काठमाडौं : सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा वैदेशिक रोजगारीमा जाने कामदारको तालिम र क्षमता अभिवृद्धि गर्ने बताएपनि वैदेशिक रोजगारीमा जाने कामदारहरुको क्षमता वृद्धि हुन सकेको छैन । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष १ लाख ७७ हजार जनाले विभिन्न देशमा रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा आधा कामदार अदक्ष देखिएका छन् ।
गत वर्ष १ लाख ६६ हजार ६ सय ९८ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएकोमा ८० हजार ३ सय ८२ जना अदक्ष कामदार रहेका छन् । विभागका अनुसार गत वर्ष नयाँ तथा पुराना गरी एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका थिए । जसमध्ये ८० हजार ३ सय ८२ जना अदक्ष कामदार छन् । गत वर्ष उच्च दक्षको वर्गमा पर्ने जम्मा ६१ जना, व्यावसायिक क्षमता भएका २ सय ४६ जना, अर्धदक्ष १५ हजार ५ सय ८३ जना र कामको आवश्यक सीप भएका ७० हजार ४२६ जनाले स्वीकृति लिएका थिए ।
दक्षता बिना नै वैदेशिक रोजगारीमा जाँदा नेपाली कामदारहरुले परिश्रम अनुसारको ज्याला पाउन नसकेको गुनासो वर्षौदेखि रहेको छ । कामको आवश्यक ज्ञान नहुँदा त्यसले अंगभंग हुने र अकालमा मृत्युलाई समेत निम्त्याउने विज्ञहरुको भनाइ रहेको छ ।
वैदेशिक रोजगारीका क्रममा गत वर्ष १ हजार २ सय ४२ जनाको ज्यान गएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार गत वर्ष साउदी अरबमा सबैभन्दा बढी र त्यसपछि क्रमशः मलेसिया, यूएई, बहराइन, जापान, ओमान, जोर्डन, मकाउ, रोमानिया, टर्की, अफगानिस्तान, अल्जेरिया, चीन, साइप्रस र सेसेल्सलगायतका देशमा नेपाली कामदारको मृत्यु भएकोे छ । बोर्डले गत वर्ष वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ हजार २ सय ४३ परिवारलाई आर्थिक सहायतास्वरुप ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको छ । यो समाचार मध्यान्ह मा प्रकाशित छ ।
प्रतिक्रिया लेख्नुहोस्:-