बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आप्रवासी कामदारले आफ्नै लागि खोलेको आप्रवासी सहकारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २२, २०७८ ०७;२४ बिहान प्रकाशित
आप्रवासी कामदारले आफ्नै लागि खोलेको आप्रवासी सहकारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दुखरन यादव 

म यूएईमा दश वर्ष बसेर फर्केको हुँ । हामीले कमाएको पैसा देश चल्छ । तर हामी यहाँ फर्केपछि हाम्रो लागि केही पनि हुँदैन । विभिन्न संघसंस्थाले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन काम त गरिरहनुभएको छ । तर त्यो कहिलेसम्म हुन्छ भन्ने हो । हाम्रो धनुषामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र पनि भएकाले हामीलाई यो महसुस भयो कि हामीले हाम्रो लागि आफैँ गर्नुपर्छ । अनि त्यसको एक मात्र विकल्प हामीले सहकारी देख्यौँ ।

आप्रवासी सहकारीको जन्म

२०७५ असोज २३ गते सहकारीको जन्म भयो । त्यही बेला आप्रवासी बहुउद्देश्यीय सहकारीको एक समिति गठन भयो । त्यसमा पनि ११ जना सदस्यको समिति थियो, जसमा महिला पुरुष बराबर राख्यौँ । समितिमा दलितहरूको सहभागितामा पनि जोड दियौँ ।

त्यसमा ३० जना शेयर सदस्य राख्यौँ जसमा एक हजार रुपैयाँको दश वटा शेयर लिनै पर्ने व्यवस्था थियो । प्रतिमहिना दुई सय र प्रवेश शुल्क ५० रुपैयाँ र १५ रुपैयाँ स्टेशनरी र पास बुक बापत हामीले शुल्क लियौँ । यति ३० जनाको शेयर बनाएर हामी दर्ता प्रक्रियामा गयौँ ।

पालिकामा सहकारी दर्ता गर्न सफल भयौँ । यसमा पनि प्राविधिक सहयोग सुरक्षित आप्रवासन परियोजना सामी, धनुषाले गरेको छ । पास बुक पनि सामीले नै उपलब्ध गराएको छ ।

अन्त्यमा २०७५ सालको चैत पाँच गते सहकारी दर्ता भयो । त्यसपछि उद्घाटन गर्‍यौँ । उद्घाटनको लागि पालिकालाई घचघच्यायौँ । आप्रवासी कामदारले नै पठाएको रेमिटेन्स, तथा उनीहरूको मतले तपाईँले भोट पाउनुभएको हो भन्यौँ । पालिका अध्यक्षले हाम्रो प्रस्ताव मान्नुभयो र उद्घाटनमा लाग्ने सबै खर्च पालिकाले नै व्यहोर्यो । सहकारीका भौतिक साधन जस्तै टेबुल, कुर्सी, पङ्खा लगायतका सामानहरू पनि पालिकाले नै दिएको छ ।

यति भइसकेपछि हामी सदस्य बनाउने काममा अगाडि बढ्यौँ । सदस्य बनाउन केही गाह्रो भएन । किनकि हामीले आप्रवासी कामदार तथा उनीहरूका परिवारको विश्वास काम देखाएर जितिसकेका थियौँ । विदेशबाट शव घरसम्म ल्याउन, छात्रवृत्ति दिलाउन, क्षतिपूर्ति लगायत सहयोग दिलाउन हामीले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रद्वारा  निःशुल्क सहयोग गर्दै आएका थियौँ । त्यसैले पनि भन्न सकिन्छ, आप्रवासी बहुउद्देश्यीय सहकारी त्यसैको देन हो ।

सहकारीको पुँजी प्रवाह

हामीले ३० जनाबीच पाँच लाख रकमबाट सहकारी सुरु गरेका थियौँ । सुरुमा परीक्षणको लागि दश हजारको दरले हामीले ऋण दिन थाल्यौँ । जुन रकम ६ महिनाभित्र बुझाइसक्नु पर्ने हुन्छ । अहिले पनि यो क्रम चलिरहेको छ । परिणाम राम्रै देखिएको छ । अहिले सेयर धनी सङ्ख्या पनि बढेर ४ सय ४८ पुगिसकेको छ ।

