काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई सकेसम्म छिटो कोरोनाविरुद्धको खोप लगाइदिन सरकारसँग माग गर्दै आएका छन् । तर त्यसबारेमा आइतबारसम्म कुनै निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय श्रोतले बतायो ।
सबैलाई खोप उपलब्ध गराउन नसके पनि श्रम स्वीकृति लिइसकेकाहरुलाई भने खोप उपलब्ध गराउनुपर्ने वैदेशिक रोजगार व्यवसायीहरुको माग छ । व्यवसायीहरुले अमेरिकाबाट आएको खोपमध्ये तीन लाख डोज वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि छुट्याउनु पर्ने माग गरेका छन् ।
जोन्सन एण्ड जोन्सन कम्पनीको अमेरिकी खोप एक डोजमात्र लगाए पुग्ने र अन्तिम श्रम स्वीकृति लिएका कामदारका दोश्रो डोज लगाउन लामो समय कुर्न नसक्ने भएकोले उक्त खोप उपयुक्त हुने व्यवसायीहरुको भनाइ छ ।-मध्यान्ह












प्रतिक्रिया लेख्नुहोस्:-