काठमाडौं । टर्किस एयरलाइन्सले उडान स्थगितको सूचना नदिएको भन्दै यात्रुहरूले एयरलाइन्सको कार्यालय घेराउ गरेका छन् । यात्रुहरू सोमबार बिहान विमानस्थल विमान नभेटेपछि आक्रोशित हुँदै कार्यालय पुगेका हुन् ।
यातायातको असुविधाका बीच विभिन्न जिल्लाबाट काठमाडौं आएका यात्रुहरूले समयमै सूचना नदिएको भन्दै आक्रोशित भएका छन् । विमानस्थल पुगेपछि मात्रै उडान स्थगित भएको थाहा पाउँदा अनावश्यक सास्ती खेप्नु परेको यात्रुहरूको गुनासो छ ।
यद्यपि एयरलाइन्स कम्पनीले आफूहरूको सूचना प्रणाली एकदमै सशक्त भएको दाबी गरेको छ । उडान स्थगित भएको ५ मिनेटभित्र यात्रुलाई खबर पुग्ने किसिमको आफ्नो सिस्टम भएको कम्पनीका सेल्स अफिसर निर्जहर हर्ष बज्राचार्यको दाबी छ ।-इमेज खबर
प्रतिक्रिया लेख्नुहोस्:-