बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छ महिना पर सर्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
साउन १२, २०७८ ०२;३२ बिहान प्रकाशित
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छ महिना पर सर्यो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पोखरा, साउन १२ गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि छ महिना पछि सरेको छ । सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेकामा कोभिड–१९ का कारण विश्वव्यापी बन्दाबन्दीले अवधि छ महिनापछि सरेको हो । करिब २२ अर्ब रुपियाँको लागतमा २०७८ असार २६ भित्र सम्पन्न गर्नेगरी २०७४ असारदेखि निर्माण सुरु गरेको चाइना सीएएमसी इन्जिनियरिङले कोरोनाका कारण सामग्री आयातमा समस्या भएकाले समयमा निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । विमानस्थलको निर्माणको काममा निर्माण कम्पनीले तीव्रता दिएकै कारण छ महिनाअगावै सम्पन्न गर्ने लक्ष्य लिइएकोमा कोभिड–१९ का कारण समय अवधिभन्दा छ महिना पछि धकेलिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो ।

गत वर्षको छ महिने बन्दाबन्दी र यस वर्षको तीन महिने बन्दाबन्दीका बीचमा पनि विमानस्थलमा नियमित काम भइरहेकाले अबको छ महिनाभित्र निर्माण सम्पन्न गरी २०७८ सालभित्रै परीक्षण उडान गर्ने तयारी भइरहेको मुनकर्मीले बताउनुभयो । तीन सयभन्दा बढी कामदारले निरन्तर काम गरिरहेको विमानस्थलका लागि आवश्यक उपकरण तथा सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माण सम्पन्न गर्ने समय थपिएको हो ।

सम्झौताअनुसार असार २६ गते निर्माण सम्पन्न हुनुपर्नेमा यस अवधिमा ८१ प्रतिशत भौतिक र ६८ प्रतिशत आर्थिक प्रगति भएको छ । भौतिक रूपमा बाँकी १९ प्रतिशतमध्ये ९ प्रतिशत सिभिल निर्माणको काम र १० प्रतिशत उपकरण जडानका काम रहेका छन् । विमानस्थलमा प्रयोग हुने उपकरण केही आइसकेको र केही आउन बाँकी छन् । उपकरणसँगै जडानका लागि विभिन्न मुलुकबाट जनशक्तिसमेत आउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान नहुँदा जनशक्ति आउन नसकेको आयोजनाले जनाएको छ ।

विमानस्थलमा प्रयोग हुने उपकरण चीन, अमेरिका, नर्वे, अस्ट्रेलियालगायतका मुलुकबाट आउँछन् । अहिले विमानस्थलको सजावट, टायल लगाउने, रङ लगाउने, इनोभेटर, स्काभेटरको काम भइरहेको छ । “अहिले पनि ३२० जना चिनियाँ तथा नेपाली कामदारले मौज्दातमा रहेका निर्माण सामग्रीसहित नियमित काम गरिरहेका छन् । हामीलाई अहिले मुख्य समस्या परेको सामग्री तथा जनशक्ति आयातले पारेको छ । अब अन्तर्राष्ट्रिय उडान नियमित हुँदा साथ सहज हुन्छ,” मुनकर्मीले बताउनुभयो ।

२२ अर्ब रुपियाँ चिनियाँ ऋण सहयोगमा निर्माण हुन लागेको विमानस्थलको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे, अन्तर्राष्ट्रिय उडान र आन्तरिक उडानका लागि टर्मिनल भवन, रनवे, ट्याक्सीवे, एप्रोन, इमिग्रेसन क्यानल, माटो काट्ने, फिलिङ गर्ने, दायाँबायाँ मैदान बनाउने, विभिन्न भवन निर्माण भइसकेका छन् ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण हुन लागेको विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० वा सोसरहका विमानले उडान गर्नसक्ने छन् । निर्माण खटिएका कामदार विमानस्थलमै सुरक्षित राखेर निरन्तर काममा खटिइरहेका छन् । विभिन्न देशमा रोकिएका निर्माण सामग्री र जनशक्ति सहज रूपमा आउने अवस्थाका लागि प्रयास भइरहेको मुनकर्मीले बताउनुभयो ।

अहिले विमानस्थलका लागि आवश्यक विभिन्न सामग्री केही बन्दरगाहमा आएर रोकिएका छन् । जनशक्ति विभिन्न मुलुकमा छन्, विमानस्थल सञ्चालन हुनासाथ निर्माणको कामलाई अन्तिम चरणमा पु-याउँछौँ,मुनकर्मीले भन्नुभयो । गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!