बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्धार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १६, २०७८ ०४;२४ बिहान प्रकाशित
जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्धार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

झण्डै आठ महिना भन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर। नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,’सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ। कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने। यो सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।’

फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै यूएई गएकी थिइन्। उनी सेल्समा काम गर्थिन्। सबैकुरा सोचे अनुरुप नै थियो। तर अचानक डोल्पाको जीवनले फरक मोड लियो। डोल्पाले जसलाई विश्वास गरिन् उसले धोका दियो। जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन्। तर, एकदिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन् उनलाई अस्पताल पुर्‍याइयाे।

उपचारका क्रममा डोल्मा गर्भवती भएको थाहा भयो। डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन। उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो। अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो। उनी न त घर फर्कन सक्थिन् न त दुबईमा बस्ने आधार थियो।

अगस्ट २०२० मा दुवई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिइन्। सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन डोल्माको। सोही क्रममा डोल्मा गैरआवासीय नेपाली संघको यूएईको सम्पर्कमा आइन्।

उनको उद्धारका लागि पहल सुरु गरिए। गैरआवासीय नेपाली संघ यूएईमार्फत गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रमको टिमले पहलकदमी लियो। त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम समेत मिनाहा भयो।

डोल्मा भन्छिन्, ‘त्यतिबेला निकै कठिन थियो। अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नु परेको थियो, सरहरुले ठूलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म।’

डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैरकानूनी रुपमा बस्न गाह्रो थियो। त्यसैले उनलाई गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो। त्यसपछि उनलाई नेपाल ल्याउने पहल सुरु गरिएको थियो।

नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दूतावाससँगको समन्वयमा आमा तथा बच्चाहरुको ट्राभल डकुमेन्ट तथा अन्य प्रक्रियाहरु पूरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काई परिवारका सदस्य (बहिनीको) को जिम्मा लगाइएको छ। निज आमा तथा बच्चाहरुलाई काठमाडाैँमा संघको राहत तथा उद्दार कार्यक्रमका स्वयंसेवकहरुले आवश्यक सहजीकरण तथा सहयोग पुर्‍याएका थिए।

यसका लागि उपाध्यक्ष, गैर आवासीय नेपाली सघ, अन्तराष्ट्रिय समन्वय परिषद् एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसी लगायतको अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी सहित फिल्डमा कार्यरत टिम, काठमाडाैँस्थित कार्यक्रमको टिम तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी लगायतले पहलकदमी लिएका थिए।

उनलाई नेपाल ल्याउन आवश्यक कागजी प्रक्रियाका लागि फिल्डमा खटिएका गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रमका यूएईका संयोजक प्रविण पोखरेलले भने, ‘बच्चाको बाबुको कुनै कागजपत्र नहुँदा जन्मदर्ता लगायतका अन्य आवश्यक प्रक्रिया निकै कठिन बनेका थिए, अर्कोतर्फ आमाको पनि भिसा सकिएको रहेछ, त्यसैले सम्पूर्ण कागजात बनाउनै लामो समय लाग्यो त्यसैले पनि उद्धारमा अलि समय लाग्यो, तर पनि समस्यामा परेका बच्चा र आमाको जीवनरक्षा गर्न पाउँदा खुसी लागेको छ।’

डोल्मा लामा त एक प्रतिनिधि पात्र मात्र हुन्। विशेष गरेर वैदेशिक रोजगारीमा गएका महिलाहरुले यस्तै अन्य पीडा भोगेका कयाैँ कथाहरु छन्। वैदेशिक रोजगारमा गएका श्रमिकहरुले बेलैमा सचेत नहुने र सम्बन्धित निकायबाट समयमै आवश्यक समन्वय एवं सहयोगमा कमि भएमा आगामी दिनमा यस्ता समस्याहरु जटिल रुपमा देखा पर्ने निश्चित छ।

संघको राहत तथा उद्दार कार्यक्रमले कोेभिड–१९ का कारणले समस्यामा परेका मध्यपुर्वका विभिन्न देशहरु तथा मलेसियामा रहेका झण्डै १९हजार भन्दा बढी नेपाली श्रमिकहरुलाई सम्बन्धित गन्तब्य देशहरुमा खाना तथा सेल्टरको व्यवस्था, जरिवाना तिरिदिने, हवाई टिकट, पिसिआर परीक्षण, टेलिस्वास्थ्य तथा सामान्य स्वास्थ्य सहयोग तथा नेपाल फर्के पछि सकुशल आ–आफ्नो घर सम्म जानका लागि यातायात खर्च समेत ब्यहोरिएकाे छ।

संघले यस कार्यमा सम्बन्धित देशका दूतावासहरु, सरोकारवाला निकायहरु तथा नेपालमा सम्बन्धित निकायहरुसँग समन्वय गरी यस प्रकारको मानवीय कार्यमा सहयोग पुर्‍याउँदै आएको छ।-देश संचार 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!