बजार बाइकको मूल्य फेरि बढेको छ। नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बिहिबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।
पछिल्लो समय नेपाली बजारमा बजाजको मूल्य बढ्दै गएको छ। तर नेपालमा बजाज बाइकले राम्रो बजार पाइरहेको छ।
यस पटक बजाजको ९ वटा मोडलको मूल्य बढेको हो। विभिन्न मोडलका बाइकमा दुई हजार रुपैयाँदेखि चार हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ।
बजाजको पल्सर १५० एसडीको मूल्य २ हजारले वृद्धि भएको छ। यसको नयाँ बजार मूल्य २ लाख ६८ हजार ९ सय पुगेको छ। त्यस्तै पल्सर १६० एनएस टिडी एबिएस, पल्सर २२० एफ एबिएस, एभेन्जर १६० स्ट्रिट एबिएस र एभेन्जर २२० क्रुसको मूल्य पनि २ हजारले वृद्धि भएको छ।
पल्सर २०० एनएस एबिएस र पल्सर २०० एनएस एफआइ एबिएसको मूल्य ३ हजारले बढेको छ भने डोमिनार २५० एबिएस र डोमिनार ४०० एबिएसको मूल्य ४ हजारले बढेको छ। –सेतोपाटि
कतिपय बाइकको मूल्य भने यथावत नै छ। बजाज मोटरसाइकलको विभिन्न मोडलको नयाँ मूल्य सूची यस प्रकारको छः
मोडल | पुरानो मूल्य | नयाँ मूल्य सूची |
प्लाटिना १०० इएस | १,८५,९०० | १,८५,९०० |
डिस्कभर १२५ ड्रम | २,०० ,९०० | २,००,९०० |
डिस्कभर १२५ डिस्क | २,०९,९०० | २,०९,९०० |
डिस्कभर १२५ एसटी | २,२०,९०० | २,२०,९०० |
पल्सर १२५ डिस्क | २,३८,९०० | २,३८,९०० |
पल्सर१५० एसडी | २,६६,९०० | २,६८,९०० |
पल्सर १५० टिडी | २,८३,९०० | २,८३,९०० |
पल्सर १६० एनएस टिडी एबिएस | ३,०६,९०० | ३,०८,९०० |
पल्सर २२० एफ एबिएस | ३,५०,९०० | ३,५२,९०० |
पल्सर २०० एनएस एबिएस | ३,५२,९०० | ३,५५,९०० |
पल्सर २०० एनएस एफआइ एबिएस | ३,७८,९०० | ३,८१,९०० |
एभेन्जर १६० स्ट्रिट एबिएस | ३,३४,९०० | ३,३६,९०० |
एभेन्जर २२० क्रुस | ३,५७,९०० | ३,५९,९०० |
डोमिनार २५० एबिएस | ५,०३,९०० | ५,०७,९०० |
डोमिनार ४०० एबिएस | ५,७८,९०० | ५,८२,९०० |
प्रतिक्रिया लेख्नुहोस्:-