अगामी साउन भित्रै व्यवसायीक रुपमा नमस्ते पे सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसका कारण लकडाउनले गर्दा सञ्चालनकाे समय पछि धकेलिएको डिजिटल पेमेन्ट नमस्ते पे सेवाको परिक्षण अब भने अन्तिम चरणमा पुगेको हो ।
नेपाल टेलिकम र बाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालनमा ल्याउन लागिएको मोबाइल मनि सेवा केहि हप्ता अघिबाट परिणक्षको काम थालिएको थियो ।
नमस्ते पे सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले चैत ३ गते लाइसेन्स अनुमति दिएको थियो । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कोभिड १९ को दोस्रो लहरले टेलिकमको मोबाइल मनि सेवा सञ्चालनमा अवरोध पुर्याएको जानकारी दिए ।
‘मोबाइल मनिको काममा अन्तराष्ट्रिय उडान ठप्प भएपछि विदेशबाट आवश्यक समान आउन पाएन जसले गर्दा उपकरण मात्रै डेढ महिना ढिलो आयो,’ उनले भने । अधिकारीका अनुसार कार्गो विमान नपाउँदा ती उपकरणहरु सिंगापुर, दुबई लगायतका देशमा लामो समय थन्किएका थिए ।
नेपाल टेलिकमले मोबाइल मनि सेवा सञ्चालनका लागि विगत दुई बर्षदेखि कसरत गरिरहेको छ । अब भने सेवा सञ्चालनको काम लगभग अन्तिम अवस्थामा रहेको टेलिकमले जनाएको छ ।
खासगरी, मोबाइल मनी सेवाको उपकरण जडान र कमिसनिङ लगायत अधिकांश प्राविधिक काम गर्ने भरतीय नै रहेको र उनीहरुलाईं कोरोना संक्रमित भएर काम केहि समय रोकिएको अधिकारीको बताए । तर, अहिले एक महिना भित्र व्यवसायीक रुपमा सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेकाे छ ।
हाल टेलिकको मोबाइल मनीको सबै प्रणाली इन्स्टल गरेर विभिन्न बैंकहरुको प्रणालीमा कन्फिगरेसनको काम सकिइसकेको छ । त्यसैगरी, एक महिना भित्रै डिजिटल पेमेन्टस् कम्पनीका कर्मचारीहरुले आफ्नो आफ्नो मोबाइलमा परीक्षण गर्ने छन ।
अब यो हप्ता टेलिकमका कर्मचारीहरुले परीक्षण सुरु गर्ने हाम्रो योजना रहेको टेलिकमले जनाएको छ । उक्त कम्पनीमा टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको ३८ प्रतिशत लगानी रहेको छ ।
दुई कम्पनीको लगानीमा आउने मोबाइल मनीको सबैभन्दा पहिलो अकर्षणको बिषय अनलाइन र अफलाइन कारोबार हो । टेलिकमले ल्याउन लागेको मोबाइल मनीमा इन्टरनेट भएको बेलामा र नभएको बेला दुबै समयमा अनलाइन कारोबार गर्न सकिने छ ।
त्यस्तै मोबाइल ब्यालेन्सबाटै सामान किन्न सक्ने व्यवस्था समेत हुने टेलिकमले जनाएको छ । उक्त मोबाइल मनी ग्रामीण जनतामा केन्द्रित हुने समेत टेलिकमको भनाई छ ।
त्यस्तै टेलिकमको मोबाइल मनी सेवामा बैंङ्किङ वालेट सेवा,क्युआर तथा सरकारी राजस्व तिर्न बढी फोकस हुने छ ।
पानी,बिजुली,टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न,बिल तिर्न,रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुने टेलिकमको मोबाइल मनी नयाँ प्रविधिमा आधारित हुने छ । हाल नेपाल टेलिकमका सिम प्रयोगकर्ता तीन करोड माथि रहेको छ ।
नमस्ते पेका प्रमुख कार्यकारी अधिकृतमा टेलिकमका पूर्व सहप्रवक्ता कृष्णप्रसाद भण्डारी नियुत्त भइसकेका छन ।-मेरो लगानी
प्रतिक्रिया लेख्नुहोस्:-