बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायलको रोजगारीका लागि आवेदन दिँदै हुनुहुन्छ ? यी कुरा थाहा पाउनुहोस्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन १३, २०७८ ०८;४५ बिहान प्रकाशित
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवर बाटै नेपाली श्रमिक पठाउनका लागि मंगलबार आवेदन दिने सूचना जारी गरेको छ ।

इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् ।

सरकारी तवर बाटै जाने कामदारको मासिक न्यूनतम तलब १६ सय डलर अर्थात् लगभग एक लाख ९० हजार रुपैयाँ हुन्छ । तर इजरायल जाने कामदारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ बुझाउन पर्छ ।

इजरायलको रोजगारीका लागि आवेदन दिनका लागि मापदण्ड

इजरायलले पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजाने छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषहरूका लागि आवेदन खुला गरिएको छ ।

कमाइ र कार्य स्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो ।

इजरायल रोजगारीको लागि आवेदन दिनेहरूका लागि विभागले विभिन्न मापदण्डहरू तोकेको छ । निवेदन दिन इच्छुक व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ

१.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल आवश्यक पर्छ । अङ्ग्रेजी भाषाको ज्ञान भए इजरायलको स्थानीय भाषा अनिवार्य छैन ।

पाठ्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस् :

कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुन आवश्यक छ ।

इजरायलमा काम गरी फर्केका र बाबुआमा, पतिपत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा काम गरेकाको परिवारका सदस्य भने यो प्रक्रिया मार्फत जान पाउने छैनन् ।

२१ दिन भित्र आवेदन

विभागले सूचना जारी गरेको मितिले(साउन १२ गते) २१ दिन भित्र अनलाइनमार्फत नै निवेदन दिन सकिन्छ ।  निवेदन दिनका लागि विभागले अनलाइन लिङ्क तोकेको छ ।

प्राप्त आवेदन र कागजातलाई छानबिन गरी विभागले योग्य देखिएका उम्मेदवारको दरखास्त स्वीकृति गर्नेछ । महानिर्देशकको संयोजकत्वमा छनोट समिति छुट्टै बनाइएको छ । विभागले नै दरखास्त स्वीकृत भएका व्यक्तिहरूको सूची तयारी गरेर छनोट समितिमा पठाउने छ । उनीहरूले अङ्ग्रेजी भाषामा परीक्षा दिन पर्नेछ । लिखित परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूलाई मौखिक परीक्षामा सहभागी गराइने विभागले जनाएको छ ।

आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् :

फारम भर्ने तरिका जान्न यहाँ क्लिक गर्नुहोस् :

सरकारी संयन्त्रमार्फत भर्ना प्रक्रिया गरिने भए पनि जाँदा लाग्ने खर्च भने श्रमिक आफैँले नै तिर्नुपर्छ । भिसा शुल्क मात्रै सम्बन्धित रोजगारदाताले दिनेछन् । हवाई टिकट शुल्क, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम, श्रम स्वीकृतिमा लाग्ने खर्च भने श्रमिक आफैँले नै तिर्नुपर्छ ।

इजरायल र नेपालबीच इजरायलको श्रम बजारमा नेपाली श्रमिकका लागि पुनः रोजगारी खुला गर्ने गरी गएको वर्षको सेप्टेम्बरमा अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

इजरायल र नेपालीबीच जी टु जी प्रक्रियामार्फत श्रमिक जान पाउने भएकाले इजरायली तथा नेपाली कोही पनि म्यानपावर संस्था तथा एजेण्टको यसमा संलग्नता रहँदैन । यदि कसैले इजरायल पठाउँछु भनि विभिन्न प्रलोभन देखाएमा हुन सक्ने सम्भावित ठगीबाट बच्न इजरायलमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यसरी जाने कामदारको करार अवधि सुरुमा दुई वर्षको हुनेछ । त्यसपछि थप भएमा पाँच वर्षको हुनेछ । बस्नका लागि विदेशी कामदार नीति अनुसार रोजगारदाताले नै सुरक्षित र स्वच्छ आवासको व्यवस्था गर्नेछन् ।

इजरायली कानुन अनुसार नै नेपाली श्रमिकले पनि वार्षिक बिदा पाउनेछन् । इजरायलमा हप्ताको ६ दिन काम गर्न पर्नेछ । इजरायली कानुन अनुसार नै तलब भुक्तानीको व्यवस्था गरिएको छ । यदि ओभर टाइम गरेमा इजरायली कानुन अनुसार नै थप सुविधा पाइनेछ । –उज्यालो अनलाईन बाट 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!