बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायल रोजगारीको आवेदन दुई/चार दिनमै खुल्छ : राजदूत डा.शाक्य

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन ६, २०७८ ०६;२९ बिहान प्रकाशित
इजरायल रोजगारीको आवेदन दुई/चार दिनमै खुल्छ : राजदूत डा.शाक्य
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले केही दिनमै इजरायल रोजगारीको लागि आवेदन खुल्ने बताएकी छन्। उक्त आवेदन अनुसार नेपालबाट महिला र पुरुष गरी एक हजार जना युवा सहायक कामदारको रुपमा इजरायल जान पाउने छन्।

राजदूत डा.शाक्यको पहलमा सुरुमा पाँच सय जना नेपाली कामदार इजरायल पठाउने गरी श्रम सम्झौता भएको थियो। गत वर्षको माघ महिनामा सरकारी संयन्त्र (जीटुजी) मार्फत श्रमिकलाई रोजगारीमा पठाउने गरी नेपालका लागि इजरायली राजदूत हनान गोडेर र वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक कुमारप्रसाद दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।

इजरायलमा पाँच सय नेपाली कामदार पठाउने औपचारिक सहमति भएको केही समयपछि फेरि राजदूत डा.शाक्यको पहलमा थप पाँच सय नेपाली कामदार पठाउने सहमति भयो। जसले गर्दा अब चाँडै खुल्ने आवेदनमा एक हजार जना नेपाली इजरायल जान पाउने भएका छन्, जुन केही दिनमै तय हुनेछ।

राजदूत डा.शाक्यले इजरायल सरकारसँग पाँच सयको कोटामा थप कोटा अनुरोध गरेकाले श्रमिक संख्या बढाइदिएर हजार पुर्यादिइएको र केही दिनमै नेपाली श्रमिक इजरायल आउने प्रक्रिया सुरु हुने बताइन्।

उनले भनिन, ‘इजरायलतर्फबाट अन्तिम पत्र पठाउन बाँकी थियो, त्यो पत्र गइसक्यो। हामीले वैदेशिक रोजगार विभागमा हिजो(साउन ४ गते) श्रमिक पठाउनेसम्बन्धी अन्तिम पत्र पठाइसकेका छौं। उहाँहरुले पनि आवेदन फारम प्रकाशित गर्नको लागि सबै तयारी गरिसक्नु भएको छ। एक–दुई दिनमै विज्ञापन निकाल्नु हुन्छ होला । यताबाट हामीले पनि हतारो गरिराखेका छौं।’

उनका अनुसार रोजगारीका लागि अब सबै प्रक्रिया सकिएकाले आवेदन आह्वान गर्न मात्र बाँकी छ। आवेदन निकालेको २१ दिनपछि भने भर्ना प्रक्रिया सुरु हुन्छ र आवदेन खुलेको दुई महिनाभित्र हजार जना नेपाली युवा इजरायल पुग्ने छन्।

राजदूत डा.शाक्यका अनुसार इजरायल जाने युवाहरुले बुढाबुढीहरुलाई राखिएको गेरेटिक सेन्टर, डे केयर सेन्टर तथा अस्पतालहरुमा नर्स अन्तर्गत रहेर काम गर्ने छन्।

उनले भनिन्, ‘यहाँ नर्स नै भएर काम गर्ने होइन उहाँहरुले नर्सको मातहतमा रहेर काम गर्ने हो। त्यसैले सहायक कामदार(एक्जुलरी वर्कर) भनिएको हो। र, सरकारले ल्याउने भएकोले उहाँहरु सरकारकै हुनुहुने भयो र उहाँहरुले सरकारले खटाएको ठाउँमा काम गर्नुपर्छ।’

इजरायलमा नेपाली कामदारलाई पनि इजरायली नागरिक सरह काम, सुविधालगायतको व्यवहार गरिने उनले बताइन्। उनका अनुसार गएका कामदारले इजरायलमा सरकारले खटाएको भन्दा अन्य ठाउँमा काम गर्न पाउने छैनन्। र, बुढाबुढीहरुलाई खाना खुवाउने, सफा सुग्घर गराइदिने, उठाउने, बसाउने लगायत वृद्धवृद्धाहरुको सेवा गर्नुपर्ने हुन्छ।

काम अलि गाह्रो पनि रहेको बताउँदै उनले भनिन्, ‘अलि स्वस्थ, मोटाघाटा भएका वृद्धवृद्धाहरुलाई उठाउन गाह्रो हुन्छ, हुनत काममा प्रयोग गरिने मेशीनहरु पनि हुन्छ। तरपनि यसमा नेपालबाट अलि बलियो मान्छे पठाउन सक्यो भने राम्रो हुन्छ भनेर निर्देशिकामा यति हाइट, यति वजन भनेर छुट्याइएको हो।’

