बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशको भन्दा गाउँमै भैँसीपालनबाट बढी आम्दानी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
साउन १२, २०७८ १४;०० मध्यान्ह प्रकाशित
विदेशको भन्दा गाउँमै भैँसीपालनबाट बढी आम्दानी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तनहुँ, साउन १२ गते । तनहुँको भानु नगरपालिका–१ भन्सारका कृष्णप्रसाद सापकोटालाई धन कमाउन विदेश गएकोमा यतिबेला पछुतो लागेको छ । गाउँमै भैँसी पालेर विदेशको भन्दा आम्दानी धेरै भएपछि विदेशमा गएर पसिना बगाएर गल्ती महशुस भएको सापकोटा बताउनुहुन्छ । बैदेशिक रोजगारमा कमाई राम्रै भएपनि घरपरिवार, देशबाटै टाढा बस्नुपर्दा एक्लोपनले सताएपछि फिसालाई त्यागेर गाउँमै भैँसीपाल्न शुरुवात गरेको सापकोटाले बताउनुभयो ।

‘‘गाउँमा रोजगारी नपाएपछि विदेश गएको थिएँ भैँसीपालेर विदेशको भन्दा धेरै कमाउन सकिन्छ भन्ने पहिल्यै सोच्न सकेको भए विदेश जाने थिईन’’ सापकोटाले भन्नुभयो । सापकोटाले तीन वर्ष अघि देखि भैंसीपालन व्यवसाय सुरु गर्नु भएको छ । ‘‘साना–साना बालबच्चा, बुढ्यौली उमेरमा ढल्किएका बाबा–आमा र श्रीमतीलाई सम्झिदा आफ्नै गाउँघर फर्कन मन लाग्यो विदा लिएर घर आएछि भिसालाई रद्ध गरेर भैँसीपालन गरें’’ सापकोटाले भन्नुभयो ।

गोठ बनाउन र उन्नत भैँसीकिन्न २० लाख रुपियाँ लगानी गरेको सापकोटा बताउनुहुन्छ । सापकोटाले १४ वटा मुर्रा जाताको भैँसीर एक राँगो छ । लैना ८ वटा भैँसीदुहेर दैनिक ६५ देखि ७० लिटर दुध प्रतिलिटर ११० रुपियाँमा नजिकैको डुम्रे बजारमा लगेर बिक्री गरेको उहाँले जानकारी दिनुभयो । दुध बिक्रीका समस्या नभएको सापकोटाले बताउनुभयो र मासिक रुपमा एक लाख ७० हजार रुपियाँको दुध विक्री गरेको र खर्च कटाएर मासिक एक लाख बचत भएको सापकोटाले जानकारी दिनुभयो । घाँसमा आधारित भैँसीपालन गराउन सकेको खण्डमा पराल र दाना चोकरको खर्च घट्ने हुँदा आम्दानी राम्रो लिन सकिने उहाँको भनाइ छ ।

विदेशमा चालकको काम गर्दा मासिक ७० हजार कमाई हुन्थ्यो अहिले त्यो भन्दा बढी स्वदेशमा कमाई भएको अनुभव सापकोटाले सुनाउनुभयो । खर्च कटाएर मासिक एक लाख देखि एक लाख १० हजार मुनाफा भईरहेको सापकोटाले बताउनुभयो । व्यवसाय सफल भएपछि गाउँमै बसेर विदेशभन्दा कमाई भइरहेकोले बैंकबाट ऋण थपेर व्यवसायलाई वृद्धि गरेर दोब्बर आम्दानी गर्ने योजना रहेको उहाँले बताउनुभयो । सापकोटा बिहान सबेरै देखि राति अबेरसम्म भैंसीको स्याहारमै व्यस्त हुनुहुन्छ । ‘न बजारको समस्या छ, न भाउको,’सापकोटाले भन्नुभयो, आफ्नै गाउँमा मनग्गे आम्दानी गर्न थालेपछि विदेश गएकोमा पछुतो लागेको छ’’ । साकोटाको प्रेरणाले गाउँमा अरु युवासमेत व्यावसायिक कृषि र पशुपालनमा लाग्न प्रेरित भएको सोही ठाउँ निवासी युनेस्को क्लब नेपालका अध्यक्ष आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

विदेशमा गरेको दुःख स्वदेशमा नै गर्ने हो भने त्यहाँको भन्दा धेरै कमाउन सकिन्छ भन्ने उदाहरण बनेको त्रिपाठी बताउनुहुन्छ । सापकोटाले भैँसीपालन गरेपछि बाँझो रहेको ६ रोपनीको जमिनको समेत सदुपयोग भएको छ । बाँझो जमिनमा उन्नत घाँस खेती गरिएको छ । गोठ वरिपरि उन्नत जातका घाँस लगाउँदा खेर गएको जमिनको सदुपयोग भएको नभएको उहाँले बताउनुभयो । भानु नगरपालिकामा आधुनिक उपकरण र मेसिन, भैसी खरीदमा अनुदान माग गरे पनि बेवास्ता भएको गुनासो सापकोटाले गर्नुभयो  ।

‘‘पहुँचवालालाई मात्र सरकारी निकायले अनुदान दिन्छन्, सापकोटाले भन्नुभयो, अनुदानको लागि नगरपालिकाको कार्यालयमा निवेदन दिएँ तर वास्ता गरेनन’’् । आफ्नो परिवारको साथमा बसेर कम दुःखमा विदेशको भन्दा धेरै कमाई भएको छ दुबई १० वर्ष र कतार ३ वर्ष गरी १३ वर्ष बैदेशिक रोजगारीमा व्यर्थमा विताएँ जस्तो अहिले भएको छ’’ सापकोटाले थप्नुभयो । -गोरखापत्र बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!