साधारणतया एउटा फोनको मूल्य कतिसम्म पर्न सक्ला ? बजारमा १ हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म पर्ने फोनहरू छन् भन्ने अनुमान लगाउन सकिन्छ।
तर, एउटा फोनको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी पर्छ भन्ने सुन्दा आश्चर्य नै लाग्न सक्छ। हो, अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य ४८.५ मिलियन अमेरिकी डलर (५ अर्ब रुपैयाँभन्दा बढी) रुपैयाँ निर्धारण गरिएको छ। फाल्कोन सुपरनोभा आईफोन सिक्स पिंक डाइमन्ड संसारकै महँगो फोनका रूपमा दर्ज भएको छ।

सुन्दर फ्लैट महँगो फोनको पछाडि गुलाबी हीरा जडित छ। हीराले नै यसलाई संसारकै महँगो फोन बनाएको हो। यस आईफोनमा प्लेटिनम, २४ क्यारेट सुन र रोज गोल्ड जडित भएर नै यसको स्थानलाई विश्वको सबैभन्दा महँगो फोनका रूपमा छुट्ट्याएको हो। फाल्कोन सुपरनोभा आईफोन सिक्स पिंक डाइमन्ड किन्न नसक्नेका लागि भने कम्पनीले देख्दा त्यस्तै नै तर केही कम मूल्यका फोनहरू पनि बनाएको छ। अरेन्ज डाइमन्ड र ब्लु डाइमन्ड जडित फोनको मुल्य क्रमश: करिब ४२ मिलियन डलर र करिब ३२ मिलियन डलरका फोनहरू पनि उपलब्ध छन्।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-