नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय उडानको भाडा अनुचितरुपमा बढाइए पनि अनुगमन र नियन्त्रण प्रयास नै नगरेको भन्दै विरोधका कार्यक्रम सञ्चालन गर्ने घोषणा भएको छ ।
संघको प्रमुख कर्तव्य सगठनमा आवद्ध सदस्य व्यवसायीहरु र वैदेशिक रोेजगारीमा जाने युवा युवतीहरुको हित संरक्षण गर्नु रहेको भन्दै संघले करिब २ वर्षदेखि वैदेशिक रोजगार व्यवसाय थला परेको र केही समययता कामदारहरु वैदेशिक रोजगारीमा जान थालेको अवस्थामा केही एयरलाइन्स कम्पनीहरुको मिलेमतोमा हवाई भाडा अत्याधिक बढाएको जनाएको छ ।
बढाइएको भाडा सम्बन्धमा गठित छानविन समितिले यस विषयमा लामो सयसम्म कुनै प्रतिक्रिया नजनाएको आरोप लगाउँदै संघले अनुचित भाडा नलिन नेपाल सरकारले गरेको निर्णयको गम्भीररुपमा उल्लंघन भएको संघको दाबी गरेको छ ।
अनुचित भाडा बढाउँदा व्यवसायी र श्रमिकमाथि दोहन भइरहको भन्दै संघले बिहीबारदेखि नै एयरलाइन्स कम्पनीविरुद्ध विभिन्न विरोधका कार्यक्रम शुरु गर्ने निर्णय गरेको संघले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-