बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘खोप नपाउँदा नेपाली श्रमिकको विदेशको रोजगारी गुम्ने जोखिम’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २५, २०७८ ०६;५२ बिहान प्रकाशित
‘खोप नपाउँदा नेपाली श्रमिकको विदेशको रोजगारी गुम्ने जोखिम’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कमल तामाङ, कार्यवाहक अध्यक्ष / नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ ।

कोरोना महामारीले सबै क्षेत्रमा प्रभाव पारेको छ । त्यसमा पनि विशेषगरी नेपाली श्रमिक जसको घर परिवार वैदेशिक रोजगारीबाट चल्छ उनीहरु अझ बढी मर्कामा परेका छन् । कोरोनाको दोस्रो लहरले त अझ नेपालमा ठुलो धनजनको क्षति भएको छ ।

विभिन्न देशले नेपालमा फैलिएको कोरोना महामारीको कारण नेपाली श्रमिक लिइरहेका छैनन् । नेपाली श्रमिकको रोजगारी नै खुम्चँदै गएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा उथलपुथल भएको अवस्था छ । गन्तव्य देशहरूले पनि खोप अनिवार्य गर्न थालेका छन् । अहिले बिदामा आएका श्रमिकहरू समेत फर्कन नपाएको अवस्था छ ।

न त नयाँ श्रमिकहरू नै जान सक्ने अवस्था भयो । अहिले सङ्क्रमण दर कम हुँदै जाँदा सरकारले पनि उडान खुलाउँदै लगेको अवस्था छ । तर समस्या कोरोना विरुद्धको खोप भएको छ ।

कुवेत, यूएईजस्ता देशले कोरोनाको खोप अनिवार्य गरेका छन् । उनीहरूले खोप नलगाएका कामदार लिन छाडेको अवस्था छ भने अन्य केही देशले पनि त्यस्तै नीति लिने देखिन्छ । तर अहिलेको अवस्थामा क्वरेण्टीनमा बस्ने गरी बिदामा आएकाहरूलाई साउदी, कतार र ओमानजस्ता देशले नेपाली श्रमिकलाई बोलाएको अवस्था छ । मलेसियामा त कति भयो श्रमिक पठाउन सकेको अवस्था छैन । त्यहाँ अहिले पनि सङ्क्रमण दर बढिरहेको अवस्था छ ।

अहिले धेरै जना कोरोना विरुद्धको खोपकै कारण अड्किएको अवस्था छ । नयाँ पठाउनेलाई त परको कुरा जो पहिले नै विदेशमा रोजगारी गरिरहनुभएको छ । बिदामा आउनुभएको थियो र अबको केही समयमा गन्तव्यमा नपुग्दा रोजगारी गुम्ने खतरा छ उहाँहरूको पनि खोपकै कारण रोजगारी गुम्ने खतरा बढेको छ । गन्तव्य देशले खोप नलगाई नआइज भनेको छ । यता नेपालमा वैदेशिक रोजगारीमा जानेहरू खोपको प्राथमिकतामै परेको अवस्था छैन । अनि अवस्था के होला त श्रमिकहरूको ।

विदेशको रोजगारी होस् न त भनेर माया मार्न सकिने अवस्था पनि छैन । किनभने कतिपयको वर्षौंदेखिको उपदानहरू बाँकी रहेको अवस्था छ । खोप लगाउन नपाएकै कारण अझ भनौँ सरकारकै कारण त ती कुराहरू त्याग्ने भन्ने कुरा त आउँदैन ।

दोस्रो लहरले झन् प्रभाव पार्‍यो

कोरोनाको पहिलो लहरमा धेरै त गन्तव्य देशमा नै प्रभाव रहेको थियो । तर केही महिनापछि बिस्तारै  कामका मागहरू आउन थालेको थियो । जहाजहरू सहज रूपमा खुलेपछि व्यवसायीहरूले विभिन्न देशहरूमा गएर कामको मागहरू ल्याउनुभएको अवस्था थियो । त्यसपछि केही नयाँ भिसाहरू पनि जारी भएका थिए ।

श्रमिकहरू यूएई, कतार, साउदीजस्ता देशमा जानु पनि भएको हो । त्यो बेला सजिलो के थियो भने कोरोना विरुद्धको खोप अनिवार्य थिएन । पीसीआर परीक्षण गरेर जान पाउने अवस्था थियो । उता गएपछि क्वरेण्टीनमा बस्दा भइहाल्थ्यो ।

तर जब यो दोस्रो लहर फैलियो त्यसपछि भने गन्तव्य देशहरूले कोरोनाको खोप अनिवार्य गर्दै लान थाले । जुन कुरा हाम्रो लागि ठुलो चुनौती भयो । किनभने अहिले त सरकारले खोप दिनै सकेको छैन । त्यसपछि यो यो खोप लगाएकालाई मात्र प्रवेश भनेर निश्चित खोपलाई मात्र मान्यता  दिएको छ ।

