाडौं । भारतबाट कार चोरी गरेर ल्याएर नेपालमा बिक्री गर्ने गरेका पाइएको छ । चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुकसमेत बनाएको भेटिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको हो । प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिसकिएको छैन ।
कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलबाट नक्कली ब्लुबुक बनाउनेलाई पक्राउ गरिएको हो । उनी भन्छन्, ‘उनीहरुले विश्वविद्यालयका सर्टिफिकेटहरु पनि नक्कली बनाउने गरेको पाइएको छ ।’-अनलाईन खबर




![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)







प्रतिक्रिया लेख्नुहोस्:-