बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

टोक्यो ओलम्पिक आजबाट सुरु हुँदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
साउन ८, २०७८ ०८;१४ बिहान प्रकाशित
टोक्यो ओलम्पिक आजबाट सुरु हुँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, साउन ८ गते । टोक्यो ओलम्पिक आजबाट सुरु हुँदैछ । कोरोना महामारीले करिब दुई वर्षको अनिश्चिततापछि टोक्यो ओलम्पिक आजबाट सुरु हुन लागेको हो । ओलम्पिक खेलकुद जुलाई २३ मा औपचारिक रुपमा सुरु भई अगष्ट ८ मा सम्पन्न हुनेछ । नेपाली समयअनुसार अपरान्ह पौने दुई बजेबाट ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ ।

ओलम्पिकमा विश्वका २०७ राष्ट्रका ११ हजार ३०० खेलाडी सहभागी हुँदैछन् । लामो समयसम्मको अभ्यासपछि सबै खेलाडी पदक हात पार्ने उद्देश्य लिएर ओलम्पिकमा सहभागी हुँदैछन् । सन् २०२० को मार्चमा टोक्यो ओलम्पिक स्थगित हुन पुग्दा आयोजकले ‘ओलम्पिकको ज्वालाले सुरुङ्गको अन्त्यमा प्रकाश लिएर आउने’ बताएका थिए । कोभिड १९ को सङ्क्रमण अझै थामिएको छैन् । विश्वमा कतै तेस्रो त कतै कोरोनाभाइरसको प्रकोप चौथो लहरको रुपमा देखा पर्दैछन् । तर शुक्रबार हुन लागेको ओलम्पिकको उद्घाटन समारोह अवश्य नै प्रकाश लिएर आउनेछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बक भन्नुहुन्छ, “खेलाडी रङशालामा प्रवेश गर्दा आनन्द र राहतको क्षण महसुस हुनेछ किनभने खेलाडीले कति धेरै प्रतिक्षा गरेर यो क्षण आएको मलाई राम्ररी अवगत छ । ” “अत्यन्तै विशेष परिस्थितिका बावजूद विश्वभरिका खेलाडी यहाँसम्मका आइपुगेका छन् ।”– उहाँले खेलाडीको ब्यग्रताको अनुभूति प्रकट गर्नुभयो।
मास्क लगाउने, क्वारेन्टिन बस्ने र र्याल परीक्षण गर्नुपर्ने जस्ता प्राबिधिक समस्याको सामना गर्दै खेलाडी टोक्योमा छन् । यस प्रकारको ओलम्पिक विश्वले कहिले अनुभूति गरेको थिएन । आयोजकका लागि खेलाडीको सुरक्षा सबैभन्दा महत्वपूर्ण पाटो हुन गएको छ । ओलम्पिक सुरु हुनुअघिदेखि नै अत्यन्तै साबधानी अपनाइएको छ । खेल दर्शकबिहीन हुँदैछन् । जापानका स्थानीय वा विदेशी कोही रङशाला प्रबेश गर्न पाउने छैन् ।

खेलाडी समेत कडा प्रतिबन्धमा बस्नुपरेको छ । सबै खेलाडीले हरेक समय मास्क अनिवार्य लगाउनुपर्ने मापदण्ड बनाइएको छ । तर खाना र पानी खाँदा, प्रशिक्षणमा रहँदा, स्पर्धा गर्दा वा सुतेको बेला भने मास्क लगाउनुपर्ने छैन् । सबै खेलाडीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने तथा दिनहुँ कोभिड–१९ को परीक्षण गराउनुपरेको छ । यद्दपी कोभिड–१९ को भाइरसले खेलाडीलाई सताउन छोडेको छैन् । ओलम्पिक औपचारिक रुपमा सुरु हुनु अघि नै खेलाडी सङ्क्रमित हुन पुगेका छन् । बिहीबार मात्रै कोभिड–१९ का १२ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । ओलम्पिकसँग सम्बन्धित ८७ अधिकारी तथा खेलाडी हालसम्म सङ्क्रमित भएका हुन । आठ जना खेलाडी सङ्क्रमित भएका छन् ।