नर्स हुने इच्छा भएर पनि नर्स हुन नसकेका अर्थात् प्लसटु गरेका, अनमी पढेका, मेडिसिनतिरै १५–१८ महिनाको कोर्ष गरेकाहरुको लागि उक्त अवसर भएको डा.शाक्य बताउँछिन्।

उनी भन्छिन्, ‘नर्स बन्न नसकेकाहरुले यो अवसर पाउनु हुन्छ। सुरुमा उहाँहरुको लागि नै अनुरोध गरेर यो क्राइटेरियामा राख्न लगाएका हौं। केयर गिभरमा उहाँहरुले पाँच वर्ष यहाँ काम गर्नु हुन्छ त्यसपछि नेपाल फर्किँदा यहाँको प्रविधि लानुको साथै हाम्रो देशमा रहेका वृद्धवृद्धाहरुलाई अस्पतालमा कस्तो किसिमले हेरचाह गर्नुपर्छ र अस्पतालमा कस्तो खालको वातावरण सिर्जना गर्नुपर्छ भन्ने लगायत धेरै कुरा सिकेर जानु हुन्छ।’

उनका अनुसार यो हजार जना श्रमिकको प्रक्रिया पूरा भएपछि फेरिफेरि इजरायलले फार्मर, कन्स्ट्रक्सन लगायतका क्षेत्रमा नेपाली श्रमिकलाई अवसर दिने छ। उनले भनिन्, ‘उहाँहरु(इजरायल सरकार)ले सुरुमा अहिलेको एक्जुलरी वर्कर नै अर्थात् अहिले भएको हजार जनाको श्रम सम्झौता पूरा गरौं त्यसपछि फार्मरको लागि पनि दिन्छौं भन्नु भएको छ। तर, हामीले एक्जुलरी वर्करको प्रक्रिया नै छिट्टै आगाडि बढाउन ढिला गर्यौं।’

सुरुमा नेपाल र इजरायलबीच श्रमिकसम्बन्धी भएको सम्झौताअनुसार नेपाली श्रमिक पठाउने प्रक्रिया ढिलो भएकोले आएको अवसर गुम्ने हो कि भन्ने धेरै चिन्ता लागेको भन्दै उनले भनिन्, ‘यो अहिलेको कामलाई हामीले फटाफट गरेर टुङ्ग्याउनु पर्छ, किनकी हामीसँग अरु त लाइनमा छन् । यो सकिएपछि हामीले फार्मरको लागि र कन्स्ट्रक्शनको लागि गर्नु पर्ने छ।’

उनका अनुसार नेपाल र इजरायलबीच भएको छाता सम्झौताअनुसार अब फार्मर र कन्स्ट्रक्शनको लागि इम्प्लिमेन्टेशन प्रोटोगल अर्थात् एग्रिमेन्ट हुने छ। उनले अहिलेको एक्जुलरी वर्कर सकिएपछि फार्मर र कन्स्ट्रक्शनको लागि इजरायलको श्रम बजारमा नेपाली कामदार पठाउने प्रक्रिया थाल्ने जानकारी गराइन्।

इजरायल काम गर्न जान लागेका युवाहरुलाई आफूले गर्ने कामलाई धर्म, कर्म सम्झेर गर्न आग्रह गर्दै उनी भन्छिन्, ‘कुनै पनि काम ठूलो सानो हुँदैन। हरेक काम आ–आफ्नो क्षेत्रमा उच्च छ । सेवा नै धर्म हो भनेर आउनु भयो भने त्यसले सकारात्मक उर्जा हासिल हुन्छ।’

आफूले गर्न खोजेको काम चाडोभन्दा चाडो होस् भनेर धेरै हतार लाग्ने गरेको बताउने राजदूत डा.शाक्य भन्छिन्, ‘मलाई हतार लागेर उहाँ(विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी) लाई आज–भोलि नै आवेदन निकाल्नुस भनेको छु। एकदमै हतार भइसक्यो। यहाँ इजरायल पक्षले हामीलाई प्रेसर दिनुभइसक्यो। एकदमै गाह्रो भइसक्यो हामीलाई प्रेसर थेग्न। त्यसैले यताबाट मैले त एक हप्ता हैन चाडै आवेदन निकाल्नुस भनेर अनुरोध गरिराखेको छु।’

