एसियाली विकास बैंक(एडिबी)ले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम संचालनका लागि नेपाल सरकारलाई १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ।
बैंकले नेपाललाई दिने यो ऋण स्वीकृत गरेको छ।
यो ऋण रकमबाट नेपालको खोप अभियान अझै प्रभावकारी विस्तार हुने बैंकको विश्वास छ। यसबाट १ करोड ५९ लाख डोज खोप खरिद हुने र ६८ लाख नेपाली लाभान्वित हुने बैंकले जानकारी दिएको छ।
कोरोना भाइरसको थप विस्तारलाई रोक्नका लागि अत्यावश्यक खोप खरिदका लागि नेपाल सरकारलाई बैंकले सहयोग गर्दै आएको र गरिने बैंकका अध्यक्ष मासासुगु आसाकावाले बताएका छन्।
‘जनजीवन तथा आर्थिक गतिविध पुनरुत्थानका लागि कोभिड-१९ विरुद्धको खोप तत्काल खरिद गरेर वितरण गर्नु अत्यावश्यक छ। मानव विकास तथा शैक्षिक गतिविध लगायतका जीवनसँग जोडिएका हरेक कुरालाई गति दिन पनि हाम्रो सहयोग जारी रहन्छ’ अध्यक्ष आसाकावाले भनेका छन्। -सेतोपाटि
प्रतिक्रिया लेख्नुहोस्:-