विमानका सम्पर्कमा आएका एक यात्रुमा कोभिड–१९ बाट सङ्क्रमित भएपछि बेलायतका छ जना खेलाडी आइसोलेशनमा बसेका छन् । अमेरिकी टेनिस खेलाडी कोको गौफ सङ्क्रमित भएपछि सुरुवाती खेलबाट बाहिरिनुभएको छ ।

नयाँ खेल
३३ खेलमा ३३९ स्वर्ण पदकका लागि खेलाडीले स्पर्धा गर्दैछन् । जसमध्ये पाँच नयाँ खेलका ३४ वटा नयाँ स्पर्धा हुनेछ । जसलाई आईओसीले टोक्यो ओलम्पिकका लागि थपेको छ । टोक्यो ओलम्पिकमा सहभागी हुने खेलाडीको ४८.८ प्रतिशत खेलाडी महिला छन् । जुन कुनै पनि ओलम्पिकमा महिला खेलाडीको सहभागिता हालसम्मकै उच्च हो ।
कराँते, स्केटबोर्डिङ, स्पोर्ट क्लाइम्बिङ, बेसबल र सर्फिङ नयाँ खेलको रुपमा समाबेश गरिएको छ । ओलम्पिकमा बेसबल र सफ्टबल नयाँ खेल होइन । तर सन् २००८ को वेइजिङ्ग ओलम्पिक यता स्पर्धा भएको छैन् ।

टोक्यो ओलम्पिकको पदक
टोक्यो ओलम्पिकले स्थिरता, दीर्घकालीनता तथा पर्यावरणीय संरक्षणलाई समेत विशेष ध्यान दिएको छ । बिग्रेका र काम नलाग्ने मोबाइल फोनबाट पदक बनाइएको छ । ओलम्पिक टर्च भने फालिएका अलुमिनियम पदार्थबाट बनाइएको छ । सन् २०११ मा जापानमा गएको ठूलो भूकम्पमा क्षतिग्रस्त भएको घरमा प्रयोग गरिएको अलुमिनियमलाई प्रशोधन गरी ओलम्पिक टर्चको रुप दिइएको छ । अधिकांश स्पर्धा स्थल नवीकरणीय स्रोतबाट तयार गरिएको छ ।

समग्रमा टोक्यो ओलम्पिकका लागि ११ अर्ब ५० करोड पाउन्ड खर्चिदैछ । जुन एक वर्षका लागि ढिलाइ हुँदा २२ प्रतिशतले बृद्धि हुन गएको छ । टोक्यो ओलम्पिक २०२० का आयोजक समितिले खेलको उद्देश्य ‘भावनाले एक’ राखेको छ । त्यसैगरी, आईओसीले टोक्यो ओलम्पिकको नारा ‘फास्टर, हाइयर, स्ट्रङ्गर–टुगेदर’ राखेको छ । यसअघि, ‘फास्टर, हाइयर, स्ट्रङ्गर’ मात्रै राखिएकोमा ओलम्पिक सुरु हुन दुई दिन अघि मात्रै नारा परिमार्जन गरी टुगेदर थपिएको हो ।

नेपालको प्रतिनिधित्व
सन् १९६४ मा पहिलो पटक टोक्योबाट ओलम्पिक यात्रा सुरु गरेको नेपालले ५७ वर्षपछि पुनः टोक्यो पुगेको छ । टोक्यो ओलम्पिक २०२० मा नेपालबाट पाँच जना खेलाडीले पाँच बिधामा स्पर्धा गर्दैछन् । गौरिका सिंह पौडी, कल्पना परियार शूटिङग, सरस्वती चौधरी एथलेटिक्स, एलेक्स शाह पौडी र सोनिया भट्ट जुडोमा स्पर्धा गर्नेछन् । यो समाचार गोरखापत्र दैनिक बाट लिएको हो |

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!