बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीमा खोप मुख्य, कुन देशको कस्तो सर्त?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २१, २०७८ ०९;२६ बिहान प्रकाशित
निषेधाज्ञामा विदेशिनेकाे संख्या बढ्याे, पछिल्लो १० दिनमै पाँच सय बढी श्रमिक विदेशिए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतमा कामदार आपूर्ति बन्द

कुवेतले साउन १७ देखि कामदार लिने तर खोप लगाएका मात्रै, साउदी अरबमा खोप वा १० दिन क्वारेन्टाइन

कतार र बहराइनमा १० र ओमनमा ७ दिन क्वारेन्टाइन

काठमाडौँ — प्रमुख श्रम गन्तव्य मुलुकहरूले कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपालबाट कामदार लिन बन्द गरेका छन् ।

कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाएका कामदार मात्र लिँदै छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बस्ने सर्तमा मात्र कामदार लगिरहेका छन् ।

कोरियामा कामदार पठाउने प्रक्रिया २०७६ फागुन २१ देखि नै स्थगित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदनशील मुलुकको सूचीबाट हटाएको छैन । उसले सन् २०२० मा ६ हजार ७ सय जनासम्म लैजाने कोटा निर्धारण गरेको थियो । जसमा उत्पादन (उद्योग) तर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालनातर्फ २ हजार छनोट गर्ने योजना थियो । पहिलो लकडाउनपछि नियमिततर्फ ५ हजार र प्रतिबद्धतर्फ एक हजार गरी ६ हजार जनाको कम्पनीसँगको सम्झौतापत्र आएको थियो । कोरिया जान नपाएका कामदारहरूको संघर्ष समितिका अध्यक्ष अजय सोडारीले सरकारको लापरबाहीले कोरिया रोजगारी अवरुद्ध भएको बताए । ‘खोपको मात्रै प्रबन्ध गर्न सकेको भए कोरियासँग बलियो हिसाबले संवाद हुन्थ्यो । सरकारले न हामीलाई खोप दिन सक्यो न रोजगारी,’ उनले भने, ‘हाम्रो भविष्यमाथि खेलवाड भयो ।’ कोरियाबाट मात्रै वार्षिक रूपमा झन्डै ६३ अर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको छ ।

यूएईले वैशाख २३ देखि नेपालबाट कामदार लिएको छैन । कोरोनाको ठूलो मारमा परेको भारतलाई भने उसले खुला गरेको छ । कात्तिकयता मात्रै यूएईको अर्धसरकारी कम्पनीले २९ हजार कामदारलाई रोजगारी दिने भन्दै नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण गरेको छ । कामदार छनोट गरी उडान भर्ने बेला यूएईले नेपालमाथि प्रतिबन्ध लगाएको हो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपालमा कोरोनाको संक्रमण दर घटिरहेको हुनाले प्रतिबन्ध खोल्न यूएई सरकारलाई अनुरोध भइसकेको बताए । ‘नेपालले खोप उपलब्ध नगराएसम्म यूएईले कामदार लिने सम्भावना देखिँदैन,’ त्यहाँ कार्यरत एक नेपाली व्यवसायीले भने, ‘यूएईको सर्त नै खोप हो ।’ यूएईको स्वास्थ्य मन्त्रालयले गत असार ९ मा जारी गरेको सूचनाअनुसार फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड– अस्ट्राजेनेकाको खोपलाई मात्रै त्यहाँ मान्यता दिइएको छ । अक्सफोर्ड– अस्ट्राजेनेकाको कोभिसिल्ड खोप पहिले भारतबाट ल्याइए पनि हाल उपलब्ध छैन । सिनोफार्मको भेरोसेल खोप नेपालमा ल्याइए पनि पर्याप्त छैन ।

कुवेतले कोरोना संक्रमणको पहिलो लहर देखिएलगत्तै नेपालबाट कामदार लगेको छैन । आउँदो साउन १७ गतेदेखि भने खोप लगाइसकेका कामदार आउन पाउने सूचना जारी गरेको छ । कुवेतले पहिला नै भिसा भएका तर नेपालमा रोकिएका कामदारले अनलाइनबाट नै नवीकरण गर्न पाउने बाटो खोलिदिएको छ । तर कुवेत जान त्यहाँको सरकारले अनुमोदन गरेका अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनको खोप लगाउनुपर्नेछ । सेप्टेम्बरपछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने कुवेत सरकारले जनाएको छ । ‘कुवेतले भनेको खोप हाम्रोमा छैन । हामी नेपालको यथार्थता जानकारी गराउने प्रयासमा छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले भने ।

