बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारी छाडेर व्यवसायिक कालिज पालन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १५, २०७८ १५;१६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारी छाडेर व्यवसायिक कालिज पालन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

१५ असार, काठमाडौं । भक्तपुरको सुर्यबिनायक नगरपालिका-८ सिपाडोलमा १० रोपनीमा फैलिएको कल्पित वाइल्डलाईफ एग्रो सेन्टर छ ।

आशिष उपाध्याय, प्रवेश केसी र निर्मल उपाध्यायले साढे दुई वर्षअघि खोलेको यो एग्रो सेन्टर खासमा कालिज फार्म हो, जहाँ अहिले आउँदो मंसीरमा बिक्री हुने कालिजका चल्लाहरु हुर्कदैछन् ।

फर्मले यसअघि तीन पटक कालिज बिक्री गरिसकेको छ । दक्षिण कोरिया बसेका प्रवेश र निर्मल तथा कतारको रोजगारीमा लामो समय बिताएका आशिष विदेशबाट फर्केर साढे दुई वर्षदेखि यो व्यवसायमा छन् ।

विदेशमा गर्ने कडा परिश्रम आफ्नै माटोमा गर्न तीनजनाले बीउ पूँजी ५० लाख लगानी गरेर यो उद्यम थालेका हुन् । उमेरले ४० पुग्न लागेका तीन युवकले दुई वर्षमा तीन हजारभन्दा धेरै हुर्किएको कालिज र करिब हजारवटा कालिजको चल्ला बिक्री गरिसकेका छन् ।

कल्पित वाइल्ड लाईफ एग्रो सेन्टरले नेपालका अरु कालिज फार्मले जस्तै यूरोपको चेक गणतन्त्रबाट अण्डा ल्याएर चल्ला उत्पादन गरिरहेको छ ।

आशिष, प्रवेश र निर्मल तीनैजना भक्तपुर, सिपाडोलका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा प्रवेश ७ वर्ष र निर्मल २ वर्ष दक्षिण कोरिया बसे भने आशिष ११ वर्ष कतार । घरपरिवारबाट छुट्टिएर विदेशमा कडा परिश्रम गर्नुभन्दा स्वदेशमै केही गरौं भनेरै घर फर्केर कालिज पालन व्यवसाय थालेको उनीहरु बताउँछन् ।

उनीहरुले सिपाडोल मै १० रोपनी जमिन भाडामा लिएर व्यावसाय थालेका उनीहरुले चेक गणतन्त्रको एउटा कम्पनीबाट पहिलो लटमा चार हजार अण्डा आयात गरेका थिए ।अशिष उपाध्यायका अनुसार ७० रुपैयाँ गोटा किनेका अण्डाको मुल्य नेपाल आइपुग्दा १२० रुपैयाँभन्दा बढी पुग्छ । अण्डा कोरलेर चल्ला निकाल्दा लागत अझ बढ्ने उनले सुनाए ।

‘अण्डा ह्याचिङ गरेर चल्ला निकाल्दा सफलताको दर ५० प्रतिशत हाराहारी मात्र छ’, अशिष भन्छन्, ‘त्यसैले एक दिनको एउटा चल्लालाई पाँच सय रुपैयाँ पर्छ ।’
कालिज किनबेच किलोमा नभएर गोटाको हिसाबले हुने र ५ देखि ६ महिनाको एउटा कालिज ३५ सयमा सजिलै बिक्रि हुने गरेको बताउँदै उनले भने, ‘यो भाउमा पनि माग धान्‍न सकिएको छैन, ग्राहकको हारालुछ हुन्छ ।’

नेपालमा व्यवसायिक कालिज पालन कम भएको र माग उच्च रहेकै कारण आफूहरुले सो पेशा रोजेको निर्मल बताउँछन् । राम्रो हेरचाह गरे कालिजबाट मनग्य आम्दानी हुने उनको अनुभव छ ।

दुई हप्तासम्म कालिजका चल्ला स्याहार्न कुखुराका चल्ला हुर्काए जस्तै सजिलो हुने भएपनि त्यसपछि भने विशेष ख्याल गर्नुपर्ने प्रवेश केसीले बताए । उनका अनुसार कालिजका चल्लाहरु हुर्किदैं गएपछि एकले अर्कालाई ठुगेर मार्ने, घाइते बनाउने क्रम बढ्छ ।

यो कारणले पनि कालिजको लागि कुखुरालाई भन्दा फराकिलो चर्ने ठाउँ चाहिन्छ । दाना भने कुखुराकै दिए हुन्छ । कुखुरालाई जस्तै रानी खेत, गबारो लगायतको खोप दिन र क्याल्सियम, भिटामिन खुवाउनपर्छ ।

हुर्कदैं गएपछि एकअर्काको आक्रमणबाट जोगाउन हरेक कालिजको चुच्चोमा क्याप लगाउनु पर्ने प्रवेश बताउँछन् । उनका अनुसार बढ्ने क्रममा पौष्टिक आहार नपुगे कालिजहरु एकअर्कालाई ठुग्ने, खानाका लागि बढी जुध्‍ने गर्छन् ।

मासुका लागि कालिज बिक्री गर्ने सोचले खुलेको कल्पित वाइल्ड लाईफ एग्रोले घरमा राम्रोका लागि पाल्ने वा व्यवसायिक फार्म खोल्नेहरुलाई चल्ला पनि उपलब्ध गराउन थालेको छ । मासु खाने खाने होस् या पाल्ने, फार्ममा ग्राहकको कमी नभएको सञ्‍चालकहरु बताउँछन् ।

आफूहरुले खटेर काम गर्दा पनि कतिपय ग्राहकलाई रित्तो हात फर्काउन परेको निर्मल उपाध्याय बताउँछन् । ‘बजारमा कालिजको माग नै धेरै छ’, उनी भन्छन्, ‘यो व्यावसायमा राम्रो सम्भावना छ, यो काम गर्न चाहनेलाई सिकाउन, सघाउन हामी तयार छौं ।’

आफूहरुलाई पनि विदेशबाट फर्केर नयाँ व्यवसायमा स्वरोजगार भएको भन्दै प्रदेश सरकारले आर्थिक प्रोत्सान गरेको उनले बताए । ‘फार्म विकास गर्न बागमती प्रदेशको कृषि मन्त्रालयले हामीलाई १० लाख रुपैयाँ अनुदान दियो’, उनी भन्छन्, ‘सरकारले तालिम, कच्चा पदार्थ आयात जस्ता बिषयमा पनि सहुलियत दिए अझ राम्रो हुनेछ ।’-अनलाईन खबर 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!