बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अन्तर्राष्ट्रिय उडान कसरी थपिँदैछन्, कस्ता छन् क्वारन्टीनका प्रावधान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १६, २०७८ ०२;२० बिहान प्रकाशित
अन्तर्राष्ट्रिय उडान खुले पनि महँगो टिकटले कामदारलाई समस्या
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपालले सिमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिने निर्णय गरेको छ

कोरोनाभाइरसको महामारीका कारण नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानहरूमा अझै केही समय असहजता देखा परिरहन सक्ने अधिकारीहरूले बताएका छन्।

मन्त्रिपरिषद्को निर्णयपछि सरकारले अघिल्लो साताबाट सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति प्रदान गरेको थियो।

तर हाल पनि सीमित नियमित र चार्टर्ड उडान दुवैले अनुमति पाएको भन्दै नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले आगामी जुलाई १ बाट नियमित उडानहरूलाई बढी प्राथमिकतामा राखिने बताएका छन्।

तर नेपालमा कोरोनाभाइरसको डेल्टा प्लस भेरिअन्ट देखा परेको भन्दै टर्कीले नेपालसहित सातवटा देशबाट अर्को सूचना नभएसम्मका लागि त्यहाँका हवाई यात्रीलाई आफ्नो देशमा प्रवेश नदिने जनाएको छ।

नयाँ उडान तालिका कस्तो छ?

जुलाई १ बाट लागु हुने भनिएको उडान तालिकाअनुसार हप्तामा बुधवार र शुक्रवार भारतको दिल्लीका लागि उडान हुनेछ।

त्यसैगरी आइतवार, सोमवार, बुधवार र शनिवार कतारको दोहाका लागि उडान हुनेछ।

त्यसमा नेपाल वायुसेवा निगमले दुईवटा र कतार एअरवेजले दुईवटा उडान भर्ने भनिएको छ।

संयुक्त अरब एमेरिटेसको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा र सारजाह विमानस्थलमा एउटा उडान हुने जनाइएको छ।

साउदी अरेबियाको दमाम विमानस्थलमा हिमालय एअरलाइन्सको दुईवटा उडान हुने र कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा उडान सञ्चालन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।

ओमानको मस्कटमा एउटा, मलेशियाको क्वालालम्पुरमा साताको तीनवटा र जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा उडान गर्ने भनिएको छ।

टर्कीको इस्तानबुलमा दुईवटा उडान गर्ने योजना त्यहाँको सरकारको पछिल्लो निर्णयका कारण प्रभावित नहुने अधिकारीहरू बताउँछन्।

टर्कीश एअरलाइन्सले जनाएअनुसार यात्रुहरूलाई टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गरी अरू देश जान दिइने भएकाले काठमाण्डू-इस्तानबुल उडान तालिका कायमै रहनेछ।

उडान
नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भन्छन्, “हामीले उडान गर्ने भनेर अनुमति दिएका छौँ तर त्यहाँको देशले बन्द गरेको कुरालाई हामी केही गर्न सक्दैनौँ। उताबाटै उडान रोकिएको हकमा नेपाल सरकारले केही गर्न सक्ने अवस्था छैन।”

उनले थपे, “चीनले औपचारिक रूपमा नरोके पनि उनीहरूले उडान तालिका माग्दै निवेदन नै दिएको छैन। उनीहरूको सुरक्षा मापदण्ड एकदमै कठोर हुन सक्छ। दुबईले जुलाई २४ सम्म प्रवेश गर्न रोके पनि त्यहाँबाट मात्रै यात्रुहरू लिएर आउन पाउने भनेको छ। सिङ्गापुरले उडानका लागि प्रयास गरेको छैन।”

चार्टर्ड उडान के होला?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार नियमित अन्तर्राष्ट्रिय उडानको सङ्ख्यामा वृद्धि देखिएसँगै चार्टर्ड उडानको सङ्ख्या घटेका छन्।

उनले भने, “जुन ठाउँहरूमा नियमित उडानहरू छैनन् वा कुनै व्यापारिक समूह वा अरूहरूलाई तत्कालै उडान गर्नुपर्‍यो भने मात्रै चार्टर्ड उडानहरू गरिने अवस्था छ। चार्टर्ड र उद्धार उडान र हाम्रो नियमित उडान सबै चलिरहेको छ।”