यस अवस्थामा हाम्रा गन्तव्य देशले तोकेका खोपहरू कहिले नेपाल ल्याउने र श्रमिकहरूलाई लगाएर पठाउने यो त ठुलो चुनौतीको कुरा छ । हामीले श्रमिकका समस्या यस्ता छन्, खोप अनिवार्य गरिएको छ भनेर सरोकारवाला निकायलाई जानकारी पनि गराएका छौँ ।

यो त श्रमिक यूएई, कतार अथवा कुनै पनि देशमा जान सकेन भने यो त श्रमिक जान नसकेको या वैदेशिक रोजगार व्यवसायीले पठाउन नसकेको भन्ने मात्र होइन नि । यो त सरकारसँग पनि जोडिएको कुरा हो नि ।

नेपालले श्रमिकलाई कोरोनाको भ्याक्सिन लगाएर पठाउन सकेन भनेर गन्तव्य देशले त नेपाल सरकारमाथि पनि त प्रश्न गर्ने अवस्था छ नि ।  त्यस कारण यो अहिले खोपका कारण सृजना भएको समस्या समाधानका लागि श्रमिक वा व्यवसायीसँगै सरकार अझ बढी जिम्मेवार हुन आवश्यक छ ।

हो यो अप्ठेरो परिस्थितिमा को वैदेशिक रोजगारीमा जाने हुन्, उनीहरूको पहिचान गर्ने कुरा चुनौतीपूर्ण होला । तर वैदेशिक रोजगारीमा जान खोज्ने सबैलाई नसके पनि सरकारले जो अन्तिम स्वीकृति सरकारसँगै लिएर विदेश उड्न ठिक्क परेका छन् उनीहरूलाई खोप लगाउन सक्छ नि ।

यो सङ्ख्या त्यति ठुलो पनि त हुँदैन । जान खोज्ने लाखौँको सङ्ख्यामा होलान् तर जान तयार भएकाहरू त निश्चित सङ्ख्या हुन्छ र उनीहरूलाई रोजगारीका लागि जान स्वीकृति पनि सरकारले नै दिने हुँदा उनीहरूलाई सरकारले खोपको व्यवस्था गर्न पर्छ ।

म कोरोनाको खोप लगाएर सुरक्षित भएर रोजगारीका लागि जान्छु सरकार पैसा लिएर भए पनि खोप लगाइदेऊ भनेर माग गर्नु त श्रमिकको अधिकारको कुरा हो नि ।

खोप पनि दिन नसक्ने अनि चुपचाप बस्ने त मिल्दैन नि । यदि खोप उपलब्ध गराउन सक्ने अवस्था छैन भने श्रमिकका गन्तव्य देशसँग एउटा सम्झौता अथवा अनुरोध त गर्न सक्छ नि । हो अहिले खोप पर्याप्त छैन ।

यो कुरा विश्वले बुझेको छ भने हाम्रो श्रमिक लैजाने देशले नबुझ्ने भन्ने पनि छ कुरा हुँदैन । तर केही पनि नगरेर उमेर समूह अनुसार खोप लगाउँदै लैजाने हो भने त हाम्रा दाजुभाइ दिदीबहिनी जसको केही दिनमा केही समयमा गन्तव्यमा नपुगे रोजगारी जोखिममा पर्छ उनीहरूले के गर्ने त ?

गन्तव्य देश नेपाली कामदार चाहन्छन्

खाडीका देश, मलेसिया, कोरिया, जापान हुँदै पछिल्लो समय युरोपेली देशहरू पनि नेपाली कामदार चाहन्छन् । नेपाली कामदारको माग बढ्दो छ । नेपाली कामदारहरू राम्रो काम गर्छन् । मेहनत कडा गर्छन् ।

त्यसले पनि सबै देशले नेपाली कामदारलाई मन पराउँछन् । साउदी, कतार, यूएईमा अहिले पनि नेपाली कामदारको माग छ नभएको हैन । तर यो महामारीको बेलामा हाम्रा श्रमिकको व्यवस्थापन कसरी गरियो भन्ने कुरा हो । यो बेलामा श्रमिकलाई सुरक्षित हिसाबले गन्तव्यमा पुर्‍याउने जिम्मेवारी त सरकार र व्यवसायीको हो ।

तर अहिले त खोपकै कारण श्रमिक जान नपाउनु भनेको लाजमर्दो अवस्था भएको छ । यो फेरि यो ठुलो समस्या पनि होइन तर सरकारले यसलाई नबुझिदिँदा श्रमिकहरूले आफ्नो रोजीरोटी गुमाउनु पर्ने अवस्था आएको हो । –उज्यालो अनलाईन

(नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष तामाङसँग गरिएको कुराकानीमा आधारित ।)

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!