काठमाडौँ, साउन २२ गते । संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । आबुधाबीस्थित नेपाली दूतावासले सूचनामार्फत यूएईले बिहीबारदेखि लागू हुनेगरी प्रवेश खुला गरेको जानकारी गराएको छ । त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको दूतावासले जनाएको छ ।
यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति र यूएईमै कार्यरत स्वास्थ्यकर्मी, विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् । दूतावासका अनुसार उहाँहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ भने यूएई प्रवेश गर्ने व्यक्तिको हकमा नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वारेन्टाइनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-