नियमित बाहेक चार्टर्ड उडानमा चढ्दा यात्रुहरूले महँगो भाडा तिर्नुपर्ने भएकाले नियमित तालिका अनुसारको अन्तर्राष्ट्रिय उडानलाई सरकारले सहज बनाइदिनुपर्ने आवाज उठेको थियो।

कतिपय चार्टर्ड उडानको भाडा निर्धारण गर्दा अनियमितता भएका गुनासा आएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको नेतृत्वमा अनुसन्धान समिति बनाएको छ।

त्यसले उजुरीहरू दिन माग गरेका विवरण आएका छन्।

पर्यटन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार महामारीको अवस्था भएकाले हवाई उद्योग र उडान शुल्क दुवैमा महत्त्वपूर्ण प्रभाव देखिएको छ।

उनले चार्टर्ड उडानका बारेमा गुनासाहरू आएपछि सरकारले छानबिन अघि बढाएको र नियमित उडानलाई अनुमति दिइएसँगै अब अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा निर्भर हुनुपर्ने अवस्था नरहेको बताए।

उनी भन्छन्, “अहिलेबाटै चार्टर्ड उडानहरू छैनन्। जति उडान छन् सबै नियमित उडान तालिकाअन्तर्गत नै छन्। पहिला नै उडान अनुमति पाएका एकाध चार्टर्ड उडान यो बीचमा चले पनि जुलाईबाट मन्त्रिपरिषद्को निर्णय अनुसारको नियमित उडान तालिका आइसकेको छ।”

उनले ‘परिस्थितिजन्य कारण’ ले कुनै गन्तव्यमा चार्टर्ड उडान गर्नुपर्ने भएमा त्यसबारे पछि आवश्यक निर्णय लिइने बताए।

तर नेपाली श्रमिक रहने बढी माग रहेका गन्तव्यमा अझै पनि थोरै उडान रहेकाले चार्टर्ड विमानमा बढी भाडा तिरेर कामदारहरूले यात्रा गर्नुपर्ने अवस्था रहेको कतिपय अधिकारीहरू बताउँछन्।

क्वारन्टीन मापदण्डमा पनि परिवर्तन

अधिकारीहरूका अनुसार यसै हप्ता मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा क्वारन्टीनको मापदण्डले ‘कोभिड नेगेटिभ रिपोर्ट’ भएका र खोप लगाएका व्यक्तिहरूका लागि नयाँ व्यवस्था गरेको छ।

विमानस्थल

तस्बिर स्रोत,EPA

मन्त्रालयका सहसचिव लामिछानेका अनुसार पूरा मात्रा खोप लगाएको वा पीसीआर नेगेटिभ प्रमाणित भएको पुष्टि हुने आधिकारिक प्रमाण जनाउने कागजपत्रसहित नेपाल आउने व्यक्तिहरूले अनिवार्य रूपमा घरमा नै १० दिन क्वारन्टीनमा बस्न मिल्ने निर्णय गरिएको छ।

उनले त्यस्ता व्यक्तिलाई सोझै घर जान दिइने बताए।

आफन्त बितेर अन्तिम संस्कारमा सहभागी हुन आएका व्यक्तिहरू अस्पताल र वडा कार्यालयको सिफारिससहित नेगेटिभ एन्टीजन प्रमाणपत्र भएका व्यक्तिहरू, आधिकारिक सिफारिस सहितका सरकारी कर्मचारी र कूटनीतिक नियोगका अधिकारी लगायतलाई १० दिन घरमा बस्न मिल्नेगरी जान दिइने संशोधित मापदण्डमा जनाइएको छ।

तोकिएका बाहेक अन्य सबैले सात दिनको होटल बुकिङको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने भनिएको छ।

होटेलको क्वारन्टीन र घरको क्वारन्टीनमा बसेका व्यक्तिहरूलाई आफू नेपाल प्रवेश गरेको सात र ११ दिनमा आरटी पीसीआर जाँच गराउन प्राधिकरणले भनेको छ।

साथै नियम मिच्नेलाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेशअन्तर्गत कारबाही गरिने चेतावनी पनि दिइएको छ।-बिबिसी नेपाली

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!