बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘कोरोनाले रोक्यो कतारको बाटो, गाउँमै गाई पालेँ विदेश जानु साटो’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार ३०, २०७८ १३;३० मध्यान्ह प्रकाशित
‘कोरोनाले रोक्यो कतारको बाटो, गाउँमै गाई पालेँ विदेश जानु साटो’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

श्रमलाई सम्मान गर्नुपर्छ, गाउँमै फुल्छ र फल्छ जिन्दगी

इलाम – पढ्ने रहर त्यागेर परदेशीनु पर्ने बाध्यतामा पर्नुभयो इलाम नगरपालिका ३ पुवामझुवाका गिमान सुनुवार ।

उमेर १९ मा लाग्दै थियो । लक्ष्य शिक्षक बन्ने थियो । तर मनको रहर र सपना मनमनै मारेर उहाँ रोजगारीका लागि कतार जानुभयो । झण्डै १२ वर्ष कतारमै बित्यो । सानै उमेरमा परदेशीनु पर्दा उहाँको पढ्ने रहर त पुरा भएन । तर कमाएर पूरा गर्न साँचेका सपना भने पुरा गर्नुभयो उहाँले ।

विश्वमा कोरोना महामारी नफैलिएको भए यो सपना पनि अधुरै हुँदो हो । महामारीको कारण भएको लकडाउनले गिमानलाई घरैमा राख्यो । महामारीले परदेशको यात्रा रोक्दा  देशमै आफ्नो कामको मालिक बनाइदियो ।

२०६२ मा कतार उड्नु भएका उहाँ बेला मौकामा बिदा मिलाएर नेपाल आउजाउ गरिरहनुहुन्थ्यो । तर गएको वर्ष भने उहाँ कोरोनाको कारण उडान बन्द हुँदा फर्कन पाउनुभएन ।

महामारीले विदेशको यात्रा रोकिएपछि गिमानले देशमै केही गर्ने सोच बनाउनुभयो । सुरुमा जर्सी जातका दुई वटा गाई किन्नुभयो । लगानी एक लाख ६० हजार रुपैयाँ लाग्यो ।

गोठ व्यवस्थापनसहित कुल लगानी आठ लाख रुपैयाँ खर्च गर्नुभयो उहाँले । जसमा दुई लाख रुपैयाँ ऋण पर्‍यो । सुरुवातमा भने उहाँलाई केही धक्का लाग्यो । किनेको गाईले पहाडी भू–भागको चिसो सहन सकेन । त्यसलाई विस्थापित गर्दै  नस्ल सुधार गरिएका गाई किन्नुभयो ।

अहिले फाममा तीन वटा गाई लैना छन् । तीन वटा भने कोरली छन्  । गिमानले २०७६ मा ‘समर्पित गाई फाम’ को नाममा फाम दर्ता गर्नुभयो । भएका यिनै गाईबाट नस्ल सुधारका गाई वृद्धि गर्ने र गोठ विस्तार गर्ने कार्यमा अहिले उहाँ मेहनत गरिरहनुभएको छ ।

श्रमलाई सम्मान गर्नुपर्छ, गाउँमै फुल्छ र फल्छ जिन्दगी 

गिमानले कतारमा बिल्डिङ कन्स्ट्रक्सनमा पेन्टिङ हुँदै अपरेटरको काम पनि गर्नुभयो । नेपाल फर्केर आउने बेलासम्ममा उहाँको मासिक तलब ७० हजार हुन्थ्यो । विदेश बसाइँले उहाँलाई समय चिन्न, आफ्नो र अर्का चिन्न, कामदार र मालिक बन्दाको फरक, मातृभूमिको माया के कति हुन्छ भन्ने कुरा सिकायो ।

१८ घण्टा काममा खटिनु पर्थ्यो । निरन्तर काम गरिरहँदा आफूमाथि श्रम शोषण भइरहे झैँ लाग्थ्यो उहाँलाई । नेपालमै यत्ति खटे त यो भन्दा धेरै कमाउन सकिन्छ कि भन्ने भान पनि हुन्थ्यो बेलाबेलामा । त्यो बेलामा गर्ने अनुभवलाई अहिले सही साबित गर्न पाउँदा निकै खुसी हुनुहुन्छ उहाँ ।

गिमानलाई लाग्छ, विदेशमा झैँ समय व्यवस्थापन गर्ने, श्रमलाई सम्मान गर्ने हो भने, नेपालमै कत्ति हो कत्ति सम्भावना छ ।

उहाँ भन्नुहुन्छ, ‘पहिले लाग्दैन थियो यस्तो, अहिलेको मेहनत पछि भने नेपालमै अधिक सम्भावना भेटेँ र गर्दै पनि छु,’ ‘श्रमलाई सम्मान गर्नु पर्दो रैछ, गाउँमै फुल्ने र फल्ने रैछ।’

गिमानले गाई पालन सुरु गरेपछि ५६ लिटरसम्म दूध विक्री गर्नुभयो । दूध बिक्रीबाट मात्रै महिनाको ८० हजार कमाई हुन्थ्यो । लकडाउनमा पनि महिनामा ४० हजार त निरन्तर कमाई भई नै रह्यो । ‘नेपालमा कमाई त हुन्छ तर बचत भने सोचे जस्तो गरी गर्नै सकिन्न,’ उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ ।

कोरोना महामारीले सबै क्षेत्र ठप्प भए । कत्तिको रोजीरोटी गुम्यो । कत्ति जना आर्थिक समस्याका कारण डिप्रेसन (मानसिक रोगी) मा परे । आफ्नै बारी । आफ्नै काम र मेहनत हुनु । यस्ता समस्यामा नपर्नु र कोरोना महामारीको सिकार नबन्नु नै गाउँ बसाइँको राम्रो पक्ष हुन् भन्नुहुन्छ उहाँ ।

