दोहा कतार : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । अध्यक्षका उम्मेदवार चूडामणि कार्कीले उम्मेदवारी फिर्ता लिएपछि मुसलमान निर्विरोध निर्वाचित भएका हुन् ।
मुक्तदाको समूहलाई जनप्रगतिशील मञ्च कतार, जनसम्पर्क समिति कतार, प्रवासी नेपाली मञ्च ‘नेपाल’ समूह कतार, नेपाली समाज कतार, विवेकशील साझा कतार, जनजाती महासंघ कतार, अन्तर्राष्ट्रिय मुस्लिम समाज लगायत कतारको समर्थन रहेको थियो भने कार्कीको समूहलाई नेकपा एमाले (ओली निकट) को प्रवासी नेपाली मञ्च लगायतको समर्थन रहेको थियो ।
अध्यक्ष मुक्तदाले कोभिड–१९ को कारण आफ्नो धेरै काम अधुरो रहेको र त्यो पूरा गर्न निरन्तरता चाहेको बताएका छन् । निर्वाचन समितिका अनुसार सह–कोषाध्यक्षमा र दशौँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागी निर्वाचन हुनेछ । सह–कोषाध्यक्षका लागि मीनराज वाग्ले, झबिन्द्र आचार्य र बालकृष्ण न्यौपाने चुनावी मैदानमा छन् । कतारबाट आइसीसी सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टक बहादुर खड्का (कुमार), अर्षद हुसेन मुसलमान, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी (कुमार) र तेज कटुवाल निर्विरोध चुनिएका छन् ।
मुसलमान अध्यक्षको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा जैवी राई, द्वितीय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिवमा पदम गिरी र सचिव रबिन थापा मगर र दिपजंग शाह निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा विनोद प्रसाद बसौला, महिला संयोजकमा नानु घले ब्लोन, युवा संयोजकमा डेक बहादुर भारती (सुमन) र सदस्यहरूमा क्रमशः तारानाथ बास्तोला (पवन), सेवक बि.क, खड्क बहादुर पा फागो, नारायण प्रसाद ढुंगाना, मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष), विष्णु बहादुर खड्का, सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कटवाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, मोहम्मद मेराजुद्दीन, रामबाबु यादव र अगन्धर देवकोटा रहेका छन् ।
एनसीसी लेखा समिति संयोजकमा सन्तोष रेग्मी, सदस्यहरूमा टिकाराम गौतम (अमित) र गणेश भट्ट निर्विरोध निर्वाचित भइसकेका छन् । संघ कतारको जुलाई ९ मा निर्वाचन तथा १६ जुलाई २०२१ मा नवौँ महाधिवेशन सम्पन्न हुँदैछ ।-मध्यान्ह
प्रतिक्रिया लेख्नुहोस्:-