मलेसियाबाट २४ को शव र ३ जनाको अस्तु आयो
काठमाडौँ — लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २७ जना नेपाली कामदारको शव शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जसमा ३ जनाको अस्तु मात्रै छ ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एअरलाइन्सको वाइडबडी जहाज नपठाइदिएकोले मलेसियामा मृतक कामदारको शव ल्याउन सकिएको थिएन ।
दूतावासका अनुसार मृत्यु हुनेमध्ये अधिकांशले आत्महत्या गरेका थिए । त्यसबाहेक औद्योगिक दुर्घटना, सडक दुर्घटना र क्रोनिक रोगहरुबाट मृत्यु भएको थियो । यी शवहरुलाई नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडीबनाट ल्याइएको हो । –कान्तिपुर बाट
क–कसको शव आयो ?
१. बुद्धिराम कामी- सल्यान,
२. मनीराम चौधरी- बर्दिया,
३. कर्णबहादुर बुढाथोकी- बैतडी,
४. सन्दीप विक, ५. प्रमोद विक ६. सुनील बीसी- बाग्लुङ,
७. झापटबहादुर थापा- तनहुँ,
८. दलबहादुर मोक्तान- पाँचथर,
९. कृष्णकुमार राई- ललितपुर,
१०. होमबहादुर गुरुङ- सुनसरी,
११.रामचरित्र कानु- बारा,
१२. अमरबहादुर माझी- सिन्धुपाल्चोक,
१३. लोकबहादुर शाही- दैलेख,
१४. रुपेशपुलामी मगर- सिरहा,
१५. श्यामु थारु- कपिलवस्तु,
१६. सोमरबहादुर तामाङ- ओखलढुङ्गा,
१७. शम्भु विक- झापा,
१८. कमलादेवी भण्डारी- मोरङ,
१९. लोकबन्धु लावती- झापा,
२०. मति तामाङ- नवलपरासी,
२१. यमबहादुर सनारी- पाल्पा,
२२. दलमान तामाङ- ओखलढुङ्गा,
२३.गोविन्द बोहरा- झापा।
अस्तु ल्याइएका –
१. मोहनप्रसाद चौधरी- नवलपरासी,
२. मीनबहादुर विष्ट- डढेलधुरा,
३. रोशनकुमार यादव- सिरहा ।
प्रतिक्रिया लेख्नुहोस्:-