बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्रोएसिया, क्यानडा, इस्टोनिया पठाइदिने भन्दै १ सय युवाबाट साढे २ करोड ठगेर फरार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन २२, २०७८ १०;४० बिहान प्रकाशित
euro take and careers consultant pvt

euro take and careers consultant pvt

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

युरो टेक एन्ड करिअर्स कन्सल्ट्यान्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत कर्मा तामाङले क्रोएसिया, क्यानडा, इस्टोनिया पठाइदिने भन्दै १ लाखदेखि ८ लाख रूपैयाँसम्म उठाएका थिए

काठमाडौँ — लगातारको वर्षाले चिसो बढाए पनि काठमाडौंमा जाडो छैन । तर ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाका पवन बस्नेत गत आइतबार बाक्लो ज्याकेट, पन्जा, बाक्लो मोजा र उनीको न्यानो टोपी किन्ने ताकमा थिए ।

कर्मा तामाङले काठमाडौंको चुच्चेपाटीमा सञ्चालन गरेको युरो टेक एन्ड करिअर्स कन्सल्ट्यान्ट प्रालिको पान दर्ता प्रमाणपत्र

चुच्चेपाटीको युरो टेक एन्ड करिअर्स कन्सल्ट्यान्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत कर्मा तामाङले उनलाई भनेका थिए, ‘केटा हो, भोलि क्रोएसिया उड्ने हो । उता साह्रै जाडो छ । बाक्लो न्यानो कपडा किनिराख्नू ।’ दक्षिण–पूर्वी युरोपको क्रोएसियामा तापक्रम २०–२१ डिग्री सेल्सियस छ भन्ने कुरा पवनलाई के थाहा ?

क्रोएसिया उड्ने भनिएको अघिल्लो दिन बिहान कन्सल्टेन्सीको कार्यालयमा पुग्दा पवनले आफूजस्तै दर्जनौं तन्नेरीलाई देखे । धेरैजसोको हातमा पैसा बुझाएको कागजात थियो, अनुहारमा भने चर्को आक्रोश देखिन्थ्यो । पवनले एकैछिनमा थाहा पाइहाले, क्रोएसिया, इस्टोनिया, क्यानडालगायतका देशमा आकर्षक रोजगारीको प्रलोभन देखाई सयभन्दा बढीसँग पैसा उठाएर कर्मा टाप ठोकिसकेछन् । पवनको अनुहारबाट उत्साहको रङ उडिहाल्यो ।

खिजीदेम्बा गाउँपालिकाको गाडी चलाउने पवन एक जना साथीमार्फत क्रोएसिया जाने आकर्षक अफर सुनेर हान्निएर काठमाडौं आएका थिए । आफन्त र चिनेजानेकासँग हारगुहार गरेर जुटाएको ४ लाख रुपैयाँ उनले कर्मालाई बुझाएका छन् । पवनले सुनाए, ‘मेरो गाउँका ५ जनाको मात्रै २१ लाख फसेको छ ।’ उनीहरूमध्ये तीन जनालाई ड्राइभिङ र दुईलाई प्याकिङको काम दिलाइदिने र मासिक ६ सय युरो तलब आउने आश्वासन कर्माले दिएका थिए । उनीहरू अहिले फसेको रकम के हुने भन्ने चिन्ताले पिरोलिएका छन् ।

छथर गाउँपालिका ४ धनकुटाका हेमबहादुर तामाङ इस्टोनिया उड्ने आशा बोकेर कोरोना कहरका माझ गत साता काठमाडौं आएका थिए । कर्माले उनलाई आउने शनिबार उडाइदिने भन्दै पटकपटक गरेर २ लाख ८० हजार रुपैयाँ बुझेका थिए । हेम र उनको गाउँ छिमेकका चार जनाले गरेर कर्मालाई झन्डै १६ लाख रुपैयाँ बुझाएका छन् । हेमले घरबाटै मनी ट्रान्सफरमार्फत र काठमाडौं कार्यालयमा आईवरी कर्मालाई पैसा बुझाएका थिए । उनीहरूलाई इस्टोनियमा मासु काट्ने र प्याकिङ गर्ने काम मिलाइदिने र त्यसबापत मासिक ८ सय ५० युरो तलब हुने आश्वासन कर्माले देखाएका थिए ।

‘गत आइतबार अफिसमा पुग्दा झन्डै सय जना जति पीडित पो भेटिए । अफिसमा पनि ताल्चा मारेर मान्छे फरार भएछ,’ हेमले सुनाए, ‘केहीले प्रहरीमा उजुरी गरेका छन् । हामी भने के गर्ने भन्ने अलमलमै छौं ।’ कान्तिपुरलाई प्राप्त कागजातअनुसार नुवाकोट स्थायी ठेगाना भएका कर्माले उक्त कन्सल्टेन्सी २०७६ साउन २७ गते आन्तरिक राजस्व विभागमा दर्ता गरेर सञ्चालन गरेको देखिन्छ । विभिन्न युरोपेली देश उडाइदिने आश्वासन देखाएर उनले करिब सय जनालाई ठगेको छन् । पीडितले छुट्टाछुट्टै तयार पारेको विवरण हेर्दा कर्माले ती सबैबाट करिब साढे २ करोड रुपैयाँ उठाएको देखिन्छ । पीडितले १ लाख देखि ८ लाख रुपैयाँसम्म कर्मालाई बुझाएका थिए । धेरैजसो पीडित पूर्वी पहाडी जिल्लाका छन् । तीमध्ये धेरैजसो साक्षरता कम भएका र बेरोजगार छन् ।

आफूहरू ठगिएको थाहा पाएपछि पवनलगायतका युवा महानगरीय प्रहरी वृत्त बौद्ध पुगेका थिए । पवनका अनुसार वृत्तले उनीहरूलाई वैदेशिक रोजगारी ठगी भएकाले श्रम कार्यालयमा सुझाव दियो । त्यसपछि उनीहरू श्रम कार्यालय पुगे । तर श्रमका अधिकारीहरूले उनीहरूलाई यस्तो मुद्दा प्रहरीले नै हेर्ने भएकाले काठमाडौं प्रहरी परिसर टेकु जानू भनेर फर्काइदिए । उनीहरू फेरि टेकु पुगे । प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी रमेशकुमार बस्नेतले कर्माविरुद्ध वैदेशिक रोजगारी ठगीमा दुई दिनअघि नै मुद्दा दर्ता भएको बताए ।

आफू र भाइसहित ३ जनाको १२ लाख फसाएका ओखलढुंगा खिजीदेम्बाका वीरबहादुर मगरले प्रहरीले कर्माका बारेमा केही पत्ता लगाई नसकेको बताए । उनले भने, ‘प्रहरीले राम्ररी खोजिदिए पैसा आउँथ्यो कि ! नत्र त अनेकतिर ऋण धन गरेर उठाएको पैसा कसरी तिर्न सकिएला र ?’  यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!