काठमाडौं, साउन २३ गते । काठमाडौंको बालजुस्थित औधोगिक क्षेत्र भित्रको नेविको विस्कुट कारखानामा गए रातीबाट भीषण आगलागी भएको छ । राती करीब २:३० बजेबाट शुरु भएको आगलागी अहिले विहानसम्म नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख आशोक सिंहले बताउनुभयो ।
आगो नियन्त्रणका लागि उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित भए पनि आगो नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो । क्षतिको विवरण र आगलागीको कारणबारे अनुसन्धान भइ रहेको जनाइएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-