बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रोकियो वैदेशिक रोजगार, कैयौं अलपत्र

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १९, २०७८ ०३;२८ बिहान प्रकाशित
७३१ म्यानपावर कम्पनीहरु खारेजीको संघारमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

खोप नलगाएकालाई  कतार आउन नदिने भनेपछि वर्ष दिन संघर्ष गरेर पाएको भिसा पनि काम नलाग्ने भएको छ । – नूर मोहम्मद, कपिलवस्तु–१ बहादुरगन्ज

हातमा भिसा छ तर खोप नलगाई जान पाइँदैन भनेर रोकिदिए। – विनोद दर्नाल, रूपन्देही बुटवल–१२ ढवाहा

घर आएको ५ महिना भो, कम्पनीले खोप लगाएर मात्र फर्कनू भनेको छ, धेरैतिर धाएँ, कतै लगाउन पाइनँ । कुलबहादुर खत्री, पाल्पा रामपुर–५ भम्बक

कपिलवस्तु, रूपन्देही, पाल्पा, अर्घाखाँची — उनी घर आए । कतार फर्केर जान भिसा अवधि सकिएको थियो । कपिलवस्तु नगरपालिका–१ मस्जिद टोलका ३४ वर्षीय रकिबबुद्दिन गौरी अहिले तनावमा छन् । दोहाको विज्ञापन कम्पनी तलविन ग्रुपमा कार्यरत उनी निर्धारित समयमा त्यहाँ जान नपाउँदा छट्पटिँदै बसेका छन् । उनी डिजाइनर हुन् । कम्पनीलाई अनुरोध गरेर बल्लतल्ल भिसा मगाए ।

यसैबीच कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भयो । त्यसपछि खोप लगाएका कामदारलाई मात्र कतार प्रवेश अनुमतिको नियम लागू भयो । खोप लगाउन नपाएकाले कतार जान रोकिँदा उनी पिरोलिएका हुन् ।

स्वास्थ्य कार्यालयसम्म पुगेर हारगुहार नगरेका होइनन् । तर सीमित खोप, त्यसमा पनि फ्रन्टलाइनर र वृद्धवृद्धामात्रै सरकारको प्राथमिकतामा रहँदा उनले लगाउन पाएनन् । कपिलवस्तु–१ बहादुरगन्ज चोकका ३२ वर्षीय नूर मोहम्मद पनि कतारको

भिसा हुँदाहुँदै उड्न नपाउने स्थितिमा छन् । दोहामा भ्यानचालक काम गर्न भिसा पाएका उनी खोप लगाउन नपाएकै कारण जानबाट वञ्चित भएका छन् । ‘बडो संघर्ष गरेर भिसा आयो,’ उनले भने, ‘खोप नलगाएकालाई कतार आउन नदिने भनेपछि वर्ष दिन संघर्ष गरेर पाएको भिसा पनि काम नलाग्ने भएको छ ।’

उनीहरूजस्तै जिल्लाका ३० जनाभन्दा बढी कामदार अहिले खोपकै कारण खाडी मुलुक जानबाट वञ्चित भएका छन् । खाडीका मुलुकले खोप लगाएका कामदार मात्रै लैजाने आदेश जारी गरेपछि नेपाली श्रमिकलाई मर्का परेको हो । सरकारले एक त खोप नै भित्र्याउन सकेको छैन, त्यसमाथि छिटपुट आएका मात्रामा पनि वैदेशिक रोजगारीमा जानेलाई खोप लगाउन पाउने प्राथमिकतामा राखेको छैन । स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी, सञ्चारकर्मी, ज्येष्ठ नागरिकलगायतलाई मात्र खोप दिएको छ । ‘भिसाको म्याद सकिन महिना दिन बाँकी छ,’ गौरीले भने, ‘अब जान नपाउने पक्कापक्कीजस्तै छ ।’ कम्पनीले पठाएको भिसाको म्यादमा जान नपाए पुनः बोलावट नआउने उनलाई चिन्ता छ ।

