काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया गएका २८ जना नेपालीहरु स्वदेश फर्किने तयारीमा छन् । मलेसियाको अध्यागमन विभागका अनुसार ओभर स्टे भएका उनीरुलाई प्रहरीले पक्राउ गरी डिटेन्सन क्याम्पमा राखी जरिवाना तिराएर नेपाल पठाउन लागेको हो । मलेसियामा अवैधानिक रुपमा बसे ३ महिनाको जेल सजाय हुने गरेको छ ।
फर्किन लागेकाहरु मलेसियाको पेनाङस्थित जुरु क्याम्पबाट, सेमेन्तारा रेलाउ र केलानतान क्याम्पमा राखिएकाहरु रहेका छन् । स्वदेश फर्किनु अघि उनीहरुको कोरोना परीक्षण रिपोर्ट नआए उतै रोकिनु पर्ने हुन्छ ।
उनीहरुलाई स्वदेश फकाउन गैर आवासीय नेपाली संघ (एनआरएनए), प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) तथा विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । मलेसियाले ओभर स्टे भई डिटेन्सन सेन्टरमा बसेकाहरुलाई पाँच वर्षसम्म आफ्नो मुलुक फर्किन नपाउने गरी नकारात्मक सूची ‘ब्ल्याक लिष्ट’मा राख्ने गरेको छ । मध्यान्ह दैनिकले छापेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-