बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाढी पहिरोले घरबारविहीन भएका परिवारलाई ५० हजार रुपियाँको दरले सहयोगः उपप्रधानमन्त्री पौडेल

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार २०, २०७८ ०८;५७ बिहान प्रकाशित
बाढी पहिरोले घरबारविहीन भएका परिवारलाई ५० हजार रुपियाँको दरले सहयोगः उपप्रधानमन्त्री पौडेल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, असार २० गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोका कारण घरबारविहीन भएका परिवारलाई राहतस्वरुप पहिलो किस्ताका लागि ५० हजार रुपियाँको दरले सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको जानकारी गराउनुभएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले सो जानकारी गराउनुभएको हो ।

मनसुनजन्य विपदका घटनाबाट सयौं घरपरिवार विस्थापित भएको जानकारी दिनुहुँदै उहाँले बाढी पहिरोका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भइसकेको जानकारी गराउनुभएको छ । त्यस्तै, ५०५ निजी घर पूर्णरुपमा क्षति र ११२ घरमा आंशीक क्षति भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी ९ वटा विद्यालयको भवनमा क्षति पुगेको पनि उहाँले बताउनुभयो । १५ वटा मोटरेबल पुलमा क्षति भएको जानकारी दिनुहुँदै गृहमन्त्रीसमेत रहनुभएका पौडेलले तत्काल कार्ययोजना बनाई क्षति भएका पूर्वाधारको पुनरनिर्माणको काम शुरु भइसकेको बताउनुभयो ।

मेलम्ची आयोजनाको खानेपानी, सडक र पूर्वाधारका विषयमा विज्ञहरुको टोलीले स्थलगत अध्ययन गरिरहेको र प्रतिवेदनका आधारमा मर्मतको काम शुरु गरिने उहाँले बताउनुभयो । मन्त्री पौडेलकाअनुसार २५ वटा जलविद्युत आयोजनामा आंशिक क्षति पुगेको जानकारी दिनुभयो । हालसम्म सिन्धुपाल्चोक, मनाङ, दाङ लगायतका जिल्लाबाट धेरैलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय तहसँग समन्वय गरी पुनस्र्थापना र उद्धारको काम गरिरहेको मन्त्री पौडेलले बताउनुभयो । प्रादेशिक विपद गोदाम घरमा राहत सामग्री भण्डारण गरिएको बताउनुहुँदै मन्त्री पौडेलले घरवार विहिनकालागि घरवास पुनःनिर्माणका लागि आवश्यक अनुदान उपलब्ध गराउने व्यवस्था गराएको पनि जानकारी दिनुभयो ।

यस वर्ष घरबास गुमाएका ५७२ घर परिवारका लागि ५० हजार रुपियाँका दरले सहयोग उपलब्ध गराइने प्रक्रिया अघि बढिसकेको पनि मन्त्री पौडेलले बताउनुभयो । भौगर्भिक अध्ययन प्रतिवेदनका आधारमा जोखिममा रहेका बस्तीलाई स्थानान्तरणको काम गरिने उहाँले जानकारी दिनुभयो । विपदका घटना र भएका क्षतिबारे हरेक दिन सार्वजनिक गर्ने प्रवन्ध सरकारले मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले प्रोएक्टिभ रुपले पुनस्र्थापनाको काम गरिरहेको जानकारी दिनुहुँदै उहाँले सरकारको तर्फबाट हुने सबै प्रयास जारी राखेको जानकारी दिनुभयो । राहत, पुनस्र्थापनामा कुनै किसिमको राजनीति नभएको बताउनुहुँदै उहाँले मानवीय विषयमा राजनीति कसैले गर्न नहुने उहाँले बताउनुभयो । राहत तथा पुनस्र्थापनाका कामलाई केन्द्रीकृत र एकीकृतरुपमा काम सरकारले गर्ने बताउनुभयो ।

बाढी पहिरोबाट पीडितको पुनस्र्थापनामा सरकारको तर्फबाट बजेटको अभाव हुन नदिइने बताउनुहुँदै अर्थमन्त्री पौडेलले गत वर्ष क्षति भएको घरको पुनस्र्थापनाको लागि तीन हजार ९४९ घरलाई ५० हजार रुपियाँको दरले पहिलो किस्ता उपलब्ध गराइसकेको जानकारी दिनुभयो । बाढी पहिरोबाट क्षति भएकालाई अनुदान दिने कार्यविधि २०७७ अनुसार पहिलो किस्ताको रकम उपलब्ध गराइने काम भएको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरु अनिता देवकोटा, रामनारायण विडारी, मृगेन्द्रकुमार सिंह, उदया शर्मा, जितेन्द्रनारायण देव, लगायतले बाढी पहिरोबाट हुने क्षति न्यूनिकरणका विषयमा सरकारले गरेको पूर्व तयारीबारेमा जिज्ञासा गर्नुभएको थियो । पुनस्र्थापना र राहतमा पनि राजनीति भइरहेको टिप्पणी सांसदहरुले गर्नुभएको थियो ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!