वैदेशिक रोजगारीमा कुवेतमा रहेका नेपाली कामदारहरुले सहजरुपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले केही समयको अन्तरालमा करिब ७० प्रतिशतलाई खोप उपलब्ध गराइने बताएको छ ।
हाल दैनिकरुपमा १ लाखले खोप पाइरहको पनि मन्त्रालयले जानकारी दिएको छ । कुवेतमा फाइजर र अक्सफोर्ड, जोन्सन एन्ड जोन्सन खोपलाई आधिकारिक मान्यता दिइएको छ ।
कुवेतले नेपालसहित ५ देशका नागरिकलाई कोभिड संक्रमणको उच्च जोखिममा रहेको भन्दै अर्को सूचना नभएसम्म आफ्नो देशमा प्रवेश प्रतिबन्ध लगाएको छ । कुवेतले नेपालसहित भारत, पाकिस्तान, बगलादेश र श्रीलंकाकालाई उच्च जोखिमको सूचीमा राखेको छ । कुवेतको पछिल्लो निर्णयले नेपालबाट रोजगारीमा कुवेत जाने र घर फर्किने कामदारहरुलाई समस्या परेको बताइएको छ । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया लेख्नुहोस्:-