बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोप खोज्दा खोज्दै भिसा नै सकिने डर

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन ३, २०७८ ०२;५० बिहान प्रकाशित
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : वैदेशिक रोजगारीका लागि कतार जाने बाध्यतामा रहेका पोखराका इन्द्र पोखरेल आइतबार विहान पहिलो फ्लाइटबाट काठमाडौं आउने तयारीमा छन् । उनी रोजगारीका लागि कतार जान नभई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध एक चोटीमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोपको खोजी गर्दै जहाज चेढेर पोखराबाट काठमाडौं आउन लागेका हुन् ।

पोखरेल शुक्रबार र शनिबार दिनभर जोन्सन एण्ड जोन्सनको खोप खोज्दै पोखराको कन्या क्याम्पस नदीपुर पुगे तर पाएनन् । बिहीबार र शुक्रबार भेरोसेल खेप दिइएको उक्त केन्द्रमा शनिबार त भेरोसेल पनि सकिएको थियो ।

उनले मध्यान्हसँग भने, ‘पोखरमा खोप पाइएला जस्तो छैन । आइतबार पहिलो फ्लाइटबाट काठमाडौं जान्छु, काठमाडौंमा ४ गतेबाट जोन्सन एण्ड जोन्सनको खोप बाँड्ने भन्ने सुनेको छु ।’

कतारको हिल्टन होटलमा काम गर्ने पोखरेल वर्षौंदेखि गर्दै आएको रोजगारी गुमाउन मन नरहेका कारण खोप लगाएर जसरी भए पनि रोजगारीमा जोडिनुपर्ने बाध्यता रहेको सुनाउँछन् ।

वैदेशिक रोजगारीकै लागि युरोपेली मुलुक पोल्याण्ज जान ठीक्क परेका बागलुङका शोभित खत्री खोप नपाएकै कारण जान पाएका छैनन् । रुपन्देही सैनामैनाका झग सारु ५ बर्षदेखि संयुक्त राज्य अमेरिकामा एक पानी जहाज कम्पनीमा मालिक एक लाखभन्दा बढी कमाई हुने गरेको कुकको काम गर्थें । केहि महिना अघि छुट्टीमा नेपाल त आए तर  अहिले अमेरिका जान खोप पाइरहेका छैनन् । उनले खोपकै लागि शुक्रबार र शनिबार दिनभर लुम्बिनी अञ्चल अस्पताल बुटवल आउजाउ गरे । लुम्बिनी अञ्चल अस्पतालमा भेरोसेल खोप दिइएको थियो । उक्त खोप लगाएको कम्तीमा तीन हप्तापछि मात्र अर्को खोप लगाउनु पर्ने र भेरोसेलले मान्यता नपाएका कारण आफुलाई उक्त खोप पाएपनि काम नलाग्ने भन्दै जोन्सन एण्ड जौन्सनको खोप नै खोज्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।उनी भन्छन्, ‘खोप खोज्दा खोज्दै मेरो त भिला नै सकिने जस्तो भएको छ । म त बर्बादै हुन्छु होला । ‘

पोखेरेल र सारु मात्र होइन बिदामा घर आएका  वा पहिलो पटक वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेका नेपाली कामदारहरु जोन्सन एण्ड जोन्सनको खोप नपाएका कारण तनावमा देखिएका छन् । विगत दश वर्षदेखि साउदी अरबमा ड्राईभरको रोजगारी गर्दै आएका बुटवलका कमल श्रेष्ठ र उनका तीन जान साथीहरु हातमा कम्पनीले पठाएको जहाजको टिकट भएपनि खोप लगाउन नपाएका कारण रोजगारीका लागि उड्न नपाएको बताउँछन् ।

उनले भने, ‘साउदीमा चीनको भेरोसेलले मान्यता पाएको छैन, घर आएको ५ महिना भइसक्यो कम्पनीले टिकट पठाएको छ तर म र अरु तीनजना साथीहरु खोप लगाउन नपाएका कारण फर्किन पाइरहेका छैनौं । खोप नपाए पीसीआर परीक्षण गरेर साउदीको दमाममै क्वारेन्टिनमा बस्ने गरी भएपनि जानुपर्ने सोच बनाएको छु ।’

चीन र अमेरिकाबाट भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप आएपछि स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गत सोमबार वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको प्राथमिकतामा राख्दै भेरोसेलको खोप दिने निर्णय गरेको थियो । तर सरकारको उक्त निर्णय  वैदेशिक रोजगारीका लागि जाने कामदारहरुका लागि व्यवहारिक नदेखिएपछि उनीहरुलाई एक पटक मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप दिने माग गर्दै गत सोमबार नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केन्द्रीय कोभिड व्यवस्थापन केन्द (सीसीएमसी)लाई पत्राचारसमेत गरेको थियो ।

खोप लिन श्रम स्वीकृत लिएको कामदारले त्यसको निस्सा र राहदानीसहित तोकिएको खोप केन्द्र जानुपर्ने मन्त्रालयले जनाएको छ । तर खोप लगाउने केन्द्र नतोकिँदा आफुहरुले उक्त खोप कहाँ लगाउने एकिन नभएको कारण तनावमा रहेको पराजुलीको भनाइ छ ।

उचित खोपको प्रवन्ध नभएपछि राष्ट्रिय मानव अधिकार आयोगले पनि यसमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एक पटकमात्र लगाए हुने खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको थियो ।

आयोगले गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई पर्नसक्ने कठिनाइको न्यूनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकको मानव अधिकारको संरक्षण गर्नुपर्ने भन्दै गम्भीररुपमा सरकारको ध्यानाकर्षण गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण विदेशबाट डिमाण्ड नआउँदा र खोपको अभावमा नेपालबाट वैदेशिक रोजगारीमा जाने निरन्तर घटेका छन् । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा करिब एक लाख नेपाली मात्र वैदेशिक रोजगारीमा गएका छन् । गन्तव्य मुलुकबाट आउने डिमाण्ड बढेको भन्दै तत्कालका लागि बढीमा तीन लाख खोप भए वैदेशिक रोजगारीमा जाने  कामदारका लागि पर्याप्त हुने वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।

वैदेशिक रोजगारीमा नेपाली श्रम गन्तव्यमध्ये यूएईले आफ्नो मुलुकले मान्यता दिएको अक्सफोर्ड एस्ट्राजेनेका सिनोफार्म, फाइजर, स्पुतनिक भी, बायोएनटेक गरी चार वटा खोपलाई मान्यता दिएको छ । ती मध्ये एक खोपको दुवै डोज लगाएका रेसिडेन्स भिसा भएकालाई  प्रवेश अनुमति दिने जनाएको छ ।

कुवेतमा फाइजर अक्सपोर्डको खोपले मान्यता पाएका छन् । कुवेतमा खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा १० सातापछि र अक्सफोर्ड खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा लगाउनका लागि १६ हप्ता करिब चार महिना पर्खनुपर्ने नियम छ । कुवेतले  कारोना भाइरसविरुद्ध खोपको दुवै खोप लगाएको भएमा मात्र विदेशीलाई आफ्नो देशमा प्रवेश अनुमति दिने बताएको छ । खोपको पहिलो डोज लिएका कामदारले कुवेत प्रवेश गर्न नपाउने स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि कुवेतले खोप लगाएका भएपनि विदेशी यात्रु १४ दिने क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने नियम लगाएको थियो । तर स्वीकृत खोप लगाएका विदेशीले कुवेत प्रवेश गर्दा ७२ घण्टा पहिलेको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरिएको छ ।

खोप नलगाई साउदी अरब जाने कामदार लाखौँ खर्च गरे होटल क्वरेन्टिनमा बस्नुपर्ने बाध्यता छ । साउदीले अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, बायोएनटेकको खोप स्वीकृत गरेको छ । उक्त मुलुक जाने सबैले खोप लगाए नलगाएको बारे जहाज टिकट लिनु अघि नै एकिन गर्नुपर्ने  नियम छ । साउदीले स्वीकृत गरेका अन्य खोप भए दुई डोज र जोन्सन एण्ड जोन्सनको खोप भए एक डोज लगाएको अनलाइनमार्फत दर्ता गर्नुपर्ने अनिवार्य गरेको छ । मध्यान्ह दैनिक ले छापेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!