काठमाण्डौ – वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कामको लागि विदेश जानेहरुलाई विद्युतीय (क्यूआर कोड) खोप प्रमाण प्रदान गरिने भएको छ ।
विदेश जाने नेपाली नागरिकले क्यूआर कोडसहितको खोप लगाएको प्रमाण आजदेखि कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् ।
पछिल्लो समय कुवेत लगायत नेपालीहरु वैदेशिक रोजगारीमा जाने विभिन्न देशहरुले क्यूआर कोडसहितको खाेप लगाएकाे प्रमाण माग्ने गरेका छन् । यूएईले पनि क्यूआर कोडसहितको प्रमाण माग्न सक्ने भन्दै अस्ति त्यहाँ रहेको नेपाली दूतावासले क्यूआर कोडसहितको प्रमाण बोकेर आउन आग्रह गरेको छ । खोप लगाएको विद्युतीय प्रमाण नहुँदा विदेश जान समस्या भयो भन्दै श्रमिकहरुले क्यूआर कोडसहितको प्रमाण पाउँ भन्दै काठमाण्डौमा आन्दोलन पनि गरेका थिए ।
क्यूआर कोडसहितको प्रमाण दिने कार्य अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने र पूर्ण खोप लगाएका जुनसुकै व्यक्तिलाई पनि क्यूआर कोडसहितको प्रमाणपत्र उपलब्ध गराउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको म्याप
प्रतिक्रिया लेख्नुहोस्:-