इजरायल रोजगारीका लागि बुधबारसम्म १६ हजारभन्दा बढीले आवेदनका लागि आईडी बनाएका छन् भने २ हजार पाँच सयभन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ । इजरायल जान सरकारले बनाएको मापदण्ड अनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्नेछ ।
त्यस्तै अंग्रेजी भाषाको ज्ञान, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तामिलप्राप्त गरेको व्यक्तिले आवेदन दिन पाउनेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-