काठमाडौं : राहदानी विभागले गत वर्ष करिब साढे तीन लाख नेपालीले राहदानी बनाएको बताएको छ । कोरोना महामारीले लगभग वर्ष भरी नै अन्तर्राष्ट्रिय उडान बन्द रहँदा वैदेशिक यात्रा प्रभावित भएको थियो । विभागले एक बर्षको अवधिमा ३ लाख ४९ हजार १ सय ७५ थान मेसिन रिडेबस राहदानी (एमआरपी) जारी गरेको बताएको छ ।
त्यसमध्ये २ लाख ८० हजार नेपाली विदेश गएको अध्यागमन विभागले बताएको छ । वैदेशिक रोजगारीमा गएको संख्या करिब एक लाख रहेको छ । वैदेशिक रोजगारीमा रहेका अधिकांश कामदारले विदेशबाटै राहदानी बनाउने गरेका छन् । विभागले हालसम्म ६७ लाख ७९ हजार ४ सय ५८ थानभन्दा बढी एमआरपी जारी भएको समेत बताएको छ । मध्यान्ह
प्रतिक्रिया लेख्नुहोस्:-