काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि अनलाइन आवेदन आह्वान गरेको छ। विभागले इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन खुल्ला गरेको हो।
रोजगारीमा जान चाहनेले विभागको वेवसाइटमा गएर अनलाइन फाराम भर्नका लागि आग्रह गरिएको छ। सरकारी संयन्त्र (जीटुजी)मार्फत इजरायलमा कामदार पठाउने सम्झौता भए अनुसार विभागले औपचारिक रुपमा आवेदन खुल्ला गरेको हो । विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिक लैजाने छ।
विभागको जारी गरेको सूचना अनुसार इजरायलमा रोजगारको लागि मासिक नेपाली रुपैयाँ करिब १ लाख ९३ हजार हुन्छ। इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्ने छन्। एक पटक रोजगारमा जाने करार अवधि १ बर्षको हुने भए पनि करार थपिएर ५ बर्षसम्म बस्न पाइनेछ।
बिभागको सूचना अनुसार इजरायलमा ३० प्रतिशत अर्थात ३ सय जना पुरुष कामदार र ७० प्रतिशत अर्थात ७ सय जना महिला कामदारले रोजगारको आवसर पाउनेछन्।
प्रतिक्रिया लेख्नुहोस्:-