सबैभन्दा बढी नेपाली कामदारको माग भइरहेको साउदी अरबले एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रु नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । नागरिक उड्डयन प्राधिकरण, साउदीका अनुसार त्यहाँ जाने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको आधिकारिक प्रमाणपत्र पेस गर्नुपर्छ ।

‘अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर–बायोटेक, मोडर्नाको दुई डोज खोप र जोन्सनको एक डोज लगाएको यात्रुलाई मात्रै बोक्ने अनुमति छ,’ निर्देशनमा उल्लेख छ, ‘अन्तिम डोज लगाएको भने १४ दिन घटी हुनुहँॅदैन ।’ खोप नलगाएका कामदारलाई भने १० दिन अनिवार्य क्वारेन्टाइनमा राखिएको साउदीको रियादस्थित जिओल्यान्ड ट्राभलका प्रतिनिधि सुरेशराज त्रिपाठीले बताए । ‘खोप लगाएकाहरू सिधै कम्पनीको क्याम्पमा जान पाउँछन् । खोप नलगाएकाहरू आउने हो भने टिकट काट्ने समयमा नै क्वारेन्टाइनबापतको शुल्क भुक्तानी गर्नुपर्छ । जसले गर्दा साउदी आउन सामान्यतया एक लाख ६० हजार रुपैयाँ परिरहेको छ,’ उनले भने, ‘कम्पनीले नतिरेको खण्डमा कामदार आफैंले यो रकम तिर्नुपरेको छ । रकम तिर्न नसक्नेहरू नेपालमै अड्किएर बसेका छन् ।’ साउदीको जेद्दास्थित कार्यवाहक कन्सुलर जेनेरल शत्रुवन पोखरेलका अनुसार मागपत्र प्रमाणीकरण गर्ने बेलामा नै कम्पनीले क्वारेन्टाइनको खर्चको जिम्मेवारी लिएको छ । साउदीको आन्तरिक मन्त्रालयको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएकाले मात्रै काम गर्न पाउनेछन् । बिनाखोप काम गरेको भेटिए जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

कतारले भने खोप नलगाएका कामदारलाई पनि प्रवेश अनुमति दिएको छ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार कतारमा दिनमा ४० हजारलाई खोप दिइँदै छ । ‘क्वारेन्टाइन बसेकालाई कतार सरकारले नै खोपको प्रबन्ध गरिदिएको छ’, उनले भने, ‘कतार आएपछि १० दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।’ ओमान र बहराइनले नयाँ भिसा जारी गरेका छैनन् । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले आवासीय भिसा भएका कामदार आउन भने रोक नभएको बताइन् । ‘जोसँग रोजगारको भिसा छ । उनीहरू क्वारेन्टाइनमा ७ दिन बस्ने गरी आउन पाउँछन्,’ उनले भनिन् । गैरआवासीय नेपाली संघ बहाराइनकी अध्यक्ष लक्ष्मी गिरीका अनुसार यूएईले नेपाली आउन नदिँदा बहराइनमा समेत नेपाली जान नपाएको बताइन् । ‘बहराइनसँग सिधा उडान छैन । यूएई ट्रान्जिट भएर आउनेमा त्यहाँको उडानले नेपाली बोक्दैनन्,’ उनले भनिन् ।

गन्तव्य मुलुकहरूले खोपलाई सर्त बनाएपछि नयाँ र बिदामा आएका नेपाली रोजगारविहीन छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहण गुरुङले समस्यमै खोप व्यवस्थापन गर्न नसके नेपालको वैदेशिक रोजगार धराशायी बन्न सक्ने बताए । ‘खोप नलगाएका देशका कामदार गन्तव्य मुलुकहरूको प्राथमिकतामा परेका छैनन् । हामीले आवश्यक खोप व्यवस्थापन गर्न सकेको भए कामदारमाथि रोक लाग्ने थिएन,’ उनले भने । वैदेशिक रोजगारीमा गएका नेपालीले गत आर्थिक वर्षमा मात्रै झन्डै ८ सय ७५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका थिए ।-कान्तिपुर 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!