(यूएई)ले कोरोना भाइरसविरूद्ध मोडर्ना खोपलाई अनुमति दिएको छ ।
यूएईको स्वास्थ्य मन्त्रालयले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताएको छ ।
अमेरिकाले मोडर्नालाई स्थानीयस्तरमा प्रयोग गर्ने अनुमति दिएपछि यूएईले पनि उक्त खोपलाई अनुमति दिएको हो । नेपाल कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाईसम्म लम्ब्याएको छ । कोरोना भाइरसको महामारीमा कमी आएपछि युएईले अल्होसन एप मा ‘ग्रीन पास’ अनिवार्य गरी आन्तरिक व्यापार तथा उत्दपादन तथा सेवा क्षेत्र खुला गरेको छ ।
हाल यहाँ सार्वजनिक तथा नीजि समुद्री किनार, सार्वजनिक पार्क, स्विमिङपुल, सपिङ मल, सुपरमार्केट, जिम, होटल, मनोरञ्जन केन्द्र, सिनेमा हल, संग्राहलय तथा रेस्टुरेन्ट र क्याफे खोलिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-