काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रहेको वैदेशिक रोजगार फोरमले वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या समाधानका लागी विभिन्न निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राम चन्द्र संघाइको प्रमुख आतिथ्यतामा सम्पन्न फोरमको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले वैदेशिक रोजगारमा जाने कामदारलाई तत्काल खोपको व्यवस्था गर्न सरकारसँग पहल गर्ने, व्यवसायीहरुको नगद धरौटी रकम पचास लाख २ वर्षका लागि सापटी दिन सरकारलाई अनुरोध गर्ने, कतार भिसा सेन्टरको सेवा प्रवाह पारदर्शी र सहज हुनुपर्ने, सेवा शुल्क परिमार्जन गर्न सरकारलाई दबाब दिने गरेको फोरमका सह–सभापति प्रज्ञान न्यौपानेले मध्यान्हलाई बताए ।
बैठकमा सल्लाहाकार रोहन गुरुङ, किरण किशोर घिमिरे, सुजित कुमार श्रेष्ठ, सदस्यहरु सञ्जय देबकोटा, थिरमणी पौडेल, सुवर्ण श्रेष्ठ, मोहम्मद जुनैद, विनायक पोखरेल, कमल काफ्ले, सुनिता कर्माचार्य, फोरमका निर्देशक तथा बिज्ञ हंसराम पाण्डेलगायत सहभागी रहेका थिए ।-मध्यान्ह
प्रतिक्रिया लेख्नुहोस्:-