‘खोप कहिले लगाउन पाइन्छ भन्दै रेडियो सुनेर बस्छु,’ नूर मोहम्मदले भने । खोप ल्याएर सहज बनाउनेतर्फ सरकारको तयारीका खबरले ढुक्क नलाग्दा निद्रा आउन पनि छोडिसकेको उनले सुनाए । डेढ वर्षअघि नेपाल फर्केका उनी अहिले कमाइ नभएपछि फेरि रोजगारीका लागि कतार जान लागेका हुन् ।

दुबईमा होटल म्यानेजमेन्ट पढेकी यहाँकी किरण निरौला पनि काम गर्न अवसर पाएर उतै जान हतारिएकी छन् । ‘हातमा भिसा आइसकेको छ,’ उनले भनिन्, ‘खोप लगाउन नपाउँदा जान पाउने कि नपाउने अनिश्चित छ ।’ संयुक्त अरब इमिरेट्स (यूएई), कतार र साउदी अरबले खोप नलगाएका कामदारलाई प्रवेश निषेध गरेको छ ।

रूपन्देहीको बुटवल–१२ ढवाहाका २८ वर्षीय विनोद दर्नालसँग कतारको भिसा छ । तीन वर्ष मलेसिया बसेका उनी कम्पनी बन्द भएपछि फर्किएका हुन् । अहिले कतार जाने तयारीमा थिए । ‘हातमा भिसा छ तर खोप नलगाई जान पाइँदैन भनेर रोकिदिए,’ उनले भने, ‘खोप नपाएर श्रम स्वीकृतिसमेत लिन पाइएन ।’ विदेशमा मजदुरी गर्नेको रेमिट्यान्सले खर्च चले पनि राज्यले बेवास्ता गर्दा नागरिक हुँजस्तो भान नभएको उनले गुनासो गरे ।

सैनामैना–७ रामापुरका कृष्णप्रसाद घिमिरे नौ वर्षदेखि जापानमा थिए । बिदामा घर आएका बेला निषेधाज्ञामा परे । गत वैशाख २८ गतेका लागि काटेको टिकटमा उड्न पाएनन् । उनी संक्रमित भए । ‘खोप लगाएर बस्न पाएको भए कोरोना लाग्दैनथ्यो होला,’ उनले भने । बिदामा आउँदासमेत खोप नपाएर असुरक्षित भएपछि भिसा क्यान्सिल गरेर बस्नुपरेको उनको गुनासो छ । संक्रमित भएकाले खोप नलगाई जान नपाइने भएकाले पर्खाइमा रहेको उनले बताए । तिलोत्तमा–६ का अमृत क्षत्री खोप लगाउन नपाएर पीडित छन् । विदेशबाट सबै कागजपत्र आए पनि खोपको कार्ड नहुँदा जान नपाएको उनले बताए । उनले भने, ‘खोपलाई अनिवार्य बनाएकाले जान पाइएन ।’

स्थानीय प्रशासन भने विदेश जाने पर्खाइमा बसेकाहरूबारे बेखबर छ । संघीय सरकारबाट वैदेशिक रोजगारीमा जानेको तथ्यांक संकलन गर्न निर्देशन आएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘कति जना जाँदै हुनुहुन्छ भन्ने यकिन तथ्यांक निकालीहाल्न सक्दैनौं,’ उनले भने, ‘प्रशासनमा निवेदन दर्ता गर्न सुझाएका छौं, सोहीअनुसार खोप माग गर्न सहज हुन्छ ।’ स्वास्थ्य मन्त्रालयबाट निर्णय भएर खोप नआउन्जेल आफूहरूले केही गर्न नसक्ने भन्दै उनले यहाँ दर्ता भएका, जानकारीमा आएका मानिसको संख्या टिपाएर खोप आउनेबित्तिकै उनीहरूलाई लगाइदिने बताए ।

