काठमाडौं, साउन ८ गते । विदेश जान आवश्यक खोप लगाएको प्रमाणीकरण गर्ने काम आजबाट चारवटा अस्पतालबाट हुने भएको छ । यस अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएकोमा सेवाग्राहीको अत्याधिक भीडभाड बढेपछि आजबाट चारवटा अस्पतालबाट उक्त सेवा शुरु गरिएको हो ।
अब यस्तो प्रमाणित कागज लिन चहाने सेवाग्राहीले 1. शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, 2. सशस्त्र प्रहरी अस्पताल बलम्बु, 3. सिभिल अस्पताल मीनभवन तथा 4. पाटन अस्पतालबाट लिन पाउने स्वास्थ्य मन्त्रालयले व्यबस्था गरेको छ ।
ती अस्पतालहरुले निःशुल्क रुपमा यस किसिमको प्रमाणीकरणको कागजात उपलब्ध गराउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले बताउनुभयो ।
-यो पनि पढ्नु होस्












प्रतिक्रिया लेख्नुहोस्:-