गाउँमा काम गर्छ भन्दा साहुले पत्याउन्नन्

विदेश जान्छु भन्दा साहुहरू ऋण लिन अघिपछि लाग्छन् । तर देशमै केही गर्छु भनेर ऋण माग्दा सारेको पाइला पनि पछि सार्छन् साहुले । गिमानलाई लाग्छ, ऋण दिने साहुले विभेद नगरे देशमा केही गर्ने  बढ्छन् ।

‘गाई पाल्छु भनेर ऋण माग्यो भने साहुले पत्याउँदैनन् तर विदेश जान्छु भन्यो भने ऋण दिन साहु तम्सिन्छन्, गिमान भन्नुहुन्छ,’ समस्या हाम्रो यही सोचमा छ, यसले नै युवालाई बिदेसिन प्रेरित गरिरहेको छ ।’

विदेशमा २५ हजार कमाउनु र गाउँमा आफ्नै घरको भात खाएर १८ हजार कमाउनु भनेको गाउँको कमाइले जित्नु हो । परिवार साथमा हुन्छ, आफ्नो देश र समाज आफ्नो साथमा हुन्छ ।

गिमानलाई पनि लाग्छ – ‘अहिले गर्ने मेहनत आजभन्दा पाँच वर्षअघि मात्रै थालेको भए, अहिले अरूलाई रोजगारी दिन सक्ने थिएँ ।’

उहाँ भन्नुहुन्छ, ‘विदेशको मेहनत र समय नेपालमै गरेको भए, म पनि यो समयसम्ममा धेरैलाई रोजगारी दिन सक्ने भइसकेको हुने थिएँ होला ।’ गिमानलाई व्यवसाय थाल्न ढिला गरेँ कि भनेर बेला बेलामा मन पोल्छ ।

गाउँको मेहनतले आनन्द दिन्छ 

गिमानले गाई फाम सञ्चालन गर्न थालेपछि पाखो बारी हराभरा भएका छन् । सुरुमा मिश्रित कृषि प्रणाली अँगाल्नु भएका उहाँले फाम सञ्चालन पछि अन्य बाली लगाउन छोड्नु भएको छ । घाँसलाई प्राथमिकता दिँदै खेतीयोग्य जमिनमासमेत विभिन्न जातका घाँस रोप्नु भएको छ ।

आलु, कोपी, मकै रोपिने उहाँको बारीमा अहिले जै घाँस, मकै घाँस, डुस, नेबरा, गगुन, दुधिलो, बर, सुपरनेपियर, गहुँ, जौ, मटर घाँस लगायत छन् । गएको वर्ष उहाँले एक लाख ३० हजार रुपैयाँको मात्रै घाँस किन्नुभयो ।

गएको वर्षको तितो अनुभवले यस वर्ष भने घाँस खेती विस्तार गर्नुपर्छ भन्ने ज्ञान भयो । घाँस खेती विस्तार गर्दा यो वर्ष खर्च कम र समयको समेत बचत भएको छ गिमानको ।

पहिलेको खाली डाँडा, अहिले हरियाली भएका छन् । ‘ओ हो मेहनत पनि कत्ति हो ?’ गाउँलेले यसो भन्दा गिमानलाई झन् जोस र जाँगर बढेर आउँछ ।

‘परिवार सँगसँगै मेहनत गर्न पाउँदा र सँगै बसेर सुख दुःख साटासाट गर्न पाउँदा साँच्चै धेरै आत्मसन्तुष्टि प्राप्त हुँदो रहेछ,’ खुसी हुँदै गिमानले भन्नुभयो, ‘गाउँघरमा छिमेकीलाई सहयोग गर्न पाउँदा झन् धेरै मन सुखी हुँदो रहेछ, आखिर विदेशमा पैसा कमाउने भनेको पनि पारिवारिक खुसीकै लागि त हो ।’

सोच्दै नसोची, बुझ्दै नबुझी परदेशिने नेपालीको प्रवृत्तिले नै गाउँ गाउँका जमिन बाझो भएका छन् । आजकाल बाझो जमिन देख्नासाथ गिमानलाई लाग्छ, कुनै विकल्प नै नहुँदा मात्रै रैहेछ विदेश जाने, नत्र खेतबारी बाझो छाडेर जान नहुने रहेछ ।’

गिमानको लक्ष्य आफ्नै गाई फाममा राम्रो जातको गाई उत्पादन गर्ने, दूध मात्रै होइन बाच्छा बच्छी, कोरली किनबेच गर्न पाउने सम्मको फाम बनाउने छ । अनि गाउँलाई यहाँ राम्रो गाईसमेत पाइन्छ है भन्ने सन्देश आफ्नो फामबाट दिन मन छ ।

यसका साथै दूध सङ्कलन केन्द्र र डेरी सञ्चालन गर्ने, छुर्पी र घ्यु उत्पादन गर्ने पनि उहाँको योजना छ । आफूले गरेका अनेक मेहनतमा सरकारले पनि थोरै आड भरोसा दिए सहज हुन्थ्यो जस्तो लाग्छ उहाँलाई ।

भन्नुहुन्छ,‘कहिलेकाहीँ कृषि अनुदान उपलब्ध भए, यो व्यवसायलाई अझ बढाउथेंजस्तो लाग्छ, तर सरकारले दिन्छ भनेर आस चाहिँ गर्दिन, सकुन्जेल आफ्नो लागि आफैँ मेहनत गर्छु ।’ यो समाचार उज्यालो अनलाईन बाट लिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!