बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यूएईमा अलपत्र परेकी जुम्ल्याहा बच्चाकी आमाले मातृभूमि टेक्दाकाे क्षण…

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १७, २०७८ ०२;२० बिहान प्रकाशित
जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्धार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८ फेब्रुअरी २०२० मा यूएई पुगेकी निमा लामा (नाम परिवर्तन) जुम्ल्याहा बच्चासहित नेपाल आइपुगेकी छन्।

दुबई पुगेर काम गरेको केही समयपछि गर्भवती भएको थाहा पाएपछि उनले त्यहाँ धेरै दुःखको सामना गर्नु परेको थियो। अन्ततः गैरआवासीय नेपाल संघ (एनआरएनए) दुबईको सहयोगमा उनले नेपाली भूमिमा पाइला टेकेकी छन् ।

दुबईमा भोगेको दुःख र बच्चा जन्मदाका क्षण

उनी दुबई पुगेको दुई दिनपछि देखि नै काम सुरु गरिन्। उनका अनुसार त्यहाँ काम गरेको एक हप्ताभित्रमै उनको मेडिकल जाँच भयो । रिपोर्टमा उनको प्रेग्नेन्सीको बारेमा केही पनि देखिएन। हुन त उनले नेपालमा पनि मेडिकल गरेर गएकी थिइन्। उनी स्वयंलाई आफू प्रेग्नेन्ट भएको थाहा भएन र दुबै मेडिकल रिपोर्टले पनि प्रग्नेन्ट भएको देखाएन।

तर, उनलाई लगातार दुई महिनासम्म वमिट भइराख्यो। र, हस्पिटल गएर देखाउँदा ग्यासको समस्या भएको भनिदियो। त्यसपछि भने उनलाई खानेकुरा गनाउने, खान मन नलाग्ने आदि हुन थालेपछि शंका लागेर प्रेग्नेन्सी हो कि भनेर जचाइन्। नभन्दै हस्पिटलको रिपोर्टले प्रेग्नेन्ट भएको देखाइदियो।

त्यसपछि उनले सो खबर नेपालमा भएका बच्चाको बाबुलाई बेलिविस्तार लगाइन्। तर, ती बाबुले घरी औषधि खाएर बच्चा फाल्न दबाब दिए। घरी त्यो मेरो बच्चा होइन भन्न थाले। त्यसपछि भने दुबईमा उनका दुःखका दिनहरु सुरु हुन थाले।

उनले प्रेग्नेन्ट भएको थाहा पाएपछि नेपाल आउन धेरै कोसिस गरिन्। तर जति कोसिस गरेपनि बच्चाको बुबाले सहयोग नगरेकाले र अर्कोतिर कोरोना संक्रमणका कारणले गर्दा उतै अड्किइन्।

त्यतिबेला प्रेग्नेन्ट भएको थाहा पाउनासाथ कम्पनीलाई बिरामी छु, घर जानु पर्याे भनेर कुरा राख्दा कम्पनीले ४२ सय तिर्नु अनि तिमीलाई घर पठाउँछु, भनेछ । कम्पनीको नियम अनुसार यूएईको पैसा ४२ सय तिर्नुपर्ने र त्यसैसमयमा कोरोना संक्रमणका कारण लागू भएको लकडाउनले गर्दा उनको ६ महिना उतै बित्यो ।

बीचबीचमा बिरामी भइराख्ने उनी प्रेग्नेन्ट भएको सात महिना लागेपछि भने साह्रै बिरामी भएर हस्पिटल भर्ना भइन्। उनका अनुसार हस्पिटलले सात महिनामै बच्चा जन्माउनु पर्छ भनी अप्रेशन गर्न सल्लाह दियो।

तर, साहाराविहीन उनले मरे पनि मर्छु तर अप्रेशन गर्दिन भनेपछि बिना अप्रेसन बच्चा जन्माउने प्रोसेसमा हस्पिटल लागि परेछ । अन्ततः उनले दुबई पुगेको सात महिनामा दुईवटी (जुम्ल्याहा) छोरीलाई जन्म दिइन्।

बच्चा जन्मिएको चार दिनपछि मात्रै आफूले बच्चाहरुलाई देख्न पाएको भन्दै उनले पहिलो बच्चा नर्मल र दोस्रो बच्चा भने मेशीनले तानेर जन्माएको पाँचा महिना अघि डिसी नेपालसँगको कुराकानीमा बताएकी थिइन्।

दुबई पुगेर तीन महिना मात्रै जागीर गरेकी उनले त्यसपछिका दिनहरुमा भने जागीर र पैसा बिनाको कष्टकर जिन्दगी बिताइराखेकी थिइन्। त्यँहीका नेपाली साथीभाइहरुको सहयोगबाट बाचिराखेको बताउँदै आएकी उनलाई बच्चा जन्मिसकेपछि पनि फिलिपिन्सकी एक महिलाले हस्पिटलको केही खर्च तिरिदिएको र दुई हप्तासम्म खाने बस्ने व्यवस्था गरिदिएको बताएकी थिइन्।

त्यसबेला अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो। त्यसबेला उनको बच्चाहरुसहित तीन महिनासम्म हस्पिटलमै बास भएको थियो।

सुत्केरी भएको समयमा पनि बच्चासहित नेपाल फर्किन उनले अस्वस्थ शरीर लिएर कागजपत्र बनाउनको लागि सम्बन्धित निकायहरुमा धेरै धाइन्। उनको बच्चाको बुबाले बिहे दर्ता समेत बनाउन नमानेकाले उनको बच्चा अवैधानिक बनेका थिए। जसले गर्दा उनी बच्चासहित नेपाल आउन सकिराखेकी थिइनन्।

पछिल्लो समय उनलाई एनआरएनए यूएईको सहयोगले खानालगायतको खर्च व्यहोरिराखेको थियो। प्रदेशमा पीडामा परेकी उनले भ्याएसम्म चिनेजाने, आफन्त लगायतलाई सबै वास्तविकता उजागर गर्दै रोईकराई गर्दा समेत आफ्नो देश फर्किन पाइराखेकी थिइनन्। सुरुका दिनमा घरपरिवारबाट समेत कुनै सहयोग नपाएकाले दुईवटा दुधे बालिकासहित उनी साच्चिकै पीडामा थिइन्।

र, पीडामा दुबईमा दिनहरु बिताइराखेकी उनले सोचेकी पनि थिइनन् बच्चासहित नेपाल आउनु पाँउछु भनेर। पछिल्लो समयमा उनलाई एनआरएनएको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत दुबईको सेल्टरमा नेपाल ल्याउने पहल सुरु गरिएको थियो।

नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दूतावाससँगको समन्वयमा आमा तथा बच्चाहरुको ट्राभल डकुमेन्ट तथा अन्य प्रक्रियाहरु पूरा गरेर २८ जुन २०२१ का दिन उनलाई सकुशल स्वदेश फर्काई परिवारका सदस्य (बहिनी)को जिम्मा लगाइएको छ।-डिसी नेपाल 

जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्धार

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!