पाल्पाको रामपुर–५ भम्बकका कुलबहादुर खत्री दुबईबाट घर आएको पाँच महिना भयो । कोरोनाविरुद्धको खोप लगाउन नपाएर काममा फर्किन पाएका छैनन् । खोपको खोजीमा काठमाडौं, पोखरा, पाल्पाका धेरै ठाउँ दौडधुप गरेको उनले सुनाए । ‘कम्पनीले खोप लगाएर आउन भनेको छ तर जहाँसुकै धाउँदा पनि खोप लगाउन पाइएन,’ उनले भने । पूर्वखोला–२ जल्पा लाभेका टंकनाथ खनाल दुबई जानुपर्ने एक महिनाअघि नै हो । अहिलेसम्म उड्न पाएका छैनन् । कम्पनीले खोप लगाएपछि मात्र आउन भनेकाले उनलाई विदेश जान समस्या भएको हो । ‘खोपका लागि धेरैपटक प्रयास गरियो तर पाइएको छैन,’ उनले भने ।

बगनासकाली–१ चिर्तुङधाराका टेकबहादुर चिदी पनि खोप लगाउन नपाएकै कारण विदेश जान पाएका छैनन् । कागजी प्रक्रिया पूरा गरे पनि खोप नपाएर वैदेशिक रोजगारीमा जान नपाउनेको संख्या पाल्पामा मात्र ५ सयभन्दा बढी रहेको उनको अनुमान छ । ‘विदेश जान समस्या भयो भन्दै आउनेको संख्या बढेको छ,’ बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले भने, ‘दैनिकजसो खोपको माग गर्दै आउने गर्छन् ।’

अर्घाखाँचीको मालारानी–९ का विष्णु घिमिरेले कतार जाने तयारी पूरा गरेका थिए । तर, खोप लगाएको रिपोर्ट नहुँदा निराश छन् । ‘घरमा ऋण छ, छोराछोरी पढाउन र घरखर्च चलाउन मुस्किल भएर कतार जान लागेको हुँ,’ उनले भने, ‘सबै काम पूरा गरेर काठमाडौं हिँड्न लाग्दा, खोप नलगाएकालाई कतार प्रवेश अनुमति नदिने खबर सुनें । स्वास्थ्य चौकी, जिल्ला जनस्वास्थ्य र अस्पतालमा गएँ, खोप आएको छैन भन्ने जवाफ पाएपछि मन खिन्न भयो ।’ खोप कहिले आउँछ भनेर स्वास्थ्यकर्मीलाई सोध्दा टुंगो नभएको जवाफ पाएको उनले बताए । शीतगंगा–१० का विकास पुनले खोप लगाउन पाएनन् । ‘धेरै पटक स्वास्थ्य चौकी, नगरपालिकामा खोप चाहियो भनेर धाएँ, आएपछि लगाइदिन्छौं भन्ने आश्वासन दिए तर खोप आएन,’ उनले भने । कोरोना संक्रमणबाट सुरक्षित हुन खोप मागेको उनले बताए । त्यही खोप लगाउन नपाएकै कारण उनी कतार जान पाएनन् । कम्पनीमा सम्पर्क गर्दा म्यानेजरले खोप लगाएको रिपोर्टबिना आउन पाइँदैन भनेपछि झसंग भएको उनले बताए ।

यूएईले गत वैशाख २३ देखि नेपालबाट कामदारसहितका यात्रुलाई प्रवेश निषेध गरेको छ । कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार आउन दिएको छैन । साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्नॅपर्छ । आन्तरिक मन्त्रालय, साउदीको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा काम गर्न पाउनेछन् । बिनाखोप काम गरेको भेटिएमा जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

यूएई र कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको छ । कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनलाई अनुमोदन दिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म र अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी सबै खोप नेपालमा अभाव छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले वैदेशिक रोजगारमा जाने कामदारका हकमा सरकारले खोप लगाउने नीति नबनाएको प्रतिक्रिया दिए ।-कान्तिपुर 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!