बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रमिकलाई भेरोसेल : टाउको दुखेको औषधि नाइटोमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २९, २०७८ १२;२३ मध्यान्ह प्रकाशित
श्रमिकलाई भेरोसेल  :  टाउको दुखेको औषधि नाइटोमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

शरणार्थीलाई एक डोज लगाउँदा पुग्ने जोन्सन एण्ड जोनसनको र विदेशमा काम गर्ने नेपालीलाई चार हप्ताको अन्तरमा लगाउनुपर्ने भेरोसेल खोप दिने सरकारी निर्णयको व्यापक आलोचना हुन थालेको छ ।

सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप लगाउने र शरणार्थीका लागि जोन्सनको खोप दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयले हजारौँ नेपाली विदेशको रोजगारी गुमाउने अवस्थामा पुगेका छन् ।

यसरी श्रमिक अप्ठेरोमा पर्ने दुई कारण छन् । पहिलो, नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका कतार, कुवेत, साउदी जस्ता देशले भेरोसेललाई मान्यता दिएका छैनन् । त्यहाँ मोडेर्ना, अष्ट्राजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सनले मात्र मान्यता पाएका छन् ।

दोस्रो, भेरोसेल खोपको दुई मात्रा लगाउन श्रमिकले कम्तीमा २१ दिनदेखि एक महिनासम्म कुर्नुपर्छ र खोप कुर्दा रोजगारी गुम्ने खतरा छ । जोन्सन एण्ड जोन्सनको खोप एक डोजको हो र यो खोप लगाएपछि श्रमिक तुरुन्तै काम गर्ने देशमा जान पाउँछन् ।

विज्ञ भन्छन्  गरिब श्रमिकको आवाज सरकारले सुनेन

वैदेशिक रोजगारीमा तत्कालै जानुपर्ने श्रमिकलाई भेरोसेल खोप पाउनेको सूचीमा राख्नु भनेको गरिब श्रमिकलाई सिंहदरबारले गरेको उपेक्षा हो भन्नुहुन्छ श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङ ।

‘वैदेशिक रोजगारीमा तत्काल पुग्नु पर्ने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप नदिएर दुई मात्रा लगाउनु पर्ने खोप दिन्छु भन्नु र त्यो पनि गन्तव्य देशले मान्यता नदिएको खोप लगाउनु उनीहरूमाथिको भद्दा मजाक हो, त्यसको कुनै अर्थ छैन’ डा. गुरुङले भन्नुभयो ।

खोपको राजनीतिमा नेपालका धनी र हुने खाने मात्र परेको र रोजगारीका लागि विदेश जाने दूर दराजका युवाहरूको समस्या सरकारको आँखाले नदेखेका कारण श्रमिकहरूले रोजगारी गुमाउने जोखिम बढेको उहाँले बताउनुभयो ।

यस्तै नेपाल ट्रेड युनियन महासङ्घ(जिफन्ट)का उपाध्यक्ष जितेन्द्र श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरकारले खोपको प्राथमिकतामा राख्नु सुखद भए पनि भेरोसेल खोप दिने सरकारको निर्णयले वैदेशिक रोजगारीमा जानुपर्ने श्रमिकहरूको समस्या सम्बोधन नगर्ने बताउनुभयो ।

‘कतिपय गन्तव्य देशहरूले भेरोसेल खोपलाई मान्यता नदिएको र दुवै डोज लगाउन समय कुर्नुपर्ने हुँदा श्रमिकलाई ढिला हुनसक्छ, सरकारले जोन्सन एण्ड जोन्सन खोप दिनु पर्ने हो,’ उहाँले भन्नुभयो ‘हामी पुनः स्वास्थ्य सचिवसँग कुरा गर्छौँ ।’

धेरै गन्तव्य देशमा भेरोसेल अमान्य छ

साउदीले आफूले मान्यता दिएको बाहेक अरू खोपलाई स्वीकार नगरेको साउदीस्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिनुभयो । साउदीले अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, बायोएनटेक र जोनसन एण्ड जोनसनको खोपलाई मात्र मान्यता दिएको छ ।

