बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सिङ्गापुर र जापान छाडेर चितवनमा ड्रागन खेती : ड्रागनको श्रोत केन्द्र बनाउने लक्ष्य

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
साउन ४, २०७८ ११;४३ बिहान प्रकाशित
सिङ्गापुर र जापान छाडेर चितवनमा ड्रागन खेती : ड्रागनको श्रोत केन्द्र बनाउने लक्ष्य
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

चितवन – एक भाइ सिङ्गापुरको लाहुरे,अर्को भाइ व्यवसायको क्रममा जापान । विदेशमै रमाउँदै सुख सयलको जिन्दगी बिताउन कुनै कुराको कमी थिएन । तर आफ्नै भूमिमा नयाँ काम गर्ने सोचका कारण विदेश छाडेर नेपालमा कृषिमा सक्रिय भरतपुर महानगरपालिका– २६ दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उहाँका भाइ ताइबहादुर गुरूङले चार बिघा जमिनमा ड्रागन फ्रुट खेती गर्नुभएको छ । विदेशको जागिरबाट अवकाशपछि व्यावसायिक कृषिमा सक्रिय हुनुभएका उहाँहरु नेपालमा नयाँ भएकोले ड्रागन खेती थालेको बताउनुहुन्छ ।

दाइ पदमबहादुर व्यवसायको क्रममा  लामो समय जापानमा काम गरेर फर्किनुभएको हो भने ताइबहादुर सिङ्गापुर गोर्खा कन्टिन्जेन्टबाट सेवा निवृत्त भएका हुन् । बाँकी जीवन स्वदेशमै सक्रिय भएर बिताउन पुर्खाको कृषि कर्ममा फर्केका हुन् ।

ड्रागन खेतीका लागि तीन बिघा क्षेत्रफलमा १२ हजार बिरुवा रोपिएका छन् ।  दुई मिटर फरकमा तीन हजार वटा सिमेन्टका पोल गाडेर हरेक पोलमा चारवटा बिरुवा रोपेका छन् । अहिलेसम्म एक करोड २० लाख लगानी गरेका उनीहरु यो खेतीलाई क्रमिक रुपमा थप्दै जाने बताउँछन् ।

एकपटक लगाएपछि निकै वर्ष फल दिने, रोग–किरा कम लाग्ने र नयाँ पनि भएकोले ड्रागन फ्रुट लगाएको ताइबहादुर गुरुङले बताउनुभयो । ‘यो खेती अरु बालीको भन्दा सजिलो र सरल छ’, उहाँले भन्नुभयो, ‘ माग बढ्दै गएको र बजारको पनि अभाव देखिएन ।’

चितवनका अन्य ठाउँमा पनि ड्रागन फ्रुट लगाइएको छ, जिल्लामा व्यावसायीक रुपमा एकै पटक यति धेरै बिरुवा लगाउने चाहिँ गुरुङ दाजुभाइ नै हुन् । ‘गर्मीमा सप्रने यो फलको लागि चितवन निकै उपयुक्त ठाउँ देखियो’ गुरुङले भन्नुभयो ‘सिउँडी प्रजातिको भएकाले ड्रागन फ्रुटलाई चर्को घाम लाग्ने चैत, वैशाख र जेठमा मात्र पानी दिए पुग्ने रहेछ ।’

डिप बोरिङ गरेर थोपा सिँचाइ प्रणाली अपनाइएको खेतीमा बिरुवालाई पानीसँगै मल दिने गरिएको बताउदै उहाँले पानी लाग्ने तर नजम्ने तराई र भित्री मधेशमा ड्रागन फ्रुटको राम्रो व्यावसायीक सम्भावना रहेको जानकारी दिनुभयो ।

सुरुमा बिरुवा पाउन भने समस्या परेको बताउदै उहाँले त्यसका लागि काठमाण्डौ, काभ्रे,भारत र भियतनामसम्म पुगेर महँगो –प्रति बोट पाँचसय रुपैयाँसम्म तिरेर बिरुवा ल्याउनु परेको जानकारी दिनुभयो ।  ‘अहिले आफैँले नर्सरी तयार गरेर बिरुवा बिक्री गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ‘लगभग ६०  हजार बिरुवा बिक्री गरिसकेका छौँ ।’

बिरुवाको प्रति गोटा दुई सयका दरले बिक्री गर्दै आएको जानकारी दिदैँ उहाँले अब यो लागत पनि कम गरेर सस्तोमा बिरुवा दिने तयारीमा रहेको जानकारी दिनुभयो । ‘हामी ड्रागनको श्रोत केन्द्रको रुपमा विकास गर्दै छौँ’ गुरुङले भन्नुभयो ‘कोही यो खेती गर्न रुची राख्नुहुन्छ भने हामी सहयोग गर्छौँ ।’