छिटो, छरितो अर्थात् चाँडो गरेको कुनैपनि कामको परिणाम राम्रै हुने तर नेपाल सरकारको प्रक्रिया लामो भएको गुनासो गर्दै उनी भन्छिन्, ‘हामीले त यससम्बन्धमा सोधिनै राखेका थियौं, कहाँनेर रोकियो भनेर। अहिले सबै समस्या हल गर्यौं। विशेषत राजदूतावाससँग कोओडिनेशन हुनुपर्छ, त्यो भयो भने समस्या छिटो टुङ्गिन्छ । र, प्रक्रिया अलि छिटोछिटो अगाडि बढाउनु पर्छ नभए विभिन्न समस्याहरु आउन सक्छ। यता इजरायली पक्षले पनि ढिलासुस्ती मनपराउँदैन।’

इजरायलमा आफूले देखेको भोगेको अनुभव सुनाउँदै डिसी नेपालसँगको कुराकानीमा उनी भन्छिन्, ‘यहाँ (इजरायल) का हरेक नागरिकहरु दत्तचित्त भएर काम गर्छन्। सबै कुरा सरकारले गर्नुपर्छ भन्ने मान्यता राख्दैनन्। यो मेरो देश हो, मैले गर्नुपर्छ, सबै सरकारले मात्र गर्ने होइन हामीले पनि गर्ने हो, भन्छन्। यहाँ नियम, कानुन, ऐन सरकारले निर्माण गर्ने हो बाँकी सबै कामहरु नागरिकले गर्छन्। यहाँको युवाहरु धेरै सक्रिय हुन्छन्। आफैंले पौरख गर्नुपर्छ, मेहनत गर्नुपर्छ भनेर हार्ड वर्क गर्छन्। यहाँका मान्छेहरु बुढेसकालसम्म पनि हार्ड वर्किङ्ग गरेको मैले पाएकोे छु। ८७ वर्षका उमेरका व्यक्तिहरु पनि काम गरिराखेको हुन्छ। हामी बाचुन्जेल काम गर्नुपर्छ, आफ्नो देशको लागि हामी आफैले काम गर्ने हो भनेर उहाँहरु भन्नु हुन्छ।’

नेपाली युवाहरुलाई काम गर्न हौसला प्रदान गर्दै उनी थप्छिन्, ‘हामी नेपालीले पनि आफ्नो देशको लागि युवादेखि नै राष्ट्रिय भावना, सोच जागृत गर्नुपर्छ। अरुलाई गालीगलौज गरेर मात्रै केही पाइँदैन, अरुलाई गालीगलौज गर्दा हातका चारवटा औला त आफैतिर तेर्सिराखेको हुन्छ नि। त्यसैले अरुलाई भन्नु भन्दा आफैले केही गरेर देखाउनु पर्छ भन्ने लाग्छ। अवसरहरु हामीले गुमाउनु हुँदैन। विदेशमा गएर गरौं भन्नको लागि आउनु होस तर यहाँबाट प्रविधि सिक्ने, राम्रो कुराहरु सिक्ने र फर्केर आफ्नो राष्ट्रको विकास गर्नुपर्छ। आफ्नो राष्ट्र उज्वल भयो भने आफ्नो भविष्य त त्यत्तिकै उज्वल भइहाल्छ नि।’

त्यसैगरी, यता वैदेशिक रोजगार विभागका शाखा अधिकृत मातृका सापकोटाले यही महिनाको दोस्रो हप्तासम्म इजरायलको आवेदन आह्वान गर्ने तयारीमा विभाग रहेको जानकारी गराएका छन्।

विभागले भर्खरै सूचनामार्फत ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८’ बमोजिम इजरायल पठाइने नेपाली कामदारहरुको छनौटको लागि अंग्रजी भाषा विज्ञ व्यक्तिको आह्वानसमेत गरेको छ। सापकोटाले निर्देशिका प्रावधान अनुसार अंग्रेजी भाषाको लिखित र मौखिक जाँच लिनुपर्ने हुन्छ, त्यसको लागि विज्ञ खोजेको जानकारी गराए।

इजरायल जान युवाहरुले कति पैसा तिर्नुपर्छ भन्ने विषयमा भने सापकोटा भन्छन्, ‘अब इजरायल जाने कुरा निश्चित भयो। केही दिनमा आवेदन फारम खुल्छ। युवाहरुले कति पैसा तिर्नु पर्छ भन्ने कुरामा चाहीँ विज्ञापन तयार भएर आएसकेपछि थाहा हुन्छ। सामान्य मेडिकललगायतको खर्च लाग्न पनि सक्छ अथवा त्यो खर्च नलाग्ने पनि हुन सक्छ । त्यो माथिबाट (श्रम मन्त्रालय) क्लियर भएर आइसकेपछि थाहा हुन्छ।’-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!