काठमाडौं : मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली कामदारले आत्महत्या गरेका छन् । अवैधानिक हैसियतमा रहेका ३५ वर्षीय दिपक चौधरीले मलेसियाको सेवराङ्गजायामा आफू बस्ने भवनको १३ औं तल्लाबाट हामफालेर आत्महत्या गरेको बताइएको छ ।
चौधरी त्यहाँ सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए । उनको नेपाली ठेगान खुल्न बाँकी रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको पनि दूतावासले बताएको छ । मध्यान्ह दैनिकले छापेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-