खाडी मुलुक कुवेतले नेपालसहित ५ देशका नागरिकलाई पुनः आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । कुवेतकोे स्वास्थ्य मन्त्रालयले नेपाल कोभिड संक्रमणको उच्च जोखिममा रहेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध यथावत रहेको बताएको छ ।
कुवेतले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाकालाई उच्च जोखिमको सूचीमा राखेको छ । कुवेतबाट १० अगष्टपछि उडान प्रतिबन्ध फुकुवा भई घर बिदामा आउने नेपालीहरुलाई सहज हुने अपेक्षा थियो । तर कुवेतको पछिल्लो निर्णयले नेपालबाट रोजगारीमा कुवेत जाने र घर फर्किने कामदारहरुलाई समस्या परेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-