सूचना अधिकारी आचार्यका अनुसार साउदी जानुअघि नै श्रमिकहरूले अनलाइनमार्फत आफूले खोप लगाए नलगाएको जानकारी दिन अनलाइन फारम भर्नुपर्छ । त्यो अनलाइन फारममा साउदीले मान्यता दिएको बाहेक अन्य खोप लगाएको विवरण भर्न मिल्दैन । साउदीले भेरोसेल खोपलाई मान्यता दिएको छैन ।

‘साउदीले अहिले चार ओटा खोपलाई मात्र मान्यता दिएको छ, यी चारभन्दा बाहेक अरू खोप लगाएको भए यहाँ आएपछि क्वरेण्टीन अनिवार्य छ’ सूचना अधिकारी आचार्यले भन्नुभयो ।

कतारले पनि फाइजर, मोर्डना, अस्फोर्ड अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोपलाई मात्र मान्यता दिएको छ । कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजका अनुसार भेरोसेल खोप लगाएर गए पनि श्रमिकहरूले कतार पुगेपछि १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेखाइनिस क्वरेण्टीनमा बस्न पर्नेछ ।

‘मान्यता दिएको बाहेक अन्य खोप लगाएर आएको मानिसका लागि पनि कतारमा क्वरेण्टीनको व्यवस्था अनिवार्य छ,’ राजदूत डा. भारद्वाजले भन्नुभयो ‘नेपालबाट भेरोसेल लगाएर आए पनि कतारको नियम अनुसार क्वरेण्टीन अनिवार्य छ ।’

कुवेतले अनुमति दिएको चार वटा खोपमा पनि भेरोसेल पर्दैन । अगस्ट १ देखि कुवेतमा पनि फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेकाका पूरा डोज लगाएका विदेशी नागरिकले मात्र प्रवेश अनुमति पाउनेछन् ।

अर्को मुख्य श्रम गन्तव्य देश यूएईले अहिले नेपाली श्रमिकका लागि प्रतिबन्ध फुकुवा गरेको छैन । अब फुकुवा गर्दा कस्तो मापदण्डहरू बनाउँछ भन्ने निश्चित नभएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो ।

छानी छानी खोप पाइँदैन : स्वास्थ्य मन्त्रालय

तर, स्वास्थ्य मन्त्रालय विदेशमा काम गर्ने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेर ठुलो उपकार गरेको भ्रममा देखिन्छ । वैदेशिक रोजगारीमा जानेलाई खोपको प्राथमिकतामा राख्नु नै ठुलो कुरा ठान्नुहुन्छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम ।

‘अहिले अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन सीमित मात्रामा उपलब्ध भएकाले प्राथमिकतामा उहाँहरूलाई नराखिएको हो,’ डा. गौतमले भन्नुभयो, ‘छानी छानी खोप पाइँदैन, अहिले जे उपलब्ध छ त्यही लगाउने हो ।’

जोन्सन एण्ड जोन्सन खोपको प्राथमिकतामा किन वैदेशिक रोजगारीमा जानेहरूलाई राखिएन भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘अहिले उहाँहरूलाई प्राथमिकतामा राखेका छौँ, त्यही ठुलो कुरा हो, जोन्सन एण्ड जोन्सन खोप नआएको भए के गर्ने त ? वैदेशिक रोजगारीमा जानेहरु मात्र प्राथमिकतामा पर्ने भन्ने पनि त हुँदैन ।’

श्रम गन्तव्य देशले मान्यता दिएको जोन्सन एण्ड जोन्सन खोप पाउनु पर्ने श्रमिकले पाएका छैनन्, तर नेपालमा रहेका शरणार्थी त्यो खोप पाउने प्राथमिकतामा परेका छन् ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई खोपको प्राथमिकतामा राख्नु सुखद भए पनि प्राथमिकता चयन खोटपूर्ण भएको श्रमिकहरूको गुनासो छ । गन्तव्य देशबाट बिदामा आएका र तत्कालै फर्कंन पर्नेहरू सरकारको यो निर्णयपछि हतास र निराश देखिन्छन् ।

भेरोसेल खोपको प्राथमिकतामा ५५ वर्षभन्दा माथि उमेर समूहका, विश्व विद्यालयका शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीहरू र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरू छन् ।

जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त क र ख वर्षका व्यक्तिहरू, नेपालमा बसिरहेका शरणार्थीहरू र स्वास्थ्य तथा सफाइकर्मीहरूलाई दिने सरकारको प्राथमिकता छ ।-उज्यालो अनलाईन 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!