यी सबै आप्रवासी कामदार तथा उहाँको परिवारका सदस्य नै हुन् । सेयर धनीलाई पनि ९/९ जनाको समूहमा बाँडेका छौँ । विभिन्न वडाअनुसार रकम सङ्कलन गर्नको लागि दिन तोकेको हुन्छ । एक दिन पहिला रकम सङ्कलन गरेर समूहको अध्यक्षकोमा जम्मा हुन्छ र यहाँबाट कर्मचारी गएर त्यो पैसा लिएर आउनुहुन्छ ।

पुँजी पनि बढ्दै गएर अहिले २९ लाख ७५ हजार ७ सय रुपैयाँ पुगिसकेको छ । यो पैसा शेयर बापत ७ लाख ९० हजार र बचत (मासिक/ऐच्छिक)बाट २१ लख ८५ हजार ७ सय भएको छ । यस्तै एक सय ७२ जनाले ऋण लिनुभएको छ ।

जसमध्ये २८ लाख १५ लाख रुपैयाँ ऋण लगानीमा छ । जसमध्ये पनि तीन जनालाई होटल, ७ जनालाई चुरा पसल, १० जनालाई तरकारी पसल र पाँच जनालाई वैदेशिक रोजगारीमा जानको लागि रकम दिएका छौँ । हामीले बढीमा ३० हजार रुपैयाँ ऋण दिन्छौँ त्यो पनि तीन महिनापछि किस्ता तिर्नुपर्ने हुन्छ ।

विदेशमा प्राय धेरैजसो कम्पनीमा काम गरेको तीन महिनापछि मात्र तलब पाउने हुँदा हामीले किस्ता तिर्ने अवधि तीन महिनापछि तोकेका हौँ । यस्तै एक सय १७ जनालाई कृषिमा र ३० जनालाई छोराछोरी पढाउनका लागि भनेर ऋण दिएका छौँ । यसरी अहिले बैङ्क खातामा एक लाख ६० हजार रुपैयाँ मात्रै छ ।

समस्याको समाधान

हामीले मुख्यतया आर्थिक र सामाजिक गरी दुई प्रकारले समस्याको वर्गीकरण गरेका छौँ । घरका छोरा, श्रीमान् विदेश गएको बेला घरमा कलह हुन्छ । सासूले बुहारी तथा बुहारीले सासुलाई कुटेका घटना छन्, त्यस्तो अवस्थामा आत्महत्या सम्म हुने गरेका घटना थिए ।

हामीले यो विषयलाई गहन रूपले हेर्छौँ । त्यस्तो हुन नदिन प्रयासरत छौँ । मनोसामाजिक परामर्शकर्तालाई बोलाएर उहाँहरूका यस्ता समस्या समाधानमा लागेका छौँ । त्यति मात्रै नभएर लाञ्छना लगाउने लगायतका कुराहरू पनि छन् ।

त्यस्तो नहोस् भनेर हामीले सहकारीका प्रक्रियादेखि विदेशबाट पठाएको रकम लिन सजिलो हुने गरी व्यवस्था गरेका छौँ । त्यसका लागि सहकारीले सबै कुरा मोबाइल बैङ्किङबाट गर्न मिल्ने गरी सहज बनाइदिएको छ । यसले गर्दा जनकपुरसम्मै जानुपर्ने, अरूको सहायता माग्नुपर्ने, कसैलाई फोन गर्दा पनि मोबाइल नम्बर लिएर पटक पटक जिस्काइरहने लगायतका समस्याहरू अहिले समाधान भएका छन् ।

पीडित आप्रवासी कामदारका छोराछोरीहरूलाई गुणस्तरीय शिक्षा प्रवाहमा कुनै कमी नहोस् भनेर राम्रा विद्यालयहरूसँग समन्वय गरिरहेका छौँ । उनीहरूलाई त्यहाँ निःशुल्क भर्ना गर्ने देखि शुल्क कम गर्ने लगायतका कामहरु गरेका छौँ ।

यस्तै जसको कोही छैन, उसको लागि पूर्ण छात्रवृत्तिको लागि कागज गराइदिने, पहल गराइदिने गरेका छौँ । शव मगाउनको लागि चाहिने कागजात तयार पारिदिने, क्षतिपूर्तिको लागि सहज वातावरण बनाइदिने गरेका छौँ ।

हामीले पीडित वर्ग र सामी परियोजना तथा सम्बन्धित सरकारी निकायबीच पुलको काम पनि गर्ने गरेका छौँ । यस्तै, वैदेशिक रोजगारीमा जानेहरूका ठगीका समस्याहरू पनि समाधान गर्दै आएका छौँ । एजेण्टलाई सामाजिक स्तरमा सल्लाह गर्ने, नभए कानुनी उपचार खोज्ने गरेका छौँ ।

विदेशबाट फर्किनुभएका तथा स्वदेशमै केही गर्छु भन्ने सोच भएकाहरूलाई पनि हामीले प्रोत्साहन गरिरहेका छौँ । पालिका, विभिन्न योजना जस्तै, समृद्धि÷सामी परियोजनासँग समन्वय गरिरहेका छौँ । कृषि पशुपालन गरेर आत्मनिर्भर बनाउने योजना पनि छ ।

यस्तै हामीले विद्यालय पनि खोल्ने सोचेका छौँ । विद्यालयको नाम नै आप्रवासी विद्यालय हुनेछ, जसमा आप्रवासी कामदारका परिवारका बालबालिकाहरू पढ्नेछन् । त्यही परिवारका योग्य सदस्य नै शिक्षक रहने तथा आवश्यक परेमा बाहिरबाट पनि ल्याउने गरी पाँच कक्षासम्म विद्यालय सञ्चालन गरिनेछ । न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिने हाम्रो योजना हो ।

जनप्रतिनिधिको सहयोग 

हामीले सहयोगको लागि भन्ने काम हो तर गरेन भने उहाँहरूको भरमा परेर बस्दैनौँ । हाम्रो सङ्गठन छ, हामीसँग पनि केही पुँजी छँदै छ । सरकारलाई पनि स्थानीय सञ्चालन ऐन २०७४ परिच्छेद ३ को धारा ११ को उपधारा ६ अन्तर्गतका सेवा पालिकाले प्रदान गरोस् र गरेन भने हामीहरू पनि छोड्दैनौँ । त्यो मुख दर्शक बनेर हामी बस्दैनौँ ।

हामी आफ्नो खुट्टामा उभिएर काम गरिरहेका छौँ । अहिले वित्तीय साक्षरताको तालिम भइरहेको छ । हामीसँग भएको रकम कसरी सही तरिकाले प्रयोग गर्ने, कहाँ व्यवसाय गर्ने, पैसा छैन भने कसरी पैसाको खोजी गर्नेलगायत सम्बन्धी वित्तीय साक्षरता र व्यवसाय ज्ञान सम्बन्धी समृद्धि परियोजनासँग जुन सम्झौता गरेका छौँ, त्यो अहिले सञ्चालन भइरहेको छ ।

वडाहरूले पनि अहिले सहयोग गरिरहेको छ । सिलाई कटाइको तालिम प्रदान गरेको छ । त्यसले एउटा सिलाई कटाइ केन्द्र सञ्चालनमा छ । त्यो पनि हाम्रो लागि एक पूर्वाधार बनेको छ । विद्यालय खोल्दा पनि ड्रेस हाम्रै परिवारले सिउन् र त्यो आम्दानी उहाँहरूले लिउन् भन्ने हाम्रो उद्देश्य हो ।

जीविकोपार्जनलाई सम्पत्ति आर्जनतर्फ लैजाने

यहाँबाट ऋण लिएर आफै आम्दानी गर्न थाल्नुभएको छ । कसैले कृषि तथा कसैले पशुपालन वा अन्य विभिन्न व्यवसायको लागि ऋण लिनुभएको छ । अहिले कमै लगानीमा सञ्चालन हुँदा आम्दानी केही कम भए पनि बिस्तारै त्यो बढ्दै जानेमा हामी ढुक्क छौँ ।

अहिले जीविकोपार्जनमै सीमित भए पनि बिस्तारै त्यसलाई सम्पत्ति आर्जनतर्फ लैजाने हामीहरूको सोच हो । हामीसँग अहिले थोरै पुँजी छ, अहिले व्यवसाय गरिरहेकालाई हामीले एसबीआई बैंकमार्फत जोडिरहेका छौँ । त्यति मात्र होइन सहकारीसँग आबद्ध जति हुनुहुन्छ उहाँहरूको स्वास्थ्यदेखि दैनिक जीवन निर्वाहको जिम्मा भोलिका दिनमा सहकारीले लिने छ । अब सहकारी पसल पनि खुल्दै छ ।

सङ्गठनको महत्त्व

सहकारीले अहिलेसम्म आइपुग्दा जे जस्तो रूप लिएको छ, त्यो सङ्गठनकै कारण हो । हामी गाउँ गाउँ पुगेर सबैलाई एकजुट गराउँदै अघि बढ्यौँ । सबैलाई सम्झायौँ ।

हामीले पठाएको रेमिट्यान्सले देशले यति धेरै प्रगति गर्न सक्छ भने हामी सबै एकजुट हुँदा किन केही गर्न सक्दैनौँ भन्ने सोचेर नै अगाडि बढ्यौँ । यहाँ रिक्सा चालकदेखि कपाल काट्नेहरूका सङ्गठन छन् तर विदेशबाट ३३ प्रतिशत रेमिट्यान्स पठाउनेको सङ्गठन किन छैन भन्ने सोचेर नै हामीले आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन गर्‍यौ र अहिले सङ्गठनकै देन हो यो सहकारी पनि ।

विकास भन्ने कुरा आफैले गर्ने हो, अरूका गफ सुनेर आफ्नो विकास हुँदैन भनेरै हामीले धेरैलाई सम्झायौँ ।

धनुषाका १८ वटा पालिकाका सबै वडामा अहिले यो सहकारीका सदस्य बनाउने प्रक्रिया सुरु भइसकेको छ । त्यसैले विदेशबाट फर्किनुभएका वा फर्किने साथीहरूले यो सहकारीसँग जोडिन सक्नुहुन्छ ।

त्यति मात्र नभएर सर्लाहीका साथीहरू पनि यहाँ आएर यस्तै सङ्गठन सर्लाहीमा बनाउने योजनामा हुनुहुन्छ । हामी ठाउँ ठाउँमा सङ्गठन बनाउन गइरहेका छौँ । प्रदेश स्तरमा पनि छिट्टै सङ्गठन बनाउने छौँ । आप्रवासी श्रमिकका आवाज माथिसम्म पुर्‍याउनको लागि सङ्गठनको निकै आवश्यकता छ । सङ्गठनलाई पछाडिबाट ‘ब्याक अप’ गर्ने हाम्रो सहकारी छ ।

परदेशमा हाम्रा धेरै साथीहरू तीन सय रुपैयाँमा ४५ डिग्रीको घाममा काम गर्नुहुन्छ । पासपोर्ट नवीकरण गर्न जानुपर्‍यो भने दुई दिन काम छाडेर जानुपर्ने, त्यसमा पनि कम्पनीले पैसा काट्ने ।

यस्ता त कति समस्या छन् कति परदेशमा । यस्ता समस्या मैले मेरै आँखाले देखेँ । नेपाल आएर सामी परियोजनाले आप्रवासी श्रमिकका समस्या समाधानको लागि केही गर्न सक्छ भने हामीले पनि आफ्नै तवरमा केही गर्न सक्छौँ नि भन्ने लागेर यो सहकारीको अवधारणालाई अघि सारेका हौँ । -उज्यालो अनलाईन 

(आप्रवासी बहुद्येश्यीय सहकारी, धनुषाका अध्यक्ष दुखरन यादवसँग गरिएको कुराकानीमा आधारित ।)

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!