काठमाडौं : खाडी मुलुक बहराइनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च खतरा रहेका देशहरुको सूची ‘रेड जोन’मा राखेको छ । बहराइनले मंगलबार कोरोना भाइरस ट्राभल्स सूची अपडेट गर्दै नेपाललाई पनि ‘रेड जोन’मा राखेको हो ।
त्यसमा दक्षिण एशियाका नेपालसहति बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र भियतनाम रहेका छन् । ‘रेड जोन’मा रहेका देशहरुबाट बहराइन जाने यात्रुले ४८ घण्टा अगाडिको कोरोना भाइरस परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ भने कम्तीमा १४ दिन क्वारेन्टिन बस्नु पर्ने छ ।-मध्यान्ह
प्रतिक्रिया लेख्नुहोस्:-