ड्रागन फ्रुटको बिरुवा लगाएको दुई वर्षमा फल्न थाल्छ । जेठदेखि कात्तिकसम्म ५–६ पटक फल दिन्छ । फल २५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । यो फल टिपेको १५ दिनसम्म नबिग्रने र किलोको पाँच सय रुपैयाँसम्म बिक्री भइरहेको उहाँले बताउनुभयो ।

रसिलो, गुलियो र स्वादिलो फल ड्रागन फ्रुटमा  १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यसबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिङ्क, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ । यसको फूलको तरकारी स्वादिलो हुन्छ ।

ड्रागन  फ्रुट तीन किसिमको हुन्छ–खाने भाग सेतो, रातो र बाहिरी भाग पहेँलो हुन्छ । बाहिर बोक्रा रातो र भित्र खाने भाग सेतो हुने ड्रागन फलमा बाहिर रातो र भित्र खाने भाग पनि रातो हुने प्रजातीको तुलनामा गुलियोपन कम हुन्छ ।

भित्र–बाहिर रातो हुने ड्रागन फलमा गुलियोपन बढी भए पनि फल कम लाग्ने ताइबहादुर गुरुङले बताउनुभयो । अहिले नेपालमा बाहिर रातो भित्र सेतो हुने ड्रागन फल बढी लगाइएको उहाँले बताउनुभयो । बोक्रा हल्का पहेँलो र खाने भाग सेतो हुने प्रजाति पनि हुन्छ, तर त्यसको पनि फल कम लाग्छ । ‘हामीले सबै जातको लगाएका छौँ’  उहाँले भन्नुभयो ‘उत्पादकत्व र बजारको माग अनुसार पछि बढाउँछौँ ।’

ड्रागनको बोटमुनी अन्तरबाली समेत लगाउन सकिने छ । अन्तर बालीका रुपमा राजमा ,लसुन, प्याज,चुकन्दर तरभुर्जा, भेण्डी, खुसार्नी लगायतका तरकारी तथा फलफूल लगाउन सकिन्छ । अन्तरबाली लगाए र स्याहारसुसार गर्न सके राम्रो लाभ लिन सकिने गुरुङको भनाइ छ ।

यसको सेवनले शरीरमा क्यान्सर प्रतिरोधी शक्तिको विकास गर्न मद्दत पुग्ने,शरीरमा रहेको विषाक्त तत्वलाई हटाउनुका साथै रगतमा भएको उच्च कोलेस्टेरोल घटाएर उच्च रक्तचापलाई सन्तुलनमा ल्याउने बताइन्छ ।’भरतपुरमा रहेको वीपी मेमोरियल क्यान्सर अस्पतालका बिरामी र चिकित्सकहरुको अर्डर धेरै आउने गरेको छ’ गुरुङले भन्नुभयो ‘अस्पतालका चिकित्सकहरु फिल्डमै आएर अवलोकन गरेर अर्डर गर्ने क्रम बढेको छ ।’ यो फल नियमित खाने मान्छेमा मुटु रोग, क्यान्सर, सुगर, ग्याष्ट्रिक, कब्जियत, कोलेस्टेरोल लगायतका रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

ड्रागनको बोटले कम्तीमा पनि १२ वर्षसम्म उत्पादन दिइरहन्छ । १२ वर्षपछि बोटलाई एक फुटको उचाइमा काट्नुपर्छ । त्यसपछि फेरि त्यसले करिब १० वर्षसम्म उत्पादन दिन्छ । यसरी राम्रोसँग उचित स्याहारसुसार गरेर खेती गरेमा यसले २० देखि ३० वर्षसम्म फल दिन्छ ।

नेपालमा सुख्खा क्षेत्रमा रहेका बाँझो जमिनमा प्रशस्त खेती गर्न सकिने बताउदै उहाँले यो खेती प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले विशेष सहयोग र प्याकेजको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । यसको फललाई इनर्जी ड्रिङ्क, वाइन, ब्रान्डी, उच्चस्तरीय आइसक्रिम, शरीरमा लगाउने क्रिमलगायतका कुराहरु बनाउन पनि प्रयोग गरिन्छ । ड्रागनको फूलको पत्ता सुकेपछि यसबाट विशेष प्रकारको चियापत्ती बनाउन सकिने गुरुङले बताउनुभयो ।

‘उत्पादन सुरु भयो, अब बजार व्यवस्थापनमा ध्यान दिदैँ छौँ’ गुरुङले भन्नुभयो ‘उत्पादनमा वृद्धी र व्यवस्थित बजार बनाउन सके नेपालमा उत्पादन भएको ड्रागन विदेश पठाउन सकिन्छ ।’यो समाचार उज्यालो अनलाईन बाट लिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!