रोम — इंग्ल्यान्डले जर्मनविरुद्ध सन् १९६६ यता पहिलो पल्ट त्यो काम गरेर देखायो, जसका लागि पुस्तापछि पुस्ताका इंग्लिस खेलाडीले प्रयास गरेका थिए, तर सकिरहेका थिएनन् । युरो २०२० मा इंग्ल्यान्डका लागि सबैभन्दा ठूलो उपलब्धी जर्मनलाई हराउनु रहनेछ, धेरै समयपछिसम्म पनि ।
स्टर्लिङ लयमा देखिएका छन् र प्रशिक्षक गेराथ साउथगेटले उनको खुबै प्रशंसा गरिरहेका छन् । जर्मनीलाई हराउन अगाडि भने फुटबल पण्डितहरूले उनको खुबै आलोचना गरेका थिए, विशेषतः इंग्लिस टिमले अपनाएको देखिएको रक्षात्मक रणनीतिका लागि ।
जर्मनीलाई हराएपछि भने यिनै आलोचक साउथगेटको समर्थक भएका छन् र उनले यो खेलमा अपनाएको रणनीतिको प्रशंसा गरिरहेका छन् । जत्तिकै आलोचना भएपछि अहिलेको इंग्ल्यान्डले टिमले युरो २०२० मा तय गरेको यात्राको सबैभन्दा ठूलो विशेषता हो, अहिलेसम्म खेलेका चार खेलमा कुनै फनि गोल नखानु ।
यस्तोमा युक्रेनका लागि इंग्ल्यान्डको यही बलियो रक्षापंक्तिलाई तोड्नु सबैझन्दा ठूलो चुनौती रहनेछ । युक्रेनको क्वाटरफाइनल यात्रा आफैमा सनसनीफूर्ण रहेको छ । युक्रेनले अन्तिम आठमा प्रवेशका लागि स्विडेनमाथि नाटकीय जित निकालेको थियो । स्विडेन जहाँ आफ्नो समूहको विजेता थियो, त्यहीं युक्रेन बल्लतल्ल नकआउट चरण पुगेको थियो भन्दा हुन्छ, तेस्रो स्थानमा आउने टिममध्येबाट । स्विडेनविरुद्ध प्राप्त २–१ जितमा अतिरिक्त समयको इन्ज्युरी समयमा निर्णायक गोल झएको थियो । युक्रेनका लागि अहिलेसम्म तय गरेको युरो यात्रा ठूलो उपलब्धी सावित भइसकेको छ, तर पनि इंग्ल्यान्ड यो खेलको अझै पनि बलियो फ्रत्यासी रहनेछ ।
यसको कारण हो, इंग्लिस टिम र खेलाडी दुवै आत्मविश्वासी हुनु । युक्रेनी टिम र खेलाडी पनि स्विडेनमाथि प्राप्त जितपछि उत्तिकै उत्साहित र आत्मविश्वासी भएको हुनु पर्छ । यो खेललाई लिएर एउटा अर्को तथ्य के पनि निश्चित छ भने यसले पर्याप्त रोमाञ्चक पस्कने निश्चित छ । नकआउट चरण यस्तो खेल हो, जहाँ सानो भुल कुनै पनि टिमलाई प्रतियोगिताबाट बाहिरिन पर्याफ्त हुन सक्छ । तय छ, युक्रेनले इंग्ल्यान्डलाई तेर्साउन चुनौती पनि कम्तीको हुन्न ।-कान्तिपुर
प्रतिक्रिया लेख्नुहोस्:-