काठमाडौं। साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका ३५ लाख कित्ता सेयर निश्कासन गर्न लागेको हो।
प्रतिसेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने जनाएको छ। आईपीओ निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २७ गते हुनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-