बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीमा जाने परेनन् कोरोना विरुद्ध खोपको प्राथमिकतामा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २२, २०७८ ०८;५२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने परेनन् कोरोना विरुद्ध खोपको प्राथमिकतामा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – यूएईबाट घर बिदामा आउनुभएका धनु शर्माको कम्पनीले दिएको बिदा सकिएको छ । तर यूएई फर्कन पाउनुभएको छैन । धनु भन्नुहुन्छ,‘विदेश नगई घरको चुलो बल्दैन, तर अब जान पाइन्छ कि पाइँदैन थाहा छैन, सरकारले श्रमिकका लागि खोपको कुनै व्यवस्था गरिदिए हुने थियो ।’

यूएईबाट ४५ दिनको बिदामा घर आउनुभएका रामेछापका कुमार बुढाथोकी साढे दुई महिना बितिसक्दा पनि काममा पुनः फर्किन पाउनुभएको छैन । उहाँ नेपाल आएको हप्ता दश दिनमै  नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्‍यो । निषेधाज्ञा पनि सुरु भयो । लामो समयपछि घर फर्किनुभएका कुमारले घुम्ने, साथीभाइसँग भेटघाट गर्ने विभिन्न योजना बुन्नुभएको थिए ।

तर देशभरि जारी निषेधाज्ञाले केही गर्न दिएन । अहिले फर्किने समय भयो तर उडान बन्द हुँदा उहाँ नेपालमै अड्किनुभएको छ । फ्लाइट खुले लगत्तै जान पाइन्छ कि भनेर उहाँ रामेछापबाट काठमाण्डौमा आएर बसिरहनुभएको छ । अहिले त उडान पनि खुल्यो तर समस्या खोपको छ ।

उहाँ भन्नुहुन्छ, ‘कति ठाउँमा बुझियो तर विदेश जानेका लागि खोप छैन भन्छन्, उताबाट कम्पनीले खोप नलगाई नआउनु भनेको छ, अब भएको जागिर नै जाने भयो ।’

यूएईबाटै बिदामा आउनुभएका कैलाली टीकापुरका देवेन्द्र परियारको समस्या पनि उस्तै छ । एक महिनाको छुट्टीमा आउनुभएका देवेन्द्र तीन महिना भयो फर्कन पाउनुभएको छैन । कम्पनीले जतिसक्दो छिटो आउन भनिरहेको छ । भनेर मात्र कहाँ भयो र यूएई जान खोप अनिवार्य सर्त छ । त्यसमाथि यूएईले नेपालसँगको व्यवसायीक हवाई उडानमा समेत प्रतिबन्ध लगाएको छ ।

श्रम गन्तव्य देशको पहिलो सर्त खोप 

नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य देशहरूले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको छन् । नेपालमा कोरोनाको दोस्रो लहर फैलिए पछि श्रम गन्तव्य देशहरू यूएई, मलेसिया, कुवेतले त नेपालबाट नयाँ कामदार लिन बन्द गरेका छन् ।

कुवेतले खोप लगाएका कामदार विस्तारै लिने भनेको छ भने साउदी, कतार, बहराइन र ओमानले भने क्वरेण्टीनमा बने सर्तमा श्रमिक लिइरहेका छन् ।

यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने भनेको छ । तर अहिले त यूएईले नेपाललाई प्रतिबन्ध नै लगाएको छ । यूएईले लगाएको प्रतिबन्धका कारण जहाज नेपालबाट रित्तै युएई जानु पर्ने अवस्था छ ।

कुवेतमा पछिल्लो समय जनजीवन केही सामान्य बन्दै गएको छ । कोरोनाको भ्याक्सिन लगाएकाहरुको लागि सिनेमा मल लगायत रेस्टुरेन्टमा प्रवेश गर्न दिएको छ । सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य प्रयोग गर्न सरकारको निर्देशन छ ।

कुवेतले मे १३ देखि नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाएको छ । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।

कुवेतले फेब्रुअरीदेखि नै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । तर पछिल्लो समय, कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ ।

कुवेतले फाइजर, बायोएनटेक, मोर्डना, जोन्सन एण्ड जोन्सन र अक्ट्राजेनेका गरि पाँच कम्पनीका खोपलाई अनुमति दिएको छ ।  कुवेत जाने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनु पर्नेछ । साथै कुवेत पुगेपछि सात दिन क्वरेण्टीनमा अनिवार्य बस्न पर्नेछ ।

कतारले भने खोप नलगाएका श्रमिकलाई पनि प्रवेश अनुमति दिएको छ । तर कतार पुगेपछि १० दिन क्वरेण्टीनमा बस्नुपर्छ ।

ओमान र बहराइनले पनि अहिले नयाँ भिसा जारी गरेका छैनन् । ओमानको आवासीय भिसा भएका श्रमिकहरू  ७ दिन क्वरेण्टीनमा बस्ने गरी जान पाउँछन् ।

वैदेशिक रोजगारीमा जाने परेनन् सरकारको प्राथमिकतामा

सरकारले जुलाई महिनाभरमा चीनबाट तीन चरणमा कोभिड–१९ विरुद्धको खोप ल्याउने बताएको छ ।  तर वैदेशिक रोजगारीमा जानेहरूलाई भने सरकारले अहिले पनि प्राथमिकतामा राखेको छैन । चीनबाट ल्याउन लागिएको भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकाले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ ।

वैदेशिक रोजगारी जानेहरूले  आफूहरूलाई खोप उपलब्ध गराउन माग गर्दै आएको भए पनि अहिले उनीहरूको बारेमा कुनै निर्णय नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अवस्था सामान्य हुन्थ्यो भने रोजगारीको खोजीमा दैनिक सरदर एक हजार मानिस विदेश उड्थेँ । तर कोरोना महामारीले वैदेशिक रोजगारलाई थला परेको छ । गएको वर्ष गन्तव्य देशहरू नै कोरोनाबाट नराम्रोसित प्रभावित भए ।

कति नेपाली श्रमिकले रोजगारी गुमाए । खोप आएपछि खाडीको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै छ । तर वैदेशिक रोजगार व्यवसायीले दोस्रो लहर सुरु हुनुअघि ल्याएका मागमा पनि कामदार पठाउन सकेका छैनन् । कोरोना सङ्क्रमण रोकथामका लागि गन्तव्य देशले थपेका कडा मापदण्ड र नेपालको निम्छरोपनले बैदेशिक रोजगारलाई झन् जटिल पारेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष कमल तामाङ बताउनुहुन्छ ।

‘सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप उपलब्ध नगराए, धेरैको रोजगारी गुम्ने खतरा भएको छ, अहिले गन्तव्य देशले खोपलाई अनिवार्य गर्दै लगेका छन्,‘उहाँ भन्नुहुन्छ,‘तर नेपाल सरकारले अहिले पनि उमेर समूहलाई नै प्राथमिकतामा राखेको छ, यो दुर्भाग्यपूर्ण कुरा हो ।’

वैदेशिक रोजगारीमा जान्छु भन्ने सबैलाई खोप उपलब्ध गराउन नसके पनि श्रम स्वीकृति लिइसकेका श्रमिकलाई भने खोप उपलब्ध गराउनु पर्ने वैदेशिक रोजगार व्यवसायीको माग छ ।-उज्यालो